सम्पर्क

जिबनशैली

काभ्रेका छ स्थानीय तहमा डेङ्गु सङ्क्रमण

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
काभ्रेपलाञ्चोकका छ स्थानीय तहमा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले छ तहमा सात जना डेङ्गु सङ्क्रमित पुष्टि भएको जनाएको छ । कार्यालयका अनुसार नमोबुद्ध नगरपालिकामा एक पुरुष र एक महिलाका साथै बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर र रोशी गाउँपालिकामा एक÷एक जनामा डेङ्गुको सङ्क्रमण पुष्टी भएको हो । सङ्क्रमितमध्ये पाँच पुरुष र दुई महिला रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमित सबै विभिन्न अस्पतालमा उपचाररत छन् । काभ्रेपलाञ्चोकमा यसअघि छ सय ८० डेङ्गुबाट सङ्क्रमित भइसकेका छन् । डेङ्गुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको छ । हाल जिल्लाका १३ वटै स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको कार्यालयले जनाएको छ । डेङ्गुको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ ।...

उच्च सतर्कता अपनाऔँ जल तथा मौ वि वि

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौं उपत्यकाको बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी बर्षा भएको, विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाऔँ आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/०४/२३ देखि २०८०/०४/२५) जारी समय: बिहान ०६:०० बजे दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।...
#, कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
कागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा राष्ट्रिय समाचार समिति (रासस) बाट यही साउन २१ गते समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो । कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालीमाटी तरकारी तथा फलफूल बजार समितिको कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिनुभयो । उहाँले फलफूल समितिको कार्यकारी निर्देशक डिपी पुडासैनी र व्यवसायी हरिप्रसाद शर्मासँग तनहुँमा उत्पादित कागती विक्री वितरणको व्यवस्था मिलाउन आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कागतीले बजार नपाएपछि किसान समस्यामा परेकाले बजारको सहजीकरणको प...

सहकारी पिडितलाई रकम ‘सरकारले नै उपलब्ध गराउने’

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाण्डौँ, १९ साउन । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता चौधरीले सहकारी सम्बन्धि समस्या समाधान गर्नका लागि लामो समयदेखि निष्कृय रहेको कार्यबिधि तथा ऐन कार्वान्वयनमा लैजाने बताउँनु भएको छ । ‘बचत सुरक्षण कोष भनेको यदी कुनै बचतकर्ताको रकम सहकारीमा डुबेको छ उसले सहकारी मार्फत फिर्ता पाउन सकेनन् भने यस कोष मार्फत सरकारले उपलब्ध गराउनेछ र सहकारीबाट सरकारले लिनेछ’, मन्त्री चौधरीले भन्नु भयो । मन्त्रालयले अर्थको सहमति लिएर उक्त कार्यबिधिहरु कार्वान्वयनका लागि मन्त्रिपरिषदको निर्णय गराउन लैजाने चरणमा छ । आगामी दुई महिना भित्रै आवश्यक सम्पूर्ण आन्तरिक तयारी पूरा गरेर सहकारी पिडितहरुलाई सरकारले नै पाउनु पर्ने रकम उपलब्ध गराउने मन्त्री चौधरी ले बताउँनु भयो ।सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यबस्था भएपनि निष्कृय बन्दै आएको बिभिन्न ऐन तथा कार्यबिधिहरु तत्काल कार्वान्वयनमा लैजान मन्...

भदौ २२ र २३ गते नुवाकोट मिडिया सम्मेलन हुने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनमा बागमती प्रदेशभित्रका सञ्चारमाध्यमको हित र प्रवर्धन, सञ्चारकर्मीहरुको बर्तमान अवस्था, समस्या र चुनौती, सञ्चार सम्बद्ध ऐन, नियम र त्यसको प्रभाव लगायतका बारेमा बृहत्त छलफल गर्नेगरी मिति २०८० भदौ २२ र २३ गते नुवाकोट जिल्लामा मिडिया सम्मेलन गर्ने निर्णय गरेको छ ।नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको महासंघको कार्यालयमा अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका महा सचिब कृष्ण सारु मगरले जानकारी दिनु भउको छ । बैठकले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनमा बागमती प्रदेशभित्रका सञ्चारमाध्यमको हित र प्रवर्धन, सञ्चारकर्मीहरुको बर्तमान अवस्था, समस्या र चुनौती, सञ्चार सम्बद्ध ऐन, नियम र त्यसको प्रभाव लगायतका बारेमा बृहत्त छलफल गर्नेगरी मिति २०८० भदौ २२ र २३ गते नुवाकोट जिल्लामा मिडिया सम्मेलन गर्ने निर्ण...

सुशासन कायम गराएकै कारण दोस्रो पटक निर्वाचित गराए ः चिरीबाबु महर्जन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताउनुभयो । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महर्जनले सो कुरा बताउँनु भएको हो । कार्यक्रममा महर्जनले ‘०७४ सालको निर्वाचनमा म झिनो मतले निर्वाचित भएको थिएँ । तर, २०७९ वैशाखमा सम्पन्न भएको निर्वाचनमा मलाई १८ हजार बढी मतले विजयी गराएका कारण मैले पाएको मत भनेको मैले महानगरपालिकामा सुशासन कायम गराएको र कसैलाई काखा र कसैलाई पाखा नगरि काम गरेकै कारण पाएको हुँ ।’ आफूँ निर्वाचित भएपछि आफूँ भेदभावरहित ढँगले काम गर्दा आफ्नै पार्टीबाट आलोचित बन्नुपरेको स्मरण गर्दै मेयर महर्जनले नेपाली कांग्रेस, एमाले र माओवादी लगायत आम महानगरबासीहरुको काममा भेदभाव र पूर्वाग्रह न...

सुनकोशीले यातायातको भाडा समायोजन गर्न माग

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
  सिन्धु पाल्चोक जिल्ला सुनकोशी गाउँपालिका अन्र्तगतका कच्ची र पक्की सडकहरुमा केही यातायातका साधनहरुले कचची सडकका कारण भाडा बढी लिएको भन्ने गुनासो आए पछी सम्बन्धीत ब्यवसायीहरु सँग छलफल गरेको छ । छलफलका क्रममा लामो समयदेखि यातायातका साधानहरु सञ्चालन गरिरहेको पुर्व अरनिको यातायात प्रालि सँग छलफल पछी भाडामा एक रुपता ल्याउँने सहमती भएको छ । पछिल्लो केही दिन यता अरनिको यातायातका साधनहरुले बढी भाडा असुल गरेको जनगुनासो व्यापक आएपछि सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना र पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री बिच छलफल गरी नियम अनुसार भाडा लिने सहमती भएको छ । सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले भाडाको विषयमा जनगुनासो आएपछि पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष सहितलाई गाउँपालिका कार्यालयमा नै बोलाएर भाडा लाई एकरुपता गर्न आग्रह गर्नुभएको थ...

९५ बर्षीय न्यौपानेद्धारा प्रतिक्षालय उद्धघाटन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं ६ कोठे पाखरदोभान सडक खण्डमा पर्ने बागखोरमा प्रतिक्षालय निर्माण भएको छ । शनिबार पाखरदोभान एकता समाजको समन्वयमा समाजका उपाध्यक्ष राजकुमार श्रेष्ठको संयोजत्वमा निर्माण गरिएको प्रतिक्षालयको ९५ बर्षीय रेणु कुमारी न्यौपानेले उद्धघाट गर्नुभएको छ । यस्ता प्रतिक्षालय लगायत कुनै पनी संरचनामा प्राय नेता तथा बिभिन्न संस्थाको प्रमुखहरुद्धारा उद्धघाटन गरिने गरिएकोमा पाखरदोभान एकता समाजले आफ्नै गाउँकी जेष्ठ नागरिकलाई प्रतिक्षालयको उद्धघान गर्न लगाएको पाखरदोभान एकता समाजको समन्वयमा समाजका उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रतिक्षालय परिसरमा बिभिन्न किसिमका २ सय ५० विरुवा बृक्षारोपण समेत गरिएको थियो । १ लाख ४५ हजारमा निर्माण भएको प्रतिक्षालयको उद्धघाटन गर्न गाँउकै वृद्धआमालाई लगाउँन पाएकोमा खुशी व्यक्त गर्दै पाखरदोभान एकता समाजका अध्यक्ष भुपेन्द्र भण्डारीले ...

मेलम्ची फट्टेमा पक्की पुलका लागी प्राबिधिक अध्ययन सूरु

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ११ स्थित फट्टेमा पक्की पुल बनाउने निर्णय भएसंगै शनीबार देखी बिस्तृत प्राबिधिक अध्ययन सूरु भएको छ । मेलमची नगरपालिकाकोे बैठकले तत्काल नागरिकको माग सम्बोधन गर्ने गरी फट्टेमा पक्की पुल निर्माण गर्ने निणर्य गरेपछि शनिबारबाट अध्ययन सूरु भएको हो। बिस्तृत प्राबिधिक अध्ययनका लागि पुल्चोक इन्जीनियरिङ्ग क्याम्पसका सह –प्राध्यापक भरत मण्डलको टोली मेलम्ची आएर अध्यया शुरु गरेको हो । अध्ययन शुरु गर्ने क्रममा मण्डलले टोलीले वृस्तित अध्यन गरेर परियोजना प्रस्ताब तयार गर्ने बताउनु भयो । स्थानीय नागरिकले मतदान गरेर संघ र प्रदेसमा माननीय पठाएको भएता पनी उँहाहरुबाट नागरिकको मागलाइ सम्बोधन नभए पछी मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङले नगर बाट निर्णय गराएर पुल बनाउँन लागेको हो । संघ र प्रदेश सरकारले वेवास्ता गरेका कारण नगरपालिकाले आफ्नो श्रोतबाट पक्कि पुल नि...

माननीय समिर तामाङ द्धारा सुजाताको भर्ना

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य माननीय कृष्ण कुमार तामाङ (समीर) ले मेलम्ची –११ निवासी सुजता दुलाललाई शान इन्टरनेश्नल कलेज हाडिगाउ,चाबहिलमा भर्ना गरि +२ अध्ययनको ब्यबस्थापन गरिदिनुभएको छ ।,नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदिय दलका सचिव समेत रहनु भएका तमाङले आर्थिक अवस्थाका कारण आत्महत्या गर्नुभएका स्व .गुरु प्रसाद दुलालकी कान्छि छोरी सुजता दुलाललाई एसईई परीक्षा उतिर्ण भएपछि कक्षा १२ अध्ययनको लागि सम्पूर्ण ब्यबस्थापन आफुले गर्ने भन्दै भर्ना गरिदिनु भएको हो । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेता मधुसूदन सिग्देल, नेपाली काङ्ग्रेस मेलम्ची –११ का सभापति कुमार दुलाल, त्यसैगरि शान कलेजका प्रशासन प्रमुख र कलेज परिवारको उपस्तिथिमा कलेज प्राङ्गणमै पुगि सांसद तामाङले सुजता दुलालको लागि २ बर्ष सम्म अध्ययन गर्न लाग्ने कलेजको सम्पुर्ण...