नेपाली काँग्रेस को बागमती प्रदेसको प्रथम अत्रीबेशनबाट बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित हुनु भएको छ । आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा निर्बाचित हुनु भएको हो । निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गर्दै निर्बाचीत बन्नु भएको हो । २०२६ मत खसेकोमा १४ मत बदर भएको छ । जगदिश नरसिंह केसीले ९२७ मत प्राप्त गर्नु भएको थियो । पहिलो चरणको मत परिणाम अनुसार तेस्रो भएपछि प्रधानले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियाँलाई साथ दिनु भएको थियो । प्रधानको साथ पाएपछि बानियाँ केसीलाई पराजित गरी नेपाली काँग्रेस बागमती प्रदेशको पहिलो सभापति बन्न सफल हुनु भएको छ। ।
