सम्पर्क

Month: २०७८ मंसिर २० सोमबार

बानीया बागमती प्रदेश सभापतिमा विजयी

राजनिती, समाचार
  नेपाली काँग्रेस को बागमती प्रदेसको प्रथम अत्रीबेशनबाट बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित हुनु भएको छ । आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा निर्बाचित हुनु भएको हो । निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गर्दै निर्बाचीत बन्नु भएको हो । २०२६ मत खसेकोमा १४ मत बदर भएको छ । जगदिश नरसिंह केसीले ९२७ मत प्राप्त गर्नु भएको थियो । पहिलो चरणको मत परिणाम अनुसार तेस्रो भएपछि प्रधानले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियाँलाई साथ दिनु भएको थियो । प्रधानको साथ पाएपछि बानियाँ केसीलाई पराजित गरी नेपाली काँग्रेस बागमती प्रदेशको पहिलो सभापति बन्न सफल हुनु भएको छ। ।  ...

केक काटेर ईन्द्रावती साना किसानको साधारणसभा सम्पन्न

बिजनेस, समाचार
इन्द्रावती गाउँपालिका वडा नं २ कुञ्चोक स्थित इन्द्रावती साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुञ्चोक जौडाँडामा रहेको महेन्द्र माध्यमिक विद्यालयको प्रांगणमा आयोजित चौथो साधारणसभाको उदघाटन नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद , पुर्व कानुनमन्त्री शेरबहादुर तामाङले चार वटै केक काटेर गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री तामाङले सहकारीको माध्यम बाटै समाजको आर्थिक र सामाजिक रुपान्तरण सम्भव हुने र समुदायले परम्परागत कृषि प्रणाली भन्दा माथि उठेर समयको माग बमोजिम आधुनिक पशुपालन तथा कृषि प्रविधिमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तामाङले सहकारी र स्थानीय कृषकहरुले समयानुकूल नयाँ तरिकाबाट आय आर्जनका कार्यक्रमको प्रस्तावना ल्याएमा माथिल्लो तहबाट अनुदान र बजेट व्यवस्थापन...

मेलम्ची भ्याली क्याम्पसको साधारण सभा, पुर्वमन्त्री तामाङ द्वारा उद्वाटन

ब्रेकिङ न्युज २, समाचार
देवराज सुवेदी मेलम्ची भ्याली क्याम्पस हेलम्बुको तेस्रो साधारणसभा सम्पन्न भएको छ । पुर्वमन्त्री एवम् सांसद शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै तामाङले मेलम्ची भ्याली क्याम्पस लाई संचालन गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । क्याक्पस लाई आवश्यक पर्ने सामाग्रीको माग आएमा पनि आफुले पहल गर्ने उहाँले प्रतिबद्वता समेत ब्यक्त गर्नुभयो । क्याम्पस बाढी, भुकम्प र अन्य कारणबाट समस्यामा रहेको भन्दै स्थानीय प्रदेस र संघीय सरकारको क्याम्पसलाई सहयोग गर्नु पर्नेमा कार्यक्रमका बक्ताहरूले जोड दिनुभएको छ । उहाँहरुले साधारणसभाबाट सक्षम नेतृत्व चयन होस भन्ने शुभकामना समेत ब्यक्त गर्नुभयो । क्याम्पसको १८ बर्ष पछि साधारण सभा भएको हो । साधारण सभामा काग्रेस हेलम्बुका सह –सचिव श्याम शर्मा एलसी, सस्थापक स्वबियु सचीव अर्जुन भण्डारी, इन्द्रावती क्याम्पसका ...

प्रयास महिला सहकारीको अध्यक्षमा तामाङ

बिजनेस, समाचार
चौतारा साँगाचोकगढि नगरपालिका वडा १२ मा रहेको प्रयास महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो अधिवेशन, नवौं साधारण सभा तथा १०औं वार्षिक उत्सव सम्पन्न भएको छ । अधिवेशनले धामो तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा मनमाया नेपाल, सचिवमा अस्मीता विक, कोसाध्यक्षमा नानिमाया राना, सह –सचिवमा विनु रिसाल र सदस्यहरुमा विन्दा पौडेल र यसोदा गिरी रहनुभएको छ । सो कार्यक्रमका प्रमुख अतिथि वाग्मति प्रदेशका पुर्व सामाजिक मन्त्री युवराज दुलालले संस्थाको संस्थागत र भौतिक विकासका लागी आफुले आवश्यक पर्ने वजेट विनियोजनमा पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले सहकारी महिलाहरुको भावना उच्च वनाउने कार्यमा लागेको र सवैको सहयोगले नै यसको गरिमा उच्च हुने समेत बताउनुभयो । कार्यक्रममा चौतारा साँगाचोकगढि नगरपालिका उपप्रमुख जानुका पराजुली लगायतले शुभकामना मन...

पुर्व मन्त्री बस्नेतले मतदान गर्दै सुरु भयो काँग्रेस बागमती प्रदेशको मतदान

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेस बागमती प्रदेशको मतदान सुरु भएको छ । नेपाली काँग्रेसका प्रभावशाली नेता पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले पहिलो भोट हाल्नु भएको छ । १३ जिल्लाबाट राजधानी हेटौंडामा जम्मा भएका अधिवेशन प्रतिनिधिहरुलाई फरक जिल्लाका लागि फरक लाईनको व्यवस्था मिलाएका छन् । प्रदेश सभापतिका लागि इन्द्रा बानियाँ, जगदिश्वर नरसिं केसि र भिमसेन दास बिच निर्वाचन हुने भएका छन् । ३ प्रतिस्पर्धी बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । मतदानका लागि काँग्रेस केन्द्रिय नेता प्रकाशमान सिंह पनि हेटौंडा पुग्नु भएको छ । प्रमुख निर्वाचन अधिकृत केशव काफ्लेका अनुसार राती १० बजे सम्ममा लाईनमा बस्नेलाई मतदान गर्न पाउने समय तोकिएको छ । त्यस्तै मतदान गर्न जाने प्रतिनिधिले मोबाइल फोन निशेध गरिएको र मतदान स्थल भित्र भोट माग्न पर्चा, पम्प्लेट ल्याउने नपाउने नियम राखिएको जनाएका छन् ।...

महिला हिंसा विरुद्ध चौतारामा बृहत साँस्कृतिक कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
रुपक पुरी ‘ घरैबाट शुरु गरौं । महिला हिंसा अन्त्य गरौं ।’ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा महिला हिंसा विरुद्ध बृहत साँस्कृतिक कार्यक्रम गरिएको छ । राजनीतिक दलका प्रमुख प्रतिनिधि, सरकारी गैरसरकारी सङ्घसंस्थाका प्रमुख, प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि एवम् सर्वसाधारणको सहभागिता रहेको र्‍यालीले चौतारा बजारको परिक्रमा गरेका थिए । “घरबाट सुरु गरौँ, महिला हिंसाको अन्त्य गरौँ”, “कुरा हैन काममा जुटौँ, महिला हिंसाको अन्त्य गरौँ” लगायतका नारासहित सुरु भएको र्‍यालीपछि चौतारा टुँडिखेलमा भएको संचेतनात्मक सांस्कृतिक कार्यक्रममा मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी वेधनिधी खनालले विगत ६० वर्षदेखी हेर्दा मात्रै पनी महिला हिंसा रोकथामका लागी कानुनी सँयन्त्रले फड्को मारेको बताउनुभ...

आज पनि हल्का वर्षाको सम्भावना, सोमबारबाट मौसममा सुधार आउने

ब्रेकिङ न्युज २, समाचार
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। बंगालको खाडीमा बनेको जवाद नामको सामुन्द्रिक चक्रवातको प्रभाव आजबाट हटेर जाने भएको छ। बंगालको खाडीको मध्य पश्चिम भु–भागमा हिजो शुक्रबार बनेको चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर पूर्वतर्फ सर्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहे पनि यसको अप्रत्यक्ष प्रभावले प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। यस्तै प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागहरुका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेक...

पाँचपोखरीमा महिनावारी स्वच्छताको आशालाग्दो थालनी

ब्रेकिङ न्युज २, स्वास्थ्य
महिनावारी स्वास्थ्य, सरसफाइ तथा स्वच्छता सम्बन्धी भ्रम र अन्धविश्वासहरुलाई चिर्दै स्वस्थकर व्यवहार र मर्यादित सामाजिक वातावरण सजना गर्नका लागि विद्यालयलाई प्रवेश विन्दुको रुपमा लिइन्छ । यसैलाई आत्मसाथ सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउपालिकाका सम्पुर्ण विद्यालय तथा स्वास्थ्य चौकीमा सेनिटरी प्याड उपलब्ध गराइएको छ । विद्यालयका छात्रा तथा अन्य महिलाहरुलाइ महिनावारी हुँदा समस्या नहोस् भनेर पालिकाका हरेक विद्यालय र स्वास्थ्य संस्थामा पर्याप्त सेनेटरी प्याड उपलब्ध गराइएको गाउँपालिकाका विद्यालय निरीक्षक उत्तममणी पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले विद्यालयमा अध्ययन गर्ने छात्राहरुको लागि सेनिटरी प्याड बितरण गर्न थाले पछि विद्यार्थीहरुलाइ राहत मिलेको छ । महिनावारी हुदाँ देखा पर्ने समस्याका कारण छात्राहरुको विद्यालयमा उपस्थिती न्यून हुन्थ्यो विद्यालयकै समयमा महिनावारी भइ हालेमा बिभिन्न बाहाना...

आदिवासी जनजाति महिला उत्थान केन्दको १० औं साधारण सभा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक चौतारामा अवस्थित आदिवासी जनजाति महिला उत्थान केन्दको १०औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा केन्द्रका अध्यक्ष पानमाया तामाङले प्रगती तथा कोषाध्यक्ष पुजा तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । केन्द्रले निड्वानसंगको सहकार्यमा प्राकृतिक सम्पदाको खोज अनुसन्धान देखि जेनेभा ग्लोबल फण्ड यु.एसको सहकार्यमा बालविवाह न्यूनिकरण सम्बन्धी किशोर किशोरीसंग सामुहिक कार्यक्रम गर्दै आएको अध्यक्ष पानमाया तामाङले बताउनुभयो । केन्द्रले टेवा सस्थाको सहकार्यमा सुरु गरेको आर्थिक आत्मनिर्भरता आयआर्जन अन्तरगत समुह निमार्ण गरि तरकारी, कुखुरा,बाख्रा पालन कार्यक्रमले महिलाहरु ब्यवसायिक बन्न पनि थालेका छन् । प्रगती प्रतिवेदन प्रस्तुत गर्दै केन्द्रकी अध्यक्ष तामाङले चौतारा सांगाचोकगढि नगरपालिका भित्रको ईर्खु, स्याउले, पिपलडाँडा, ठुलोसिरुवारी,चौतारा गरी ५ वडामा ८ समुह गठन गरी दुई सय किशोरकिशोरी...

मेलम्चीमा अपाङ्गता समन्वय समितिको पुनर्गठन

ब्रेकिङ न्युज २, समाचार
“हाम्रो प्राथमिकताको आधार ः अपाङ्गता भएका व्यक्तिको अधिकार“ भन्ने मूल नाराका साथ ३०औं अन्तरास्ट्रिय अपाङ्गता दिवसको अवसरमा मेलम्ची नगरपालिकाले अपाङ्गता समन्वय समितिको पुनर्गठन गरेको छ । पुनर्गठित समितिको अध्यक्षमा सोम तामाङ उपाध्यक्षमा बिनोद चौलागाईं सचिवमा गोमा चालिसे र कोषाध्यमा पाल्देन लामा चयन हुनुभएको छ । पदाधिकारी सहित समितिमा १५ सदस्य रहेको नगरपालिका अधिकृत इच्छाराम सापकोटाले जानकारी दिनुभयो । पुनर्गठित समितीको पदाधिकारीहरुलाई उप प्रमुख भगवती नेपालले बधाई तथा शुभकामना दिनुभएको थियो । लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत अपाङ्गता दिवसको अवसरमा हिजो र आज सन्चालित यो कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख डम्बर बहादुर अर्यालले हुनुहुन्थ्यो ।...