
नेपाल प्रहरी पछिल्लो समय अपराध नियन्त्रणमा सक्रिय वन्दै गएको छ ।
स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित पक्राउ
वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित सडकबाट स्रोत नखुलेको नगद १८ लाख रुपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–१० ठेगाना भएका २८ वर्षीय चन्दन कुमार साह र सोही ठाउँ ठेगाना भएका ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका छन् । घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.१६ प ५४४६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा बोकेको उक्त नगद सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अवैध लागूऔषध सहित पक्राउ
रोल्पा, सुनिलस्मृती गाउँपालिका–४ सुलिचौर बजारबाट करिब १० किलो अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु सहित थवाङ गाउँपालिका–४ उवा मालागिरी बस्ने ५२ वर्षीया थमकली घर्तीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनछहरी गाउँपालिका–१ फुलिवनबाट सुलिचौरतर्फ आउँदै गरेको रा.१ ज ४०५ नम्बरको जिपलाई ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जिपमा सवार उनको साथबाट उक्त वस्तु फेला पारी उहाँलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका–६ नकैया नजिकबाट करिब १० ग्राम ४ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो धुलो पदार्थ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत पिलिभित तहसिल पुरनपुर थाना हजारा ग्राम बजारघाट बस्ने १९ वर्षीय राम सिंह र भारत उद्धमसिहनगर थाना नानकमत्ता ग्राम ज्ञानपुर गौरी बस्ने २३ वर्षीय धरमबिर सिंह रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका–१६ जयसपुरबाट ९ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित नेपालगंज उपमहानगरपालिका–१६ बस्ने २३ वर्षीय तैयब अलि अन्सारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । भे.५ प ९१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका–२१ बाट नियन्त्रित लागूऔषध ५ सय एम्पुल नुफ्रिन, ५ सय एम्पुल डाइजेपाम र ५ सय एम्पुल प्रोमिफाइजाम हाईड्रोक्लोराइड सहित भारत विहार मोतीहारी बस्ने ८० वर्षीय विजय कुमार कपुरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले परवानीपुरबाट हेटौंडातर्फ जानका लागि गाडी कुरेर बसिरहेको अवस्थामा झोलाभित्र लुकाइ राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उहाँलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प –२ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सिंहले ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई शुक्रबार वीरगंज महानगरपालिका–११ श्रीपुरस्थित आप्नै कोठामा लगेर पटक–पटक करणी गरेको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उहाँ उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै दाइ ३३ वर्षीया नन्दरे मोत्तानको कुटपिट गरी हत्या गरेको अभियोगमा कैलाश गाउँपालिका–६ तल्लो पकनी बस्ने ३० वर्षीय सिताराम मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नन्दरे र सितारामबिच सामान्य विवाद भई कुटपिट हुँदा नन्दरेको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदी, ईलाका प्रहरी कार्यालय पालुङ र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उहाँलाई पक्राउ गरेको हो ।
अन्य ३ जनालाई समेत नियन्त्रणमा लिएर घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ घर भएका ४२ वर्षीय हरि बिक लाम्कादेलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ चैत २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ लाख ४१ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उहाँलाई ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ स्थित बनौलिमा फेला पारी पक्राउ गरेको हो ।
उहाँलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुली पठाइएकोमा अदालतको आदेशले कारागार कार्यालय सिन्धुली पठाइएको ईलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ ।
