सम्पर्क

पुर्व मन्त्री बस्नेतले मतदान गर्दै सुरु भयो काँग्रेस बागमती प्रदेशको मतदान

नेपाली काँग्रेस बागमती प्रदेशको मतदान सुरु भएको छ । नेपाली काँग्रेसका प्रभावशाली नेता पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले पहिलो भोट हाल्नु भएको छ । १३ जिल्लाबाट राजधानी हेटौंडामा जम्मा भएका अधिवेशन प्रतिनिधिहरुलाई फरक जिल्लाका लागि फरक लाईनको व्यवस्था मिलाएका छन् ।

प्रदेश सभापतिका लागि इन्द्रा बानियाँ, जगदिश्वर नरसिं केसि र भिमसेन दास बिच निर्वाचन हुने भएका छन् । ३ प्रतिस्पर्धी बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

मतदानका लागि काँग्रेस केन्द्रिय नेता प्रकाशमान सिंह पनि हेटौंडा पुग्नु भएको छ ।

प्रमुख निर्वाचन अधिकृत केशव काफ्लेका अनुसार राती १० बजे सम्ममा लाईनमा बस्नेलाई मतदान गर्न पाउने समय तोकिएको छ । त्यस्तै मतदान गर्न जाने प्रतिनिधिले मोबाइल फोन निशेध गरिएको र मतदान स्थल भित्र भोट माग्न पर्चा, पम्प्लेट ल्याउने नपाउने नियम राखिएको जनाएका छन् ।