सम्पर्क

प्रयास महिला सहकारीको अध्यक्षमा तामाङ

चौतारा साँगाचोकगढि नगरपालिका वडा १२ मा रहेको प्रयास महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो अधिवेशन, नवौं साधारण सभा तथा १०औं वार्षिक उत्सव सम्पन्न भएको छ ।
अधिवेशनले धामो तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा मनमाया नेपाल, सचिवमा अस्मीता विक, कोसाध्यक्षमा नानिमाया राना, सह –सचिवमा विनु रिसाल र सदस्यहरुमा विन्दा पौडेल र यसोदा गिरी रहनुभएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि वाग्मति प्रदेशका पुर्व सामाजिक मन्त्री युवराज दुलालले संस्थाको संस्थागत र भौतिक विकासका लागी आफुले आवश्यक पर्ने वजेट विनियोजनमा पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले सहकारी महिलाहरुको भावना उच्च वनाउने कार्यमा लागेको र सवैको सहयोगले नै यसको गरिमा उच्च हुने समेत बताउनुभयो ।
कार्यक्रममा चौतारा साँगाचोकगढि नगरपालिका उपप्रमुख जानुका पराजुली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाको अध्यक्ष सुनिता रखालको अध्यक्षतामा भएको सो कार्यक्रममा उत्कृष्ठ वचतकर्तालाई सम्मान गरिएको थियो ।