सम्पर्क

माननीय समिर तामाङ द्धारा सुजाताको भर्ना

सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य माननीय कृष्ण कुमार तामाङ (समीर) ले मेलम्ची –११ निवासी सुजता दुलाललाई शान इन्टरनेश्नल कलेज हाडिगाउ,चाबहिलमा भर्ना गरि +२ अध्ययनको ब्यबस्थापन गरिदिनुभएको छ ।,नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदिय दलका सचिव समेत रहनु भएका तमाङले आर्थिक अवस्थाका कारण आत्महत्या गर्नुभएका स्व .गुरु प्रसाद दुलालकी कान्छि छोरी सुजता दुलाललाई एसईई परीक्षा उतिर्ण भएपछि कक्षा १२ अध्ययनको लागि सम्पूर्ण ब्यबस्थापन आफुले गर्ने भन्दै भर्ना गरिदिनु भएको हो । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेता मधुसूदन सिग्देल, नेपाली काङ्ग्रेस मेलम्ची –११ का सभापति कुमार दुलाल, त्यसैगरि शान कलेजका प्रशासन प्रमुख र कलेज परिवारको उपस्तिथिमा कलेज प्राङ्गणमै पुगि सांसद तामाङले सुजता दुलालको लागि २ बर्ष सम्म अध्ययन गर्न लाग्ने कलेजको सम्पुर्ण खर्च ,स्टेसनरि सामाग्री,ड्रेसमा लाग्ने शुल्क लगायत सम्पूर्ण खर्च आफुले ब्यहोर्ने गरि कलेजमा लाग्ने खर्च कलेज प्रशासनलाई र स्टेशनरि सामाग्री र ड्रेस सुजता दुलाललाई हस्तान्तरण गर्नुभएको छ ।हस्तानन्तरण कार्यक्रममा माननीय तामाङले न्यानो स्वागत सहित सिन्धुपाल्चोकका विद्यार्थीहरुलाई अध्ययनको ब्यबस्थापन गर्ने शान कलेज परिवारलाई बिशेष धन्यवाद व्यक्त गर्दै कलेज सङ्ग सहजीकरण गर्न समन्वय गर्नुहुने नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेता मधुसूदन सिग्देल प्रती आभार समेत प्रकट गर्नुभयो । नेपाली काँग्रेसका युवा सासंद समिर ले यस अघी आफ्नै निजी खर्चमा सडक निमौण गर्नुका साथै बिभिन्न सामाजिक काममा सग्लग्नता रहनु भएको छ ।