सम्पर्क

प्रहरी द्धारा सुरक्षा ब्यबस्था कडा अपराधनियन्त्रणका लागी सहयोग गर्न अनुरोध

काठमाडौं । नेपालीहरुका महान चाडहरु मध्यको सबै भन्दा ठुलो चाड भनको बिजया दशमी हो । यो चाडमा हुने ले बिभिन्न परिकारका मिठा खानेकुरा खाने दामी नँया कपडा लगाउँने गर्दछन भने नहुनेले पनी कर्जा लिएर भने पनी मिठै खाने राम्रै लाउँने गर्दछन । यस अबस्थामा चोरी डकौती पनी अली बढी हुने गरेको छ । किन भनेसामाजिक सञ्जाल मार्फ मानीसहरुले आफ्नो काम जानकारी दिने म यँहा टु भन्ने खालका सन्देशहरुका कारण पनी चोरी गर्ने गिरोहलाइ सजिलो भएको हुन सक्छ । बर्ष दिनभरी दुख गरेर कमाएको धन लाइ चोरहरुले आँखा दगाइ रहेको हुन्छ । यस्तो बेलामा चोरी तथा लुटपाटका घटना हुन नदिन नेपाल प्रहरीले काठमाडौं उपत्यकामा तीन हजार तीन सय ४३ प्रहरी परिचालन प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । प्रहरीले त्यतिको संख्यामा प्रहरी परिचालन गरे पनि अपारधिक गतिबिधी नियन्त्रणका लागी स्थानीय नागरिकको सहयोगका आबश्यक पर्दछ त्यसैले चाडपर्वमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्नमा साथ दिन आव्हान गरेको छ । प्रहरीले आफ्नो घरको डेरा व्यक्ति तथा काम गर्नेको व्यक्तिको नाम, थर र फोटोसहितको विवरण राख्न,आफ्नो घर र टोलमा शंकास्पद व्यक्तिहरुको गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्न ,आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरु बारे प्रहरीलाई समयमै खबर गर्न सार्वजनिक स्थानमा धुमपान, मद्यपान गर्ने कार्यलाई निरुत्साहित गर्न, लागू औषध, नशालु पदार्थ सेवन तथा बेचविखन गर्ने व्यक्तिबारे प्रहरीलाई खबर गर्न,मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाउँन, छतमा चढेर यात्रा नगर्नं, सडकको दायाँ, बायाँ जथाभावी पार्किङ नगर्न ट्राफिक नियमको सधैं पालना गर्न,कुनै पनि अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान,नचिनेको ब्यक्तिले घरको ढोका ढक्ढकाएमा नखोल्न ,आफ्नो घर, टोल, छिमेकमा आपतकालीन साइरन र सिसिटिभि क्यामेरा जडान गर्न,विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोवार गर्ने गरौंस नगदबाट गर्नु पर्दा उच्च सावधानी अपनाउँनं , धम्किपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खबर गर्न, रातको समयमा घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसँग बन्द गर्न, लामो समयको लागि घर बाहिर जानु परेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गराउँन,सकेसम्म नगद, वहमुल्य सामान र गर गहनाहरु घरमा नराख्न,दशैं तिहारको लागि ुगाऊँ जान लागेकोु लगायत उल्लेख गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न समेत अनुरोध गरेको छ ।