नेपाली महिला समाज कतारले सम्मान,समिक्षा सगैं सार्वजनिक गर्यो आयब्य
दर्शन सुनार कतार,
नेपाली महिला समाज कतारले रमाइलो तिज बिशेष कार्यक्रमको समिक्षा सगैं कार्यक्रमको आयब्य समेत सार्वजनिक गरेको छ ।समाजले हरितालिका तिजको पावन अवसर पारेर आयोजना गरिएको " रमाईलो तिज बिशेष" कार्यक्रमको समिक्षा,सम्मान तथा कार्यक्रमको आयब्य शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार फुलवारी रेष्टुरेन्टको सभाहलमा सार्वजनिक गरेको हो ।गत ३० अगस्ट २०२४ का दिन अल लक्तामा रहेको रहेको टयुनिसियन स्कुलको सभाहलमा सम्पन्न गरेको नेपाली महिला समाज कतार र एनआरएनए एनसिसी कतार महिला बिभागको समन्वयमा कतारमा स्थापित संघ-संस्थाहरुको संयुक्त आयोजनामा आयोजित "रमाइलो तिज बिशेष कार्यक्रम सचेतना तथा बिविध साँस्कृतिक २०२४" कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्नविभिन्न कोणबाट सहयोग गरिएका र कार्यक्रममा आयोजकका रहेका कतारमा स्थापित ६५ वटा संघ-संस्थाहरुलाई मायाको चिनो र कार्यक्रममा सांगीतिक प्रस्तुति द...
