सम्पर्क

जिबनशैली

अफवाह फैलाउने थप १० युट्युव च्यानलसहितका माध्यमलाई काउन्सिलको कारवाही

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौं । अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युव च्यानलसहित सामाजिक सञ्जाललाई सोमबार कारवाही गरेको छ । तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी सञ्चालित छन् । मिडिया अन्तरगत दर्ता/सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाललाई काउन्सिलले अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरेको छ ।काउन्सिलले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको समेत विशेष अनुगमन गरिरहेको छ । सो क्रममा सामाजिक सञ्जालबाट घृणा तथा द्वेष फैलाउने किसिमबाट अपुष्ट, आधारहीन, एकपक्षीय आरोपसहितका सामाग्रीमाथि अनुगमन भइरहेको सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।गलत, भ्रमपूर्ण, अफवाहपूर्ण, पक्षपोषणयुक्त, गालीगलौजपू...

उद्योग दिबश को अबशरमा उद्योमीलाइ सम्मान

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
नेत्र बहादुर बस्नेत, उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकले उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि भन्ने मूल नाराका साथ दशौं उद्योग दिवस मनाएको छ । चौतारा होमस्टेमा भएको कार्यक्रममा नयाँ उद्योग दर्ता गर्ने उद्योगी लगाएतलाइ सम्मान गर्दे दिबश मनाएको हो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५का वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व भने कार्यालय प्रमखु श्री त्रिपुरारी बख्रेलले गर्नुभएको थियो। कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले कार्यालयको तर्फबाट गत आ.व.२०८०÷८१ र चालु आ.व.को प्रथम चौमासिक प्रगति बारे जानकारी लिनु भएको थियो । उँहाका अनुसार जिल्लामा हालसम्म३७७४ उद्योग दर्ता र ३१८६ वाणिज्य दर्ता गरी कूल६८९० को संख्यामा उद्योग तथा वाणिज्य फर्महरु रहेको छ । कार्यक्रममा उल्लेखिय संख्यामा उद्यमी व्यवसायीहरुक...

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, ९ मङ्सिरः ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु हुँदैछ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल, मुक्ति नेपाललगायत संस्थाले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले हिंसा प्रभावित महिलाले न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने जरूरी रहेको धारणा राखेका थिए । ओरेक नेपालका कार्यकारी निर्देशक सुनिता मैनालीले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै महिला हिंसामा कमी आउन नसकेको बताउनुभयो । अभियानका क्रममा नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद...

प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ९ मङ्सिर : नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ । गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको हो । प्रहरी ऐन–२०१२ मा व्यवस्था भएका कानुनी प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरी नयाँ प्रहरी ऐन तर्जुमा गर्न तथा सर्वोच्च अदालतबाट प्रहरी कर्मचारीको सेवा सर्त सम्बन्धमा विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्नुका साथै प्रहरी सेवालाई नेपालको संविधान तथा प्रचलित कानुन, लोकतन्त्र र कानुनी शासन र मानव अधिकारप्रति प्रतिबद्ध, लैङ्गिक संवेदनशील, जवाफदेही, उत्तरदायी, प्रभावकारी तथा व्यावसायिक बनाउन विधयेक स्वीकृतिका लागि...

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
इनरुवा (सुनसरी), ९ मङ्सिर : देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहताले बताउनुभयो । “नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । इनरुवा–४ का रामदेव मेहताले दैनिकरूपमा...

बतासेमा आयोजित इम्प्याक्ट म्याराथन सम्पन्न

अन्तर्वाता, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
देबराज सुबेदी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ बतासेमा आयोजित इम्प्याक्ट म्याराथन सम्पन्न भएको छ ।इम्प्याक्ट म्याराथन र टार्गेट हिमालयको संयुक्त आयोजानमा भएको म्याराथनमा ३० जना विदेशी सहित ३०४ जना खेलाडीहरुको सहभागीता रहेको थियो । म्याराथनमा ४२ किलोमिटर पुरुषतर्फ लुके रोभर्ट पहिलो हुनुभयो । त्यस्तै दिपाकर शाह दोस्रो र बेन चिल्भेर्स तेस्रो हुनुभयो । महिलातर्फ ४२ किलोमिटरमा सोइ स्कोरिक पहिलो,कोमा दोस्रो र चारु तेस्रो हुनुभयो । प्रतियोगितामा २१ किलोमिटर पुरुषतर्फ सुप्रिन तामाङ पहिलो,निखिल तामाङ दोस्रो र रन सिंह तेस्रो हुनुभयो । महिलातर्फ रेचेल लमन पहिलो,जुडित व्रुनसेल्स दोस्रो र लिलिन पेलुके तेस्रो हुनुभएको टार्गेट हिमालयका अध्यक्ष सुजन तामाङले जानकारी दिनुभयो । म्याराथनको १० किलोमिटर पुरुषतर्फ सुदिप तामाङ पहिलो,रमेश तामाङ दोस्रो र सुजन तामाङ तेस्रो हुनुभयो भने पहिलातर्फ सुस्मित...

क्यान महासंघ जिल्ला शाखामा सञ्चार समुहका सचिब थापा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
लेकप्रिय नेत्रज्योती सञ्चार समुहका सचिब दिपक थापा क्यान महासघ सिन्धुपाल्चोकको अध्यक्षमा निर्बाचित हुनु भएको छ । क्यान महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको ७ औं अधिवेशनबाट थापालाइ अध्यक्ष पदमा निर्बीरोध निर्बाचित हुनु भएको हो । नव निर्वाचित जिल्ला कार्यसमिति.मा .अध्यक्ष दिपक थापा,उपाध्यक्ष प्रकाश शेष्ठ, सचिव मणिसुन्दर कोईराला, ’सुन्दर शिरिस’कोषाध्यक्ष सुवास श्रेष्ठ सह सचिव– सुवास कुँवर ,र सदस्यहरुमा रजनी श्रेष्ठ ध्रुव घोरासैनी दिल बहादुर कार्की गणेश चौलागाईं रहनु भएको छ । आफुलाइ निर्बीरोध निर्बचित गराए पछी अध्यक्ष्ँ थापाले आगामी दिनमा क्यान महासङ सिन्धुपाल्चोकद्वारा सुचना र प्रबिधिको क्षेत्रमा बिबिध कार्यहरुलाई अगाडी बढाउने प्रतिबद्धता जनाउँनु भएको छ ।  ...

एमालेको जागरणसभाका जे देखियो…

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
काठमाडौँ, ७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जागरणसभामा पार्टीका कार्यकर्ताको मुहारमा उत्साह र जोश देखिन्थ्यो । पार्टीका नेता तथा कार्यकर्ताले एउटा हातमा नेपालको झण्डा, अर्को हातमा एमाले पार्टीको झण्डा लिएर बेलाबेला उत्साहित भएर फहराइरहेको दृश्य देखिन्थ्यो । त्यही सभामा एउटा ठूलो बोराभरि भुटेको मकै थियो । सभामा उपस्थित नेता, कार्यकताले पालैपालो निकाल्दै एक–एक मुठ्ठी खाँदै थिए । एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका कलाकारले बीचबीचमा सभालाई उत्साह भर्न गीत गाएपछि झन् उत्साहित भएर झण्डाहरू फहराउँदै नाचेको दृश्य देखिन्थ्यो । राष्ट्रिय जनसांस्कृति महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले लेख्नुभएको गीतलाई कलाकार अमृत खातीले गाउनुभएको थियो । गीतमा भनिएको थियो, ‘लागौँ सबै विकासको बाटोमा, मोती फल्छ नेपाली माटोमा ।’ कलाकार खातीकै स्वरमा अर्क...

अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ७ मङ्सिर : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गर्नुभएको छ । नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताउनुभयो । आफूहरुविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौड्ने उल्लेख गर्दै अध्यक्ष ओलीले कागले कान लग्यो भन्दैमा आकाशतर्फ हेरेर कागका पछिपछि दौडन आवश्यक नरहेको बताउनुभयो । “आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने जस्ता काम भएका छन् । यस्ता कुनै पनि प्रकारका ठगी सैह्य हुँदैन । नेपाली जनता आफ्नो संस्कृतिको इतिहास र गौरवलाई कायम गर्दै ‘समृद्ध नेपाल स...

मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित, पुर्वमन्त्री बस्नेतद्वारा फिल्ड निरिक्षण

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
रामचन्द्र दुलालमेलम्ची/ ७ मंसिर ,नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले पाटीभञ्ज्याङ देखि बाहुनेपाटी खण्डकाे मध्यपहाडी लाेकमार्गकाे निरिक्षण तथा अनुगमन गर्नुभएकाे छ ।मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित भएकाे छ । लाेकमार्गकाे अनुगमन गर्दै पुर्वमन्त्री बस्नेतद्वारा यश खण्डमा अब गुणस्तरीय सडक बन्ने बताउनुभयाे । ७६ कराेड मध्ये अधिकांस काम सिन्धुपाल्चाेकमा हुने उहाँले जानकारी दिनुभयाे ।निरिक्षणकाे क्रममा बस्नेतले यश अघि पनि साना तथा मझाैला याेजना परेकाे अवगत गराउनुभयाे । ‘यश क्षेत्रमा ठुलाे रकम परेकाे छ । समयमा काम गर्न पर्याे’, पुर्वमन्त्री बस्नेतले भन्नुभयाे । समयमा काम नभएमा रकम अन्त जाने भन्दै चाँडै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई उहाँले निर्देशन दिनुभयाे ।साथै बस्नेतले स्थानियकाे मागकाे सम्बाेधन गर्दै ...