काउन्सिलद्वारा कारबाहीका लागि विज्ञापन बोर्डलाई पत्र
प्रेस काउन्सिल नेपालले चुनावका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारले विभिन्न सञ्चार माध्यममा गरेका विज्ञापनबारे नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ । निर्वाचन आचारसंहिता बाहिर गई विज्ञापन भइरहेकोले त्यसको आवश्यक कारबाहीका लागि बोर्डलाई पत्र पठाइएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अनुगमनका क्रममा सञ्चार माध्यमबाट विज्ञापनमार्फत प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहिताबमोजिमको आकार/समयावधि/पटक र सःशुल्क जनाउ गर्नेतर्फ चासो दिएको नपाइएको विषयमा काउन्सिलले यसअघि देखिन सम्बन्धित सञ्चार माध्यमलाई ध्यानाकर्षण एवं सचेत गराइरहेको छ । यो विषयमा विज्ञापनको नियमन गर्ने निकाय विज्ञापन बोर्डलाई समेत आवश्यक कारबाही गर्न लेखी पठाएको बेहोरा समेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ, काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काउन्सि...
