सुरक्षाको बैठक १८गते देखी तातोपानी नाका सञ्चालमा आउँने
नेपाल र चीन को सिमामा रहेको सिमा सुरक्षा समितीको बैठक बसेको छ । सिमा तर्फको बैठकले २०८० साल वैशाख १८ गतेबाट तातोपानी नाका पुर्ण रुपमा सुचारु÷संचालनमा ल्याउँने निर्णय गरेको छ यो निर्णय सँगै अब तातोपानी नाका नियमित रुपमा सुचारु ह्ुने भएको छ । २०७२ सालको भूकम्प, त्यस लगत्तै आएको भोटेकोसी बाढी र पछिल्लोपटक कोरोना महामारीका कारण उतरी ब्यापारीक नाका तातोपानी कहिले खुल्ने त कहिले बन्द हुँदै आएको थियो । कोरोना महामारीको संक्रमण घटेसँगै चीन सरकार नाका पूर्ववत् रुपमा नै सञ्चालन गर्न तयार भएको हो ।४ गते सोमबार नेपाल तर्फका सुरक्षा निकायका प्रतिनिधी र मित्र राष्ट्र चिन तर्फका सुरक्षा निकायका प्रतिनिधिहरुको बिच सीमा नाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा सिमा सुरक्षा सम्बन्धी Counter Parts Meeting मा समेत नाका सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका , सूचना ...
