सम्पर्क

जिबनशैली

ज्ञानमन्दरि माबी मा बिधुतिय फिल्टर जडीता धारा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नमुना ज्ञानमन्दरि माबी मेलचौरमा बिधुतिय फिल्टर जडीता धारा निर्माण भएको छ । उक्त धाराको एक समारोहका बिच चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले गर्नु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७ नम्बर वडास्थित नमुना ज्ञानमन्दिर माध्यमिक बिद्यालयमा बिद्युतीय फिल्टर जडित धाराको उद्घाटन गर्दै सापकोटाले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदीने तर्फ ध्यान दिन पर्नै बताउँनु भयो । उँहाले मानिस बिमारी हुँदा १५ लाख भन्दा बढी खर्च भइरहेको भन्दैे देख्दा थोरै रकममा निर्माण भए पनि यसले दिर्घकालिन महत्त्व बोकेको छ भन्दै सापकोटाले बिद्यालयमा युवाहरूको जोस जाँगर र सवैको समान धारणा बिकास भएको पाएँ । अझै समाजको चेतनशीलहरुको पहलमा शिक्षकहरुले योजना वनाएर समृद्ध नगर बनाउन सहयोग गर्न आग्रह गर्नू भयो ।नगरको कतिपय ठाउँमा योजना ठूलो भएर पनि दुरुपयोग भएको छैन । कतिपय थोरै रकम दिएको ठाउँमा र...

प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाउनुभएको छ । प्रहरी प्रधान कार्यलयमा आज अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्नुहुँदै उहाँले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाउनुभयो ।उहाँले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले प्रहरी सेवामा अनवरत नेतृत्वमा रहेर पु¥याएको सेवाप्रति अभार व्यक्त गर्नुभयो । उहाँले अवकाश हुन लाग्नुभएका महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिनुभयो । अवकाशमा जान लाग्नुभएका प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सबै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन गर्न सफल भएको र उक्त कार्यका लागि प्र...

प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, समाचार
नेपाल सरकार, मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको राससलाई जानकारी दिनुभयो । यही चैत ६ गतेको निर्णयले उहाँ एआइजीमा बढुवा हुनुभएको थियो । सरकारले उहाँलाई एआइजीको फूली लगाएको दुई दिनमै आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा हुनुहुन्थ्यो । कुँवर अङ्क तालिकामा १ नम्बरमा हुनुहुन्थ्यो । यसपटक भने महानिरीक्षकको नियुक्ति निर्विवाद रूपमा भएको छ । हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर ...

रायायनिक मलमा भएको मुल्य बुद्धीको बिरोध

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
रासायनिक मलमा किसानलाई सरकारले दिदै आएको अनुदान रकम कटौती गरी प्रतिकिलो यूरियामा ११ रुपैयाँ, डिएपीमा ७ रुपैया र पोटासमा ९ रुपैया वृद्धि गर्ने निर्णय गरेकोमाराष्टीय कृषक महासंघले बरिोध गरेको छ । महासंघको अध्यक्ष नवराव बस्नेतले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिज्ञेप्ती समेत प्काशन गरेको छ। उत्पादनको समर्थन मुल्य प्राप्तिमा बंचितीकरण, मुल्य श्रृखलाका हरेक चरणका समस्याका बाबजुद नेपाली कृषि संस्कृतिलाई धान्दै आएका किसानलाई उत्पादनमा प्रोत्साहित गरिनुुको साटो सरकारबाट हुने यस्ता गतिविधिले उत्पादन लागत बढेर जाँदा किसानहरुमा पेशागत नैराश्यता आइ पेशा पलायनता बढदै जाने तिब्र सम्भावना रहेकाले किसानको उत्पादन लागत बढाउने गरि मल अनुदानमा दिईदै आएको अनुदान कटौतिले किसानलाई आर्थिक बोझ हुने पक्का छ । यसर्थ यस निर्णय अविलम्ब फिर्ता गर्न राष्ट्रिय कृषक समूह महासंघ नेपाल सरकारसंग जोडदार माग गर्दछौ बिज...

ज्यो.पं. तोयनाथको “जिन्दगीका पानाहरू“ लोकार्पण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, साहित्य
धादिङ जिल्लाका ज्यो.पं. तोयनाथ अर्यालको ९० औँ जन्मदिवसको उपलक्ष्यमा वहाँद्वारा लिखित आत्मवृत्तान्त “जिन्दगीका पानाहरू“को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा प्रतिष्ठानका कुलपति श्री भूपाल राईले एक समारोहका बिच “जिन्दगीका पानाहरू“को लोकार्पण गर्नु भएको हो । उक्त समारोहमा प्राज्ञ सदस्य एवम् युवा आख्यानकार अमर न्यौपाने, प्रा. डा. रामचन्द्र लम्साल, “नेपाली भाषा बचाऔँ अभियान“ का अभियन्ता डा. बलदेव शर्मा अधिकारी, लोकप्रिय सञ्चारकर्मी एवम् कवि डा. नवराज लम्साल र पूर्व प्रशासक राममणि दुवाडी .सामुदायिक रेडियो प्रसारक संघका निबर्तामन अध्यक्ष सुवास खतिवडा विशेष अतिथिका रूपमा रहनु भएको थियो । “जिन्दगीका पानाहरू“को लोकार्पण बिमोचन गर्दै प्रमुख अतिथी राइले ज्योतीष क्षेत्रमा तोयनाथ नेपालको मात्र नभइ बिश्वमा नै प्रख्यात ब्यक्ती भएको एक सामाजीक तथा धार्मीक अभियान्ता समेत रहेको बताउँनु ...

अपांगता व्यक्तीहरुलाई सिपमुलक चाउमिन बनाउने तालिम

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
भोटेकोशी गाउँपालिका–२ तातोपानीमा अपाङ्गता भएका ब्यक्तिहरुलाई सिपमुलक चाउमिन बनाउने ४ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिकाको आर्थिक सहयोग र बलेफी एकीकृत अपांगता समाजको आयोजनामा सिबिआर कार्यक्रम अन्तर्गत गत फागुन २३ गतेबाट सुरु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि भोटेकोशी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भद्र बहादुर बस्नेतले सीप सिकेर व्यवहारमा लगाएमा मात्रै सार्थक हुने भएकोले तालिमपछि व्यावसायिक रूपका सिकेको सीपसम्बन्धी काम गर्न आग्रह गर्नुभयो । चाउमिन तालिमको समापन कार्यक्रममा भोटेकोशी गाउँपालिका – २ का वडा अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्रेष्ठले अपांगता भएकाको आत्मबल बढाउदै स्वरोजगार बनाउने तर्फ उन्मुख गर्ने तालिमको उद्देश्यले तालिम प्रदान गरेको बताउनुभयो ।...

उपचार प्रभावकारी भएपनि प्रयोगविहिन बन्दै आयुवेर्दीक औषधालयहरु

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
उपचार प्रभावकारी हुने भएपनि सिन्धुपाल्चोकमा रहेका आयुर्वेर्दीक औषधालयमा सेवाग्राहीको खासै ध्यान जान नसकेको सरोकारवालाहरुले बताएका छन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले मंगलबार आयोजना गरेको स्थानिय स्तरका पत्रकारहरुसँग आयुर्वेद सेवाको प्रर्वधन सम्बन्धी अन्तक्रिया कार्यक्रममा एलोपेथिक औषधीले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको हो । तर आयुर्वेद उपचार मार्फत् पनि रोग निको हुने भएकाले यसको प्रचार–प्रसार गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका हुन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले मंगलबार आयोजना गरेको स्थानिय स्तरका पत्रकारहरुसँग आयुर्वेद सेवाको प्रर्वधन सम्बन्धी अन्तक्रिया कार्यक्रमको उद्धघाटन गर्दैे प्रमुख अतिथीको आशनबाट बोल्दै नेपाल पत्रकार महासँघका अध्यक्ष जिवन श्रेष्ठले आर्यूवेद उपचारमा चेतना विस्तार आवश्यक रहेको वताउनुभयो । आयुर्वेदिक औषधीको प्रयोगमा सञ्चार...

वन डढेलो व्यवस्थापनका लागि सिन्धुपाल्चोकमा अग्रिम तयारी

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले वन डडेलो लाग्नबाट बचाउनका लागी दस्ता सहित तालिम सञ्चालन गरेको छ । गतबर्षहरुमा पनी यसरी तालीम सञ्चालन गरेर काम गरीरहेको कार्यक्रम यस बर्ष पनी निरन्तर भएको छ । यस बर्ष सडक किनारामा बढी केन्द्रित रहेर तालिम दिइएको छ । प्रयोगात्मक तालिममा जिल्ला वन साहयक अधिकृत कृष्ण बहादुर थापाले गत बर्ष भन्दा यस बर्ष बढी आगलागी भएको स्वीकार गर्दै आगलागी भएकोमा छानबिन भइ रहेको बताउनुभयो । वन डडेलो लगाउने दोषी पत्ता लागेपछी तिन बर्ष सम्म कैद र ६० हजार जरिवानाका साथै आगलागीबाट भएको क्षती बिबरण दोषीबाट सोधभर्ना गरइने कानुन भएकाले सोही अनुसार हुने बताउँनुभयो । उहाँले डिभिजन वन कार्यालय चौतारा सिन्धुपाल्चोकले स्वीकृत बार्षिक २०७९÷८० अन्तर्गत यो बार्षिक कार्यक्रम हो यो यो कस्तो कार्यक्रम हो भने नि हरेक स्वयंसेवक परिचालन गर्ने कार्यक्रम हो । उक्त कार्यक्रम १० जना युवाहरू भर्ना गरेर...

आन्दोलनरत यातायात मजदुरलाई वार्ताका लागि आह्वान

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले आज बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए । ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन् । आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका छन् । बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले आज सडक अवरुद्ध गरेका थिए । आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका छन् । आन्दोलनरत यातायात मजदुरलाई मङ्गलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्व...

बाह्रबिसे राष्ट्रपति रनिङ शिल्डको उपाधि क्षेमादेवी माबिलाई

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  बाह्रबिसे नगर पालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बाह्र्बिसे नगरपालिका बाट क्षमादेबी माबी ले २८ मेडल जित्दै पहिलो हुन सफल भएको छ । नगर पालीकाको कबर्डहलमा संघीय सासंद माननीय मोहन बहानदुर बस्नेतले उद्घाटन गर्नु भएको खेलको बागमती प्रदेस माननीय मसिना खड्काले समापन गर्नु भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै बागमति प्रदेस सभा सदस्य माननीय मसिना खड्काले खेल जगतले मानविय स्वास्थ्यको भुमिका खेल्ने भयकोले खेल कुद को विकासलाई पहिलो प्रथमिकतामा राख्न पर्ने जोड दिनु भयो । उहाँले खेतबारिमा काम गर्ने कृषक हरु कुनेै न कुनै तरिका बाट शारिरिक वायममा रहेका हुन्छन भने खेलकुदमा लागेकाहरुले पनि कुनै न कुनै तरिका बाट शारिरिक वायममा ,रहेका हुनछन भन्दै स्वास्थ्यको लागि खेलकुद अति आबशयक भएको बताउँनु भयो । पाचौ राष्ट्रपति रनिङ् खेलाडि छनोट गर्ने क्रममा छनोट भएका खेलाडि हरुलाई धन्यबादद...