बाह्रबिसेको नगर स्तरिय हाजिरीजवाफ प्रतियोगितामा भद्रकाली मावि प्रथम
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा सम्पन्न भएको प्राबि (६–८) को नगरस्तरिय हाजिरी जवाफ प्रतियोगितामा भद्रकाली माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।
नगरपालिका अन्र्तगतको वार्षिक विकास कार्यक्रम तथा शैक्षिक क्यालेण्डर २०८१ अनुसार आयोजित उक्त प्रतियोगितामा बाह्रबिसे नगरपालिका भित्रका १५ वटा सामुदायिक तथा १ निजी विद्यालय गरी जम्मा १६ वटा विद्यालयहरुको सहभागितामा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको होे । उक्त प्रतियोगितामा सिगार्चे आधारभुत विद्यालय द्धितीय, सरस्वती माध्यमिक विद्यालय तृतीय र गोरखानाथ आधारभुत विद्यालय सान्त्वना भएको छ । नगर शिक्षा शाखा अधिकृत रोहित भट्टको अध्यक्षता तथा बाह्रबिसे नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा र उपप्रमुख मन्जु तामाङको विशेष आतिथ्यतामा शुक्रबारआधारभुत तह नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता भव्यताको साथ सम्पन्न गरिएको थि...







