सम्पर्क

जिबनशैली

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा
काठमाडौँ, १५ साउनः देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा साधारणतया बदली रहेको छ भने मधेस प्रदेश तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । बागमती, गण्डक...
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ साउनः अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाम नगरपालिका–९ मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो...
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

., अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
काठमाडौँ, १४ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाँउपालिका कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपिल गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु ।” राष्ट्रपति पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याइ नागरिकको शान्तिपूर्ण ...
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

., अन्तर्वाता, कृषि, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १४ साउन : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उक्त दुःखद् घटनामा परी निधन हुनुभएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ । “म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु”, उहाँले भन्नुभयो, “देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद् घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन ।” उहाँले नेपालको संव...
कल्याणकारी कोषको रकम राष्ट्रिय विकासमा परिचालन गर्ने सेनाको तयारी

कल्याणकारी कोषको रकम राष्ट्रिय विकासमा परिचालन गर्ने सेनाको तयारी

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १४ साउनः नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा रहेको रकम राष्ट्रिय विकासमा योगदान पुग्नेगरी परिचालन गर्ने सोच अघि सारेको छ । रक्षा मन्त्रालयमा आज आयोजित चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले पहिलो चरणमा कोषको रकम जलविद्युत् तथा सौर्य ऊर्जामा लगानी गर्ने जानकारी दिनुभयो । “हाम्रो कल्याणकारी कोषलाई राष्ट्रिय विकासमा योगदान पुग्ने गरी खर्च गर्ने विकल्प खोजिरहेका छौँ । यसबाट राष्ट्रको विकास पनि होस् र कल्याणकारी कोषमा रहेको रकमको उचित सदुपयोग पनि होस् भन्ने हाम्रो उद्देश्य हो”, प्रधानसेनापति सिग्देलले भन्नुभयो, “त्यसका लागि हामीले प्रयास गरिरहेका छौँ । पहिलो चरणमा जलविद्युत् र सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने कामलाई परीक्षणका रूपमा अघि बढाउने सोचमा छौँ । यो सफल भयो भने कोषको रकम विकास नि...
सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौँ, १३ साउनः सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको छ । यो सहमतिसँगै चिकित्सकहरूले जारी राखेका विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन् । चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै नेपाल चिकित्सक सङ्घले दोषीमाथि कारबाहीका लागि दबाब दिन मङ्गलबार र बुधबार देशका स्वास्थ्यसंस्थाहरूमा ओपिडीलगायतका सेवा बन्द गरेर विरोध गरेको थियो । सोही विवाद समाधानका लागि नेपाल सरकार र चिकित्सक सङ्घबीच आज पाँचबुँदे सहमति भएको हो ।  आज अपराह्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक सङ्घका पदाधिकारीहरूबीच छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सो सहमतिपत्रमा सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्र...
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १३ साउनः आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ ।  ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको बताइन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः । गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।। माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ््घसंस्थाले कार्यक्रम गरी शिक्ष...
यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १३ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको...
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

अन्तर्वाता, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १२ साउन : पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा पनि बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा नघटाउँदा सर्वसाधारण मर्कामा परेका छन् । नेपाल आयल निगमले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । तर, बागमती प्रदेश सरकार मातहत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले भने अहिलेसम्म पनि भाडा समायोजन गरेको छैन । अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटे पनि प्रदेशभित्र चल्ने सवारीसाधन र काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गरेपनि प्रदेश सरकारले आफ्नो प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा समायोजन नगरेको गुनासो गर्नुभयो । “हामी...
बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा साधारण सभा सम्पन्न

बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा साधारण सभा सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
चौतारा, साउन ९ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा प्रधान कार्यलय रहेको नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १४औँ स्थापना दिवस तथा वार्षिक साधारण सभा बर पिपल रोपेर सम्पन्न गरेको छ। चैतारासाँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बरको बिरुवा र वडा अध्यक्ष उद्धब नेपालले पिपलको बिरुवा रोपेर स्थपना दिबश तथा साधरण सभाको शुभारम्भ गर्नु भएको हो ।चौतारासाँगाचोकगढी नगरपालिका १४मा रहेको थान्बारेगढी जन्मत्सोव पार्क घमाने डाँडामा भएको सहकारी सस्थाले स्थापना दिवसको अवसरमा वातावरण संरक्षणको सन्देश प्रवाह गर्दै वर र पिपलका बिरुवा रोपण गरी कार्यक्रमको शुभारम्भ गरेको हो।चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा १४ नं वडाका वडाका अध्यक्ष उद्धव नेपालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला बार इकाई सिन्धुपाल्...