सम्पर्क

एक करोड पुर्‍याउने लक्ष्य बोकेको अक्षयकोषको पहिलो अधिवेशन शुक्रबार हुने

दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
कतारदेखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज बहुउद्देश्यीय अक्षयकोषको “प्रथम अधिवेशन“आगामी शुक्रबार हुने भएको छ ।

“बागलुङ बासीको चाहाना,शान्त समृंद्ध स्वदेशको कामना“ भन्ने मुल नाराका साथ अधिवेशनसँगै कोषको अभिवृद्धिको लागी बिविध साँस्कृतिक कार्यक्रम २०२५ सहित कार्यक्रमको आयोजना गर्न लागिएको हो । कोषको अधिवेशनलाई सम्बोधन गर्न नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सँगै सांगीतिक प्रस्तुतिका लागी लोक तथा दोहोरी गायक रेशम निर्दोष र दोहोरी गायिका सिम्रन परियार कतार आउने जानकारी कार्यक्रम संयोजक रमेश भट्टले जानकारी दिनुभयो ।

भट्टले एक करोड पुर्‍याउने लक्ष्य बोकेको अक्षयकोषलाई अगाडी बढाउन सबै जनाको साथ र सहयोगले मात्र लक्ष्य पूरा गर्न सकिने र कोषले बोकेको सपना पूरा गर्न सकेमा गृह जिल्ला बागलुङमा निम्न स्तर पिछडिएका जहाँ शिक्षा र स्वास्थको अभाव छ, त्यो ठाउँमा अक्षयकोषले दिगो समाधान गर्ने र शिक्षा र स्वास्थमा थप टेवा पुग्ने समेत बताउनु भयो ।

आगामी शुक्रबार कतारको मुन्ताजामा अवस्थित होलिडे भिल्ला होटेलको सभाहलमा मध्यान्ह १२ बजेदेखि सुचारु हुने कार्यतालिका रहेको कार्यक्रममा दोहाबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागी आयोजक संघले अनुरोध समेत गरेको छ । कार्यक्रममा प्रवेश भने निःशुल्क रहेको छ ।