सम्पर्क

जिबनशैली

भोटेकोशीको मार्मीगंमा स्वास्थ्य शिबीर ३८१ले लिए सुबिधा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा निशुल्क स्वास्थ्य शिबीर सञ्चालन भएको छ । माघ३र ४ गते दुइ दिन सम्म चल्ने शिबीरको पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले एक समारोहका बिच उद्धघाटन गर्नु भयो ।     भोटेकोशी गाउँपालिकाको मार्मीगं स्वास्थ्य कार्यलयमा भएको दुइ दिन सम्म चल्ने शिबीरको उद्धघाटन गर्दै पालिका अध्यक्ष शेर्पाले पालिकाका कोही पनी नागरिकहरुले कुनै पनी सेवाबाट बञ्चीत हुन नपरोस भन्दै आफुले सबै भन्दा ठुलो सम्पती भनेकै स्वास्थ्य भएकाले यसलाइ पहीलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनु भयो ।उँहाले भोटेकोशी गाँउपालिकामा बढी जस्तो किड्नीका बिरामी रहेको बताउँदै उँहाहरुको उपचारमा सहजीकरण गरिएको बताउँनु भयो । आगामी फागुन महीनामा अमेरिकन चिकत्सिक सहीतको टोलीले शिबीर राखी पालिकाका नागरिकलाइ स्वास्थ्य सेवा दिने समेत उँहाले बताउँनु भयो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत भद्र ...

लघुबित्त बित्तीय संस्थाकोे बित्तीय साक्षरता कार्यक्रम भक्तपुरको ताथलीमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
  ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि शाखा कार्यालय ताथलीले भक्तपुर चोर्चा ७ मा अबस्थित सिद्धिगणेश बचत तथा ऋण सहकारीको सभाहलमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि ताथलि शाखा द्वारा बित्तिय साक्षरता कार्यक्रम सप्पन्न गरेको ताथली शाखाका शाखा प्रबन्धक प्रदिप लामिछानेले जानकारी दिनु भयो । उँहाका अनुसार मङ्गलबार चागुनारायण न.पा . ९ स्थित उक्त लघुबित्तले सिपाडोल,दुवाकोट,चागुनारायण,टुकुचा , नाला देखि नगरकोट सम्मका ४७ वटा केन्द्र अन्तर्गतका ७० जना आफ्नो कारोवारमा आवद्ध सदस्य तथा सदस्यहरुको परिवारलाई बित्तीय साक्षरता दिइएको बताउनुभयो । बित्तिय साक्षरता के हो, यसको आवस्यकता किन छ,बचत कसरी गर्ने , पारिवारिक बजेट भनेको के हो,कसरी पारिवारिक बजेट बनाउने , कर्जा,बिमा,तथा अहिलेको डिजिटल प्राविधिको बारेमा आवश्यक ज्ञानको लागि प्रशिक्षक संस्थाक...

गोरु जुधाइ मेलाका रूपमा पनि चिनिँदै माघे सङ्क्रान्ति

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
मलेखु, १ माघ (रासस) : माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । नुवाकोटको तारुकामा राजा जयपृथ्वीबहादुर सिंहको पालादेखि चलिआएको गोरु जुधाइ अहिले नुवाकोट, रसुवा धादिङ र गोरखामा हुँदै आएको छ । त्यसमा किसानले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका छन् । विगतका वर्षहरू झैँ यो वर्ष पनि माघ १ गते धादिङ, नुवाकोट र रसुवाको ठाउँठाउँमा गोरु जुधाइ मेला मनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने उद्देश्यले धादिङ जिल्लाका मैदीकोट, धुवाकोट, सल्यानटार, खाल्टेलगायत ऐतिहासिकस्थलमा गोरु जुधाइएको छ । सुरुका वर्षमा नेपाल पर्यटन बोर्डले चासोका साथ प्रचार थालेको गोरु जुधाइ मेलालाई अहिले स्थानीय सरकारले पनि पर्यटन प्रवद्र्धनको एउटा पाटोको रूपमा लिएको छ । धादिङ ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्याल भन्नुहुन्छ, “पर्यटन प्रवद्र्धनसँ...

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
शिक्षा बिकास तथा समन्वय ईकाई सिन्धुपाल्चोकको आयोजनामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जिल्लाको माध्यमिक तहका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ ।       शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बहुमुखी क्याम्पसमा जिल्लाको माध्यामिक तहको प्रध्यानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले शिक्षकले पढाउने कसरी भन्ने ध्यान हुन जरुरी भएको बताउनुभयो । उहाँले जिल्लाकोे सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निकै राम्रो भएकोमा खुशि व्यक्त गर्नु हुँदै प्रजिअ खनालले जिल्लाभित्र संचालित माध्यमिक विद्यालयले हालसम्म गर्दै आएका राम्रा अभ्यासहरुको प्रस्तुतीले थप उर्जा दिएको बताउनुभयो । साथै दीर्घकालिन योजना बनाएर शिक्षा क्षेत्रको सुधारका लागि अगाडि बढ्नुपर्ने धारणा समेत उँहाले व्यक्त गर्नुभयो । यसैगरी का...

३ दिने नेतृत्व विकास तालिम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
महिलाहरुको क्षमता अभिवृद्धि सम्बन्धी ३ दिने पुर्नताजगी तालिम बुधबार सम्पन्न भएको छ । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ स्थित प्रेरणा कृषि जागरण महिला संस्थाको आयोजना र टेवा संस्थाको सहयोगमा गरिएको तालिममा २८ जना महिलाको सक्रिय सहभागिता रहेको थियो । प्रेरणा कृषि जागरण महिला संस्था, टेवाको अनुदान प्राप्त संस्था मध्य एक हो । उक्त कार्यक्रमको प्रशिक्षक आर्शो नेपालीको कार्यक्रम संयोजक हर्क तामाङ र आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङबाट व्यवस्थापन र सहजीकरणको भुमिका निर्वाह गर्नुभएकोे थियो । सार्वजनिक सरोकारका विषयमा स्थापना भएका विभिन्न सरकारी तथा गैरसरकारी निकायका विभिन्न संयन्त्रहरुमा महिलाहरुको अर्थपुर्ण सहभागिता तथा प्रतिनिधित्व गराउने उद्देश्यले सार्वजनिक निकायमा महिलाको प्रतिनिधित्व सम्बन्धी नेतृत्व विकास तालिम आयोजना गरिएको आदिवासी जनजाति महिला उत्थ...

हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । “नगरपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थिले बताउनुभयो । नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको नगर प्रमुख बालकृष्ण बस्नेतले बताउनुभयो । गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको बस्नेतले बताउनुभयो ।...

आबश्यक अनुसार निशुल्क बिरुवा दिइने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
डिभीजन वन कार्यलय सिन्धुपाल्चोकले जिल्लाबासीहरलाइ आबश्यकताका आधारमा निशुल्क विरुवा उपलब्ध गराउँदै आइको साहायक बन अधिकृत कृष्ण बहादुर थापाले जानकारी दिनु भएको छ ।    जिल्ला वन कार्यलय सिन्धुपाल्चोक द्धारा सञ्चालीत पात्ले पानी नर्सरकिा बारेमा जानकारी दिनु हँदै थापाले यस्तो बताउँनु भएको हो । २०२९साल मा स्थापित ६रोपनी जग्गामा नर्सरी रहेको छ । उक्त नसंरीमा तिम्मुर,दाँते ओखर लोठसल्लो, कपुर,कोइरालो,टाँकी,बेलपत्र,तिम्बु, पारिजात, अम्बा, अमला, चिराइदो , बोझो, ठुलो औषधी लगाएत २५ थरी भन्दा बढीका विरुवाहरु उत्पादन गरिने गरेको छ। नागरिकको माग बमोजिमका बिरुवाहरु निशुल्क दिइरहेको बताउँदै आफ्ना् नर्सरमिा नभएका विरुवाहरु पनी माग बमोजिम अन्यत्र बाट खरिद गरेर ल्याएर भए पनी बितरण गरिरहेको सायक वन अधीकृत थापाले जानकारी दिनु भयो । उँहाले वन कार्यलयमा माग भइ आए बमोजिमको विरुवाहरु निशुल्क दिइने र धेरै परिणाममा ला...

राप्रपाद्धारा कुमारीलाइ स्वागत

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  राष्टीय प्रजातन्त्र पाटी सिन्धु पाल्चोक जिल्लाले आफ्नो पाटीबाट बागमती प्रदेसमा माननीय बन्नु भएको २नं क्षेत्रीय अध्यक्ष कुमारी तामागंलाइ स्वागत गरेको छ । जिल्ला कार्यसमिती सिन्धुपाल्चोकको नियमित बैठकको अबशर पारेर आइतबार उँहालाइ बधाइ तथा शुभकामना दिएको हो ।   जिल्ला अध्यक्ष निलध्वज थापाले आफ्रनो पाटीले आफु अध्यक्ष रहँदाको अबस्थामा संघ र प्रदेस दुबै तर्फ माननीय पाएकोमा खुशी ब्यक्त गर्दै उच्च पदमा जनताको सेवा गर्न र राप्रपाको घोषणा पत्रलाइ अक्षरशं पालना गर्नका लागी सबै एक भएर लाग्नु पर्ने बताउँनु भयो । स्वागत कार्यक्रममा माननीय कुमारी तामागंले पाटीको शिर उच्च हुने गरी आफुले काम गर्नै बताउँदै स्थानीय स्तरमा हुने अनीयमितता र बिकासका कार्यक्रममा ढिला सुस्ती हुन नदीन राप्रपालाइ जिम्मेवारी आएको ले यो जिम्मेवारी पुरा गर्न सबै लागी पर्नू पर्ने बताउँनु भयो । बैठकले पौष २७ गते भव्यताका साथ ज...

जलवीरेमा कृषि तथा पशु सेवा केन्द्र स्थपना

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्लाको कृषी उत्पादनमा उपलब्ध हासील गर्दे गरेको बलेफी गाँउपालिका वडा नं १मा कृषि तथा पशु सेवा केन्द्र स्थपना गरिएको छ । पालीकाका सेरोफेरोमा रहेका नागरिकको सुबिधाका लागी बलेफी गाउँपालिकाले कृषि तथा पशु सेवा केन्द्र वडा नं. १ को जलबिरे बजारमा स्थापना गरेको हो । आइतबार सेवा केन्द्रको समुद्घाटन गर्दै पालिका अध्यक्ष गंगाबहादुर तामाङले स्थानीय स्तरमा उत्पादन भएका खाद्यन्नको स्थानीय स्तरमा नै खपत गर्न पर्नै बताउँनु भयो । उँहाले पालीका भित्र रहेका हरेक कृषकले खेतीयोग्य जमीन बााझो राखेर अनुदान माग्ने होइन उत्पादन मुलक काम गर्नका लागी अनुदान माग्न पर्छ त्यासो हुँदा पालिकाले पनी अनुदानमा सहयोग गर्ने चाहना बढ्ने बताउँनु भयो ।उँहाले कृषकको लागी पलिकाले हरेक प्रकारको सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पबद्यालय दिवा खाजामा समेत स्थानीय स्तरमा उत्पादति खाद्यन्न प्रयोग गर्न पर्नै बताउँनु भ...

लैङ्गिक हिंसा न्युनकरण सम्बन्धी कार्यक्रम डडुवामा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सगुन बस्नेत, नेपालको संविधानले प्रत्याभुत गरेका मौलिक अधिकार तथा कानूनले महिलालाई परिवार सञ्चालन देखि राज्य सञ्चालनसम्मका हरेक तहमा समान अवसर, समानता, सहभागिता, प्रतिनिधित्व र अपनत्वको सुनिश्चित गरेको छ । यद्यपि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक‚ छुवाछुत जस्ता महिलाद्वेषी प्रथा‚ परम्परा र अन्धविश्वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य रहेको पाइन्छ ।       लैङ्गिक हिंसा अन्त्यको लागि क्रियाशील सरकारी निकाय‚ सामाजिक संघ–संस्था‚ नागरिक समाज तथा महिला अधिकारकर्मीहरूलाई यस सन् १९८१ मा ल्याटिन अमेरिकाको डोमिनिकल गणराज्यबाट शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानले अन्तराष्ट्रियस्तरमा तीन दशक पार गरिसकेको छ भने नेपालमा सन् १९९७ देखि सञ्चालन हुदै आएको छ । नेपालमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मिति २०७९÷८÷०९ देखि २०७९÷...