सम्पर्क

जिबनशैली

भोटेकोशी इको क्षेत्रमा अबरुद्ध अरनिको लोकमार्ग खुलाउनेबारे छलफल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
 काठमाडौँ । सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले अरनिको लोकमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ स्थित इको क्षेत्रमा लगातार पहिरो र सडक भासिने समस्याका कारण विगत १० दिनदेखि अवरुद्ध सडक सञ्चालनबारे आज सिंहदरबारमा सम्बद्ध अधिकारीहरुसँग छलफल गरेका छन् । सापकोटा नेतृत्वको टोलिले बुधबार भौतिक पूर्वाधार सचिव केशब शर्मा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टसँग छुट्टा छुट्टै छलफल गरी अबरुद्ध सडक सञ्चालन बारे ध्यानकर्षण गराएको हो । सांसद सापकोटा सहित बागमती प्रदेश सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, नेता टिएन सापकोटा, भोटेकोशी गाउँपालिकाका नेकपा (माओवादी केन्द्र) का जिम्मेवार नेताहरू सहभागी टोलीले भेटमा इको क्षेत्रको सडक समस्याको दीर्घकालीन समाधानका उपाय खोज्न आग्...

राष्टिय परिचय पत्रकोमारमा नागरिकहरु २घण्टा थप काम गर्ने प्रशासन कार्यलय

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सरकारले सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा अशक्त असहाय वृद्ध जेष्ठ नागरिकहरुको ठुलो भिड लागेको छ । जिल्ला प्रशासन कार्यलयले टोकन प्रणाली लागु गरेको भएता पनी यो प्रणाली समेत पारदर्शी नहुँदा जिल्लाका टाढा टाढा देखि आएका जेष्ठ नागरिकले ज्यादै दुख पाएका छन् । यसरी दुख मात्र होइन बिहान आउँदा गाडी रिजर्भ गरेर आएका हुन्छन समयमा काम नहुँदा गाडी भाडा पनी खर्च पनी अनी चौतारमा बास बस्न पर्ने पनी भएकाले आर्थीक समस्यामा परेर भोकै बस्न पर्ने बाध्यता भएको छ । बाठा पहुँचवालाहरुले छिटो काम सम्पन्न गरे पनी लेखपढ नभएका असशाय, अशक्त अपाङ्गता भएका ब्यक्तीहरुलाइ भने ठुलै समस्या परेको छ । सहभागीहरुले आक्रोस पोख्दै न मरी जानु न गरि खानु अझकल्टो अबस्थामा पारेर सरकार रमीते बन्यो भनेका छन । यसरी भिड बढे पछी जिल्ला प्रशासन कार्यलयले बुधबार देखी ब...

इर्खुमाबीमा भएको वक्तृत्वकलामा सेतीदेबीको रेणुका प्रथम

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सामुदायिक वन दिवस २०८२ को उपलक्ष्यमा ,“समयमै कार्ययोजना नविकरण गरौं,सामुदायिक वनलाइ प्रगतिशील बनाऔं ।“भन्ने मुल नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजनामा “वातावरण संरक्षणका लागि सम्बृद्व वन व्यवस्थापनमा हाम्रो भुमिका “ विषयक चौतारा सांगाचोक गढि नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेको छ । नगरपालिकाको वडा नं ८मा रहेको श्री इर्खु माध्यमिक बिद्यालयइर्खुमा नगरपालिका भित्रका २४ माध्यमिक विद्यालयहरु मध्य १८ वटा बिधालयको प्रतियोगितामा सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने श्री सेतिदेवी मा. वि.को छात्रा रेनुका तामाङ , दोस्रो स्थान श्री डडुवा भवानी शंकर मा. वि. को छात्रा अश्मिता यादव , तेस्रो हुने श्री कालिदेवी मा. वि. को छात्र अभिषेक भुजेल र सान्त्वना स्थान हासिल गर्ने श्री इर्खु मा. वि. को छात्रा अश्मिता तामाङ रहनु भ...

सिन्धुपाल्चोकमा डिएसपीद्धारा भान्छे कुटपिट ,पछि जागिरबाट वर्खास्त

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
पीडित पक्षको निष्पक्ष छानबिनको माग दिपक खत्री सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव राज खरेलमाथि आफ्नै क्वाटरमा काम गर्ने भान्छे शंकर कार्कीलाई कुटपिट गरी जागिरबाट वर्खास्त गराएको आरोप लागेको छ । पीडित कार्की हाल मिडिया र मानवअधिकारकर्मीहरूमार्फत न्यायको खोजीमा छन् । घटना कसरी भयो? पीडितका अनुसार, २०८२ साउन २२ गते दिउँसो करिब २ बजे डिएसपी खरेल क्वाटरमा लन्चका लागि पुगेका थिए । त्यसअघि भान्छे कार्कीले तीन जना प्रहरी निरीक्षकलाई खाना खुवाइसकेका थिए। डिएसपीका लागि भने लसुन–प्याज प्रयोग नगरी फरक भाँडाकुडा प्रयोग गरेर रोटी–तरकारी तयार गरिएको थियो। तर, डिएसपी खरेलले बिहान ४ बजे बनाइएको बासी रोटी खान नमिल्ने भन्दै अपशब्द प्रयोग गरेका र कार्कीलाई दुई मुक्का हानेका पीडितको दाबी छ। कार्कीका अनुसार, आत्मरक्षाका क्रममा तेस्रो मुक्का रोक्ने प्रयास गर्दा ...

कर्मचारी संगठन, सिन्धुपाल्चोकद्धारा बौद्धिक अपांगता बालबालीकालाइ सहयोग

कृषि, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
लोकप्रियसमाचार चौतारा नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोकले बौद्धिक अपांगताका अभिभावक संघद्वारा सञ्चालित आवास गृहका बालबालिकाहरुको लागि लत्ताकपडा, खाद्यान्न, र फलफूल वितरण गरेको छ ।  सहिद मनोज( झपेन्द्र) सुरेन्द्र स्मृति दिवसको अवसरमा जिल्ला सदरमुकाम चौतारास्थित बौद्धिक अपांगताका अभिभावक संघद्वारा सञ्चालित आवास गृहका बालबालिकाहरुको लागि लत्ताकपडा, खाद्यान्न, र फलफूल वितरण कार्यक्रम गरेको सङ्गठनका उपाध्यक्ष पुनम भण्डारीले बताउँनु भयो । नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोकले उक्त स्मृति दिवसको अवसर पारी ती बालबालिकाहरुलाई टिसर्ट ट्राउजर १० सेट, चामल २ बोरा, केही दाल, तेल र फलफुलहरु वितरण गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय सचिवालय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज मेघराज भट्टराईले नेपाल निजामती कर्मचारी संगठनले आम निजामती कर्...

बुद्धको देश नेपाल’ विमोचन

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो ।कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पादन कक्ष कलिउड हव रहेको छ । गीतको ...

आठराईबाट सांगेतिक उडान भरेकी जुनु ‘मेरो भ्वाइस युनिभर्स’को उत्कृष्ट ७ मा

जिबनशैली, मनोरन्जन, समाचार
काठमाडौं, २५ साउन । ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को उत्कृष्ट ७ भित्र जुनु प्रसाईं पुगेकी छिन् । ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी गायिका जुनुले तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी हुन्। बाल्यकालदेखि नै गायनमा रुचि राख्ने जुनुको स्वरमा नेपालीपन मात्र होइन, परिश्रम र प्रतिभाको मिठास पनि झल्किन्छ। हाल झापालाई स्थायी ठेगाना बनाएकी उनी रोजगारीको कारणले कतारबाट आफ्नो सांगीतिक यात्रा जारी राख्दै अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा सहभागिता जनाएकी छिन्। विद्यालयदेखि सुरु भएको यात्रा गायिका जुनु विद्यालयका विभिन्न कार्यक्रमहरूमा गीत गाउने गर्थिन् र स्थानीय गायन प्रतियोगिताहरूमा सक्रिय रूपमा सहभागी हुन्थिन्। त्यही अनुभव र लगावले आज उनी अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको पहिचान बनाउँदै ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को उत...
नेपालको शिक्षामा स्तर नै छैन विजुक्छें,

नेपालको शिक्षामा स्तर नै छैन विजुक्छें,

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सन्जिब दुलाल भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा प्राध्यापक डाक्टर प्रधानाङ्ग र भण्डारीको लेखहरूको सँगालो समेटिएको नेपालको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको हो । पुस्तक विमोचन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले हालको शिक्षामा स्तर नै नभएको बताउनुभएको थियो । उहाँले हालको शिक्षामा स्तर नभएको बताउँदै आज भन्दा २५ वर्ष अगाडी नै वल्ड बैङ्कले नेपालका मुख्य मुख्य शिक्षा विद्धहरूलाई लिएर उच्च शिक्षा गरिबहरूलाई आवश्यक छैन भनी सिकाएर पठाएको आरोप लगाउनुभयो । उहाँले गर्मीमा कोक फ्यान्टा पैसा भएकाले मात्र खान सक्छन् त्यस्तै उच्च शिक्षा पनि पैसा भएका धनीले मात्र लिन सक्ने व्यवस्था लागु गराउन सरकारी कलेजहरूमा सरकारले लगानी कमी गर...
इर्खुमा बृक्षरोपण सहीत सामुदयक बन दिबस

इर्खुमा बृक्षरोपण सहीत सामुदयक बन दिबस

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ८ इर्खुमा सामुदायक बन दिबसशको अबशर पारेर बृक्षारोपण कार्यक्रम गरिएको छ । सामुदायक बन उपभोक्ता महासंघ नेपाल सिन्धुपाल्चोकको आयोजनामा महासंघका पुर्ब केन्द्रीय तथा बागमती प्रदेसका पुर्ब सदस्यहरु , रानी पोखरी बन उपभोक्ता समुहका पदाधिकारी हरु डिभिजनल बन कार्यलय सिन्धुपाल्चोकका रमेश दुलाल , सबडिभीजनल बन कार्यलयका कमला श्रेष्ठ लगाएतको उपस्थितीमा बृक्षरोपण गरिएको हो । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गालको प्रमुख अतिथ्यतामा सामुदायक जिल्ला बन उपभोक्ता महासंका अध्यक्ष जनक गिरीको अध्यक्षतामा बृक्ष रोपण गरिएको हो । २०७३साल श्रावण २५ गते देखी नेपालमा सामुदायक बन दिबश मनाइदै आएको र यस बर्ष पनी सोही अबशरमा यो दिबस मनाइएको हो । यस बर्ष भने २६गते इर्खु माध्यमिक बिद्यालयमा बातबरण संरक्षणका लागी समृद्ध बन व्यवस्थापनमा हा...

चौसागढीनपा १०र१४को शिबीरमा कपीलबस्तु,दोलखा,ओखलढुङ्गा सहीत १६६ले पाए सेवा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १० र १४ले सञ्चालन गरेकोे शिबीरमा ओखलढुङ्गा,कपिलबस्तु र दोलखा, सिन्धुपाल्चोक जिल्ला सहितका गरी १६५ जना सेवाग्रहीले सेवा लिएको समाचार प्राप्त भएको छ । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का वडा अध्यक्ष उद्धब नेपालका अनुसार श्रावण २१ गते कोटेश्वरबाट सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाँउपालिका ,जुगलगाँउपालिका र चौतारासाँगाचोकगढी नगरपालिका गरी ३७जना, २२गते कपनमा ओखल ढुङ्गा जिल्ला सिद्धीचरण नगरपालिका वडा नं ४का १जना सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाकाको १जना सहीत जम्मा ३३ जनाले सेवा प्राप्त गरेका छन । यसै गरी २३र २४ गते मुलपानीमा भएको शिबीरमा कपिल बस्तु जिल्ला दोलखा जिल्ला र सिन्धुपाल्चोक जिल्ला गरी ९६जनाले सेवा लिएका छन । शिबीरमा जन्म दर्ता,नागरिकताको प्रमाण पत्र प्रतिलिपी , नँया नागरिकता सिफारिस , सामाजिक सुरक्षा भत्ता परिचयपत्र नबी...