सम्पर्क

बिदेश

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

., अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
काठमाडौँ, १४ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाँउपालिका कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपिल गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु ।” राष्ट्रपति पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याइ नागरिकको शान्तिपूर्ण ...

विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

., अन्तर्वाता, कृषि, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १४ साउन : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उक्त दुःखद् घटनामा परी निधन हुनुभएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ । “म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु”, उहाँले भन्नुभयो, “देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद् घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन ।” उहाँले नेपालको संव...
नाकाबारे उद्योग वाणिज्य संघले गरायो सरकारको ध्यानाकर्षण

नाकाबारे उद्योग वाणिज्य संघले गरायो सरकारको ध्यानाकर्षण

अन्तर्वाता, कृषि, खानेपानी, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
बार्षीक २ अर्व भन्दा बढी राजस्व संकलन गर्ने तातोपानी नाका आवतजावत गर्ने सडक अवरुद्धबारे सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सरकारको ध्यानाकर्षण गराएको छ । सरकाले समयमा सडक खुलाउन पहलकदमी नबढाएको भनि संघले तातोपानी नाकाबारे चासो बढाएको हो । संघका अध्यक्ष बुद्धराज बस्नेतले एक विज्ञप्ती जारी गर्दै शुक्रबार सरकारलाई चासो दिन आग्रह गरेका हुन् । दैनिक लाखौको राजस्व संकलन गर्ने तातोपानी भन्सार कार्यालयले समेत आफ्लो बार्षिक लक्ष्य हासिल गर्न सक्ने अवस्था छैन । गत वर्ष ५० करोड ५२ लाखमा ठेक्का लागेकोमा समेत चीन सरकाले बनाईदिन्छ भन्ने आस्वासन मात्र देखाएको भन्ने कुरा उल्लेख छ । अरनिको राजमार्गमा पर्ने तातोपानी –कोदारी सडक असार ३१ गतेबाट भोटेकोशी गाउँपालिका २ मा पर्ने इको पहिरोको कारण ३ घर क्षति र ७० घरहरु उच्च जोखिममा रहेका छन् । १ सय ५० भन्दा बढी मालबहाक कन्टेनरहरु राजधानी प्रवेश गर्न पाएका छैनन् ।...
बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा साधारण सभा सम्पन्न

बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा साधारण सभा सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
चौतारा, साउन ९ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा प्रधान कार्यलय रहेको नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १४औँ स्थापना दिवस तथा वार्षिक साधारण सभा बर पिपल रोपेर सम्पन्न गरेको छ। चैतारासाँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बरको बिरुवा र वडा अध्यक्ष उद्धब नेपालले पिपलको बिरुवा रोपेर स्थपना दिबश तथा साधरण सभाको शुभारम्भ गर्नु भएको हो ।चौतारासाँगाचोकगढी नगरपालिका १४मा रहेको थान्बारेगढी जन्मत्सोव पार्क घमाने डाँडामा भएको सहकारी सस्थाले स्थापना दिवसको अवसरमा वातावरण संरक्षणको सन्देश प्रवाह गर्दै वर र पिपलका बिरुवा रोपण गरी कार्यक्रमको शुभारम्भ गरेको हो।चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा १४ नं वडाका वडाका अध्यक्ष उद्धव नेपालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला बार इकाई सिन्धुपाल्...
चौतारा–१० का बासिन्दालाई काठमाडौं मेडिकल कलेजमा उपचारमा विशेष सहुलियत

चौतारा–१० का बासिन्दालाई काठमाडौं मेडिकल कलेजमा उपचारमा विशेष सहुलियत

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत , सन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–१० का बासिन्दाले अब काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्। स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड र वडा कार्यालयबीच सम्झौता सम्पन्न भएको छ। सम्झौतामा काठमाडौं मेडिकल कलेजका प्रशासन कार्य प्रबन्धक अर्चना थापा र जनसम्पर्क प्रमुख सुधा कट्टेल तथा वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङले हस्ताक्षर गर्नु भएको छ । सम्झौताअनुसार वडा नं. १० का बासिन्दाले उपचारका लागि अस्पताल पुग्दा प्राथमिकताका आधारमा सेवा प्राप्त गर्नुका साथै अधिकांश स्वास्थ्य सेवामा विशेष छुटको सुविधा पाउनेछन्।     सम्झौताअनुसार बिरामी दर्ता (ओपीडी कार्ड) निःशुल्क उपलब्ध हुनेछ भने जनरल बेड शुल्कमा...
विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २७ असारः विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ भने अन्य ७४ जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ । मन्त्रालयका अनुसार विपद्सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावका लागि नागरिकले अब आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम...
सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

अन्तर्वाता, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
ललितपुर, २१ असारः पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र परिस्थितिमा आएको परिवर्तनसँगै सञ्चारसम्बन्धी विद्यमान कानुनहरूको पुनरावलोकन गर्न जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घले बागमती प्रदेश रजिष्ट्रार कार्यालयको सहकार्यमा आज आयोजना गरेको छलफलमा महासङ्घका अध्यक्ष निर्मला शर्माले विद्यमान कानुनमा गरिनुपर्ने संशोधनलगायत आफूहरूले उठाएका सवालमा नेपाल सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले संविधानमा व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रतामा कतैबाट हनन् हुन नहुने र पत्रकारहरू जिम्मेवार पनि हुनुपर्ने बताउनुभयो । महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले आमसञ्चार नीति, २०७३ लाई समेत डिजिटल रूपान्तरणका आधारमा परिवर्तन गर्दै कानुनी संशोधनमा जानुपर्ने बताउनुभयो । उहाँले आफूहरुले मन्त्रालयको आग्रहमा आमसञ्चार विधेयकको मस्यौदा तर्जुमा गरेर २०७५ सालमै बुझाएको भए पनि हालसम्म संस...
जलवायुमैत्री प्रविधिमार्फत धानमा आत्मनिर्भरता अभियान, हेलम्बुमा २३औँ धान दिवस मनाइयो

जलवायुमैत्री प्रविधिमार्फत धानमा आत्मनिर्भरता अभियान, हेलम्बुमा २३औँ धान दिवस मनाइयो

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
  देबराज सुबेदी “स्थानीयको अगुवाइमा अनुकूलनका असल अभ्यास प्रवद्र्धन कार्यक्रम अन्र्तगत “ जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ६ थापाटारमा सम्पन्न भएको छ । इच्छेश्वरी महिला बचत तथा कृषक समूहको आयोजना, हेलम्बु गाउँपालिकासँगको समन्वय,जष्ट नेपाल फाउन्डेसनको आर्थिक सहयोग तथा ली–बर्डको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै परम्परागत कृषि संस्कृतिको संरक्षणसँगै आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधिको प्रवद्र्धनमा जोड दिएका थिए ।रोपाइँ कार्यक्रममा हेलम्बु गाउँपालिका वडा नं. ६ का अध्यक्ष सञ्चबहादुर तामाङले स्थानीय रैथाने बाली तथा बीउबिजनको संरक...
२६ जना युवा महिलालाई स्कुटर चलाउने तालिम प्रदान

२६ जना युवा महिलालाई स्कुटर चलाउने तालिम प्रदान

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
 चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा युवा महिलाहरूलाई आत्मनिर्भर, सक्षम तथा सशक्त बनाउने उद्देश्यले २६ जना युवा महिलाका लागि स्कुटर चलाउने तालिम सञ्चालन गरिएको छ। वडा स्तरीय महिला सञ्जालको सक्रियता तथा प्रस्तावमा आयोजना गरिएको उक्त तालिम वडा कार्यालयको समन्वय र थ्री एस मोटर ड्राइभिङ्ग सेन्टरको सहजीकरणमा सञ्चालन गरिएको हो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सिता थापा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले महिलाको सशक्तीकरण केवल नीतिगत विषय मात्र नभई व्यवहारिक सीपसँग पनि जोडिएको बताउनुभयो। उहाँले महिलाहरू आर्थिक, सामाजिक तथा व्यक्तिगत रूपमा आत्मनिर्भर बन्न यस्ता सीपमूलक तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, तालिम प्राप्त महिलाहरूले भविष्यमा स्कुटर खरिद गरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्र...
जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानमा रक्षा सचिब शर्मा र महानिर्देशक पराजुली

जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानमा रक्षा सचिब शर्मा र महानिर्देशक पराजुली

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, समाचार, साहित्य, स्वास्थ्य
जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियानको बृक्ष रोपण कार्यक्रमलाई एक्यवद्धता जनाउदै रक्षा मन्त्रालयका सचिब केदारनाथ शर्मा र सुचना तथा प्रशारण बिभागका महानिर्देशक छबिन्द्र पराजुलीले आआफ्नो जन्मदिनमा पशुपतिनाथ भण्डार खालमा बृक्ष रोपेर जन्मोत्सव मनाउनुभएको छ। रौतहट बाट पहिलोपटक अभियानका रुपमा सुरुवात भएको यो अभियानले हाल सम्म १३ हजार भन्दा बढी बृक्ष रोपिसकिएको अभियानका केन्द्रीय संयोक गोबन्दि चौलागाइले जानकारी दिनु भयो । “जन्मदिनलाई सत्कर्ममा जोडौँ“ जस्तो अभियानले समाजमा सकारात्मक सन्देश फैलाउन, वातावरण संरक्षण गर्न र नयाँ पुस्तामा सेवाभाव विकास गर्नको निम्ति प्रेरित गराउने उद्देश्यका साथ अभियान हाल देशभर चलिरहे को बताउँनु हुँदै चौलागाइले यस कार्यक्रममा सचिब शर्माले जन्मदिनलाई सेवा भाबका साथ सत्कर्ममा जोडिएर बृक्ष रोपेर आफ्नो जन्मोत्सव मनाउदै अभियानलाई धन्यवाद दिदै सफलताको शुभकामना ग्रहण गर्न पाउदा...