सञ्चारकर्मीहरुका लागि अभिमुखीकरण
देबराज सुबेदी मेलम्ची .सञ्चारकर्मीहरुका लागि बहुप्रकोपीय पूर्वसूचना प्रणाली तथा प्रभावमा आधारित पूर्वानुमानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार मेलम्चीमा सम्पन्न भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मेलम्ची नगरपालिकाको संयुक्त आयोजना तथा रिजनल इन्टिग्रेटेड मल्टी हाजार्ड अर्ली वार्निङ सिस्टम (राइम्ज)को प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो ।
अभिमुखीकरण कार्यक्रममा प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले प्रभावमा आधारित पूर्वसूचना प्रणाली तथा पूर्वकार्यका बारेमा सहभागीहरुलाई प्रस्ट पार्नुभयो । त्यसैगरी शाखा अधिकृत जितेन्द्र अधिकारीले विपद्का विविध पक्षबारे जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागका उपसचिव शान्ति कँडेलले प्रभावमा आधारित पूर्वानुमान प्रणालीबाट आमसमुदायले फाइदा लिन सक्ने बताउनुभयो । उहाँले महाशाखाको जानकारीका आधारमा किसान समुदायले पनि लाभ लिन सक...
