सत्तामा रहेको चार दलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै त्यसको बिरोध गरेका छन। सत्तागठबन्धन अब के गर्ने भन्ने छलफलमा छ ।
बिहान बसेको बालुवाटारको बैठकबाट गठबन्धनका चार दलले राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेर विज्ञप्ति समेत जारी गरेको छ ।राष्ट्रपतिले संविधानले तोकेको सीमाभित्र विधेयक प्रमाणीकरण नगरेपछि स्वतःप्रमाणीकरण भएको मानिने भएकाले राजपत्रमा विधेयक प्रकाशित गर्ने वा संवैधानिक दायित्व पूरा नगरेकाले राष्ट्रपतिको कदमबारे सर्वोच्च अदालतमा रिट लिएर जाने भन्ने बिषयमा छलफल भएको भएता पनी यसै गर्ने भन्ने निस्कर्षमा नपुगेको बेठकमा सहभागी एक नेताले बताउँनु भएको छ । यसका लागी कानुनविद्हरुलाई अपराह्न ३ बजे बालुवाटारमा बोलाइएको छ भने त्यस पछी मात्र यसको टुगाें लाग्ने देखीन्छ ।
