सम्पर्क

मेलम्चीमा अपाङ्गता समन्वय समितिको पुनर्गठन

“हाम्रो प्राथमिकताको आधार ः अपाङ्गता भएका व्यक्तिको अधिकार“ भन्ने मूल नाराका साथ ३०औं अन्तरास्ट्रिय अपाङ्गता दिवसको अवसरमा मेलम्ची नगरपालिकाले अपाङ्गता समन्वय समितिको पुनर्गठन गरेको छ । पुनर्गठित समितिको अध्यक्षमा सोम तामाङ उपाध्यक्षमा बिनोद चौलागाईं सचिवमा गोमा चालिसे र कोषाध्यमा पाल्देन लामा चयन हुनुभएको छ । पदाधिकारी सहित समितिमा १५ सदस्य रहेको नगरपालिका अधिकृत इच्छाराम सापकोटाले जानकारी दिनुभयो । पुनर्गठित समितीको पदाधिकारीहरुलाई उप प्रमुख भगवती नेपालले बधाई तथा शुभकामना दिनुभएको थियो ।
लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत अपाङ्गता दिवसको अवसरमा हिजो र आज सन्चालित यो कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख डम्बर बहादुर अर्यालले हुनुहुन्थ्यो ।