सम्पर्क

सुशासन कायम गराएकै कारण दोस्रो पटक निर्वाचित गराए ः चिरीबाबु महर्जन

काठमाडौ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताउनुभयो ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महर्जनले सो कुरा बताउँनु भएको हो ।
कार्यक्रममा महर्जनले ‘०७४ सालको निर्वाचनमा म झिनो मतले निर्वाचित भएको थिएँ । तर, २०७९ वैशाखमा सम्पन्न भएको निर्वाचनमा मलाई १८ हजार बढी मतले विजयी गराएका कारण मैले पाएको मत भनेको मैले महानगरपालिकामा सुशासन कायम गराएको र कसैलाई काखा र कसैलाई पाखा नगरि काम गरेकै कारण पाएको हुँ ।’ आफूँ निर्वाचित भएपछि आफूँ भेदभावरहित ढँगले काम गर्दा आफ्नै पार्टीबाट आलोचित बन्नुपरेको स्मरण गर्दै मेयर महर्जनले नेपाली कांग्रेस, एमाले र माओवादी लगायत आम महानगरबासीहरुको काममा भेदभाव र पूर्वाग्रह नराखी काम गरिरहेको जिकिर गर्नु भयो ।
नगर प्रमुख महर्जनले ललितपुर महानगरपालिकाले नियम, कानुन, विधि र पद्दति भन्दा बाहिर गएर काम नगरेको बताउँनु भयो कार्यक्रमा बोल्दै नगर प्रमुख महर्जनले ‘नियम र प्रक्रिया भन्दा बाहिर गएर काम नगरेकै कारण अहिले त नियम भन्दा बाहिरका काम गर्नु दबाब नै आउँदैन भन्नु भयो ।’
नगर प्रमुख महर्जनले ललितपुर महानगरले अनावश्यक खर्चमा कडाई गरेको दाबी गर्दै ‘महानगरपालिकामा अनावश्यक खर्च रोकिएको छ, मैले १० लिटर तेल र १० हजार सहयोगका लागि कसैलाई पनि सिफारिस गरेको छैन, अनावश्यक खर्च रोक्न महानगरपालिका टिम नै जुटेको छ । कार्यपालिकाको बैठक बाहेक आफूँले आयोजना गर्ने बैठक तथा भेलामा समेत खाजा खर्चमा निकै मितव्यायी अपनाउने गरेको बतउँनु भयो । पछिल्लो समय निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न नगर्ने समस्यारहेको बताउँदै नगर प्रमुख महर्जनले निर्माण व्यवसायीले सम्झौता समयसीमाभित्र काम सम्पन्न नगर्दा ठाउँ ठाउँमा मानिसहरुले निकै दुःख पाउने मात्रै होइन, त्यसको अपसज स्थानीय सरकारहरुले पाउने गरेको बताउानु भयो । महर्जनले ठेकेदारहरुले सडक भत्काएर राख्ने, ढल खन्ने क्रममा ठुला ठुला खाडलहरु खनेर त्यत्तिकै छाडिदिने गर्दा कहिलेकाँही अप्रिय र दुखद घटनाहरु घट्ने भन्दै अब निर्माण व्यवसायीसँग निर्माण कार्यसम्बन्धी सम्झौता गर्दा खेरी नै ‘सेफ्टी फस्ट’लाई विशेष जोड दिनुपर्ने सुझाव समेत दिनु भएको थियो ।
कार्यक्रममा महालेखा परीक्षकको कार्यालयकी कार्यवाहक महालेखापरीक्षक राममायाँ कुँवरले महालेखा परीक्षकले गरेको लेखा परीक्षणको सम्पूर्ण गतिविधि कार्यालयको वेवसाइटमा राखिएकाले जोकोहीले पनि लेखा परीक्षणसम्बन्धी प्रतिवेदन हेर्न सकिने व्यवस्था गरिएको बताउँनु भयो । कावा महालेखापरीक्षक कुँवरले०७४÷७५ देखि २०७९÷८० सम्मको लेखा परीक्षण गर्दा अनियमितता तथा भ्रष्टाचार व्याप्त रहेको जानकारी गराउँदै पालिकाले सुधार गर्नुपर्ने व्यहोरा समेत उल्लेख गरिएको बताउँनु भयो । महालेखा परीक्षककले स्थानीय तह देखि सम्पूर्ण सरकारी कार्यालयहरुमा सुशासन कायम गराउन ‘वाच डग’को भूमिका निर्वाह गरिरहेको समेत स्पष्ट पार्नु भयो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता एवं सहसचिव भोला दाहालले अख्तियार ०७८÷८९ मा कुल २४ हजार ३३१ उजुरी परेको जसमध्ये १७ हजार १६७ उजुरी परेको जसमध्ये १ सय ३१ वटा उजुरी सम्मानित विशेष अदालतमा मुद्दा दायर भएको जानकारी गराए भने सुशासनको सन्दर्भमा एक महत्वपूर्ण पेपर प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रिय सतर्कता केन्द्रका निमित्त सचिव विनु बज्राचार्य कुँवरले सतर्कता केन्द्रले आफ्नो क्षेत्राधिकार र दायराभित्र रहेर उजुरी संकलनलाई प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्यक्ष उजुरी संकलन, अनलाइन र इमेल मार्फत उजुरीको आधारमा उजुरी दिने र सोही उजुरीको आधारमा सतर्कता केन्द्रले कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ ।’
केन्द्रले भ्रष्टाचार निवारण ऐन २०५९ टेकेर काम कारबाही गरिरहेको जानकारी गराउँदै ‘सूचना संकलन, सतर्क गराउने, सम्पत्ति विवरणको जानकारी राख्ने, छड्के जाँच गर्ने, प्राविधिक परीक्षण गर्ने र जनेचतनाको काम कारबाही तीव्र गतिमा अगाडि बढिरहेको बताउँनु भयो ।’
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अख्तियार र महालेखा परीक्षकको कार्यालयकै कारण काम गर्ने वातावरण नभएको बताउँदै कर्मचारीहरु काम गर्न कार्यक्षेत्रमा जाँदै गर्दा उसले कदमै पिच्छे अललितपुर महानगरपालिकामा सुशासन कायम गराएकै कारण मलाई जनताले दोस्रो पटक निर्वाचित गराए ः चिरीबाबु महर्जन
काठमाडौ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताउनुभयो ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महर्जनले सो कुरा बताउँनु भएको हो ।
कार्यक्रममा महर्जनले ‘०७४ सालको निर्वाचनमा म झिनो मतले निर्वाचित भएको थिएँ । तर, २०७९ वैशाखमा सम्पन्न भएको निर्वाचनमा मलाई १८ हजार बढी मतले विजयी गराएका कारण मैले पाएको मत भनेको मैले महानगरपालिकामा सुशासन कायम गराएको र कसैलाई काखा र कसैलाई पाखा नगरि काम गरेकै कारण पाएको हुँ ।’ आफूँ निर्वाचित भएपछि आफूँ भेदभावरहित ढँगले काम गर्दा आफ्नै पार्टीबाट आलोचित बन्नुपरेको स्मरण गर्दै मेयर महर्जनले नेपाली कांग्रेस, एमाले र माओवादी लगायत आम महानगरबासीहरुको काममा भेदभाव र पूर्वाग्रह नराखी काम गरिरहेको जिकिर गर्नु भयो ।
नगर प्रमुख महर्जनले ललितपुर महानगरपालिकाले नियम, कानुन, विधि र पद्दति भन्दा बाहिर गएर काम नगरेको बताउँनु भयो कार्यक्रमा बोल्दै नगर प्रमुख महर्जनले ‘नियम र प्रक्रिया भन्दा बाहिर गएर काम नगरेकै कारण अहिले त नियम भन्दा बाहिरका काम गर्नु दबाब नै आउँदैन भन्नु भयो ।’
नगर प्रमुख महर्जनले ललितपुर महानगरले अनावश्यक खर्चमा कडाई गरेको दाबी गर्दै ‘महानगरपालिकामा अनावश्यक खर्च रोकिएको छ, मैले १० लिटर तेल र १० हजार सहयोगका लागि कसैलाई पनि सिफारिस गरेको छैन, अनावश्यक खर्च रोक्न महानगरपालिका टिम नै जुटेको छ । कार्यपालिकाको बैठक बाहेक आफूँले आयोजना गर्ने बैठक तथा भेलामा समेत खाजा खर्चमा निकै मितव्यायी अपनाउने गरेको बतउँनु भयो । पछिल्लो समय निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न नगर्ने समस्यारहेको बताउँदै नगर प्रमुख महर्जनले निर्माण व्यवसायीले सम्झौता समयसीमाभित्र काम सम्पन्न नगर्दा ठाउँ ठाउँमा मानिसहरुले निकै दुःख पाउने मात्रै होइन, त्यसको अपसज स्थानीय सरकारहरुले पाउने गरेको बताउानु भयो । महर्जनले ठेकेदारहरुले सडक भत्काएर राख्ने, ढल खन्ने क्रममा ठुला ठुला खाडलहरु खनेर त्यत्तिकै छाडिदिने गर्दा कहिलेकाँही अप्रिय र दुखद घटनाहरु घट्ने भन्दै अब निर्माण व्यवसायीसँग निर्माण कार्यसम्बन्धी सम्झौता गर्दा खेरी नै ‘सेफ्टी फस्ट’लाई विशेष जोड दिनुपर्ने सुझाव समेत दिनु भएको थियो ।
कार्यक्रममा महालेखा परीक्षकको कार्यालयकी कार्यवाहक महालेखापरीक्षक राममायाँ कुँवरले महालेखा परीक्षकले गरेको लेखा परीक्षणको सम्पूर्ण गतिविधि कार्यालयको वेवसाइटमा राखिएकाले जोकोहीले पनि लेखा परीक्षणसम्बन्धी प्रतिवेदन हेर्न सकिने व्यवस्था गरिएको बताउँनु भयो । कावा महालेखापरीक्षक कुँवरले०७४÷७५ देखि २०७९÷८० सम्मको लेखा परीक्षण गर्दा अनियमितता तथा भ्रष्टाचार व्याप्त रहेको जानकारी गराउँदै पालिकाले सुधार गर्नुपर्ने व्यहोरा समेत उल्लेख गरिएको बताउँनु भयो । महालेखा परीक्षककले स्थानीय तह देखि सम्पूर्ण सरकारी कार्यालयहरुमा सुशासन कायम गराउन ‘वाच डग’को भूमिका निर्वाह गरिरहेको समेत स्पष्ट पार्नु भयो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता एवं सहसचिव भोला दाहालले अख्तियार ०७८÷८९ मा कुल २४ हजार ३३१ उजुरी परेको जसमध्ये १७ हजार १६७ उजुरी परेको जसमध्ये १ सय ३१ वटा उजुरी सम्मानित विशेष अदालतमा मुद्दा दायर भएको जानकारी गराए भने सुशासनको सन्दर्भमा एक महत्वपूर्ण पेपर प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रिय सतर्कता केन्द्रका निमित्त सचिव विनु बज्राचार्य कुँवरले सतर्कता केन्द्रले आफ्नो क्षेत्राधिकार र दायराभित्र रहेर उजुरी संकलनलाई प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्यक्ष उजुरी संकलन, अनलाइन र इमेल मार्फत उजुरीको आधारमा उजुरी दिने र सोही उजुरीको आधारमा सतर्कता केन्द्रले कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ ।’
केन्द्रले भ्रष्टाचार निवारण ऐन २०५९ टेकेर काम कारबाही गरिरहेको जानकारी गराउँदै ‘सूचना संकलन, सतर्क गराउने, सम्पत्ति विवरणको जानकारी राख्ने, छड्के जाँच गर्ने, प्राविधिक परीक्षण गर्ने र जनेचतनाको काम कारबाही तीव्र गतिमा अगाडि बढिरहेको बताउँनु भयो ।’
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अख्तियार र महालेखा परीक्षकको कार्यालयकै कारण काम गर्ने वातावरण नभएको बताउँदै कर्मचारीहरु काम गर्न कार्यक्षेत्रमा जाँदै गर्दा उसले कदमै पिच्छे अख्तियारलाई सम्झनुपरेपछि कर्मचारीको मनोबल खस्किने भन्दै अख्तियार असली वाच डगको रुपमा रहोस् भन्नेमा जोड दिनु भयो ।
काठमाडौं जिल्लाका प्रजिअ घनश्याम उपाध्यायले जनताको पक्षमा काम गर्न अझ धेरै बाकी छ भन्दै स्वास्थ उपचार सहज हुने वातावरण बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।उहाँले ललितपुर महानगरपालिकाले गरेका सम्पूर्ण विकास निर्माणका कार्यहरुलाई समेटेर पेपर प्रस्तुत गर्नु भएको थियो ।
ललितपुरका प्रजिअ रुद्र प्रसाद पण्डितले पनि आफनो जागिरको अनुभव सुनाउदै अब सुधारको गुन्ज्यास छैन भन्नुभयो ।
भक्तपुरका प्रजिअ खगेन्द्र प्रसाद रिजालले पनि सुशासनको पक्षलाई बलियो बनाउनुपर्ने मा जोड दिनुभयो त्यस्तै उपत्यकाका सबै नगरपालिकाका कार्यकारी प्रमुखहरूलाई भेला गराइएको यो कार्यक्रममा जिल्लाका सुरक्षा प्रमुख लगायतका सबैको उपस्थिती रहेको थियो ।
ललितपुर उपमहानगर पालिकाको सहकार्यमा भएको कार्यक्रममा उपप्रमुख मन्जली शाक्य सहितको भब्य उपस्तिथि रहको थियो ।
तराई विकास तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक विन्दु विष्ट, नायब महालेखा परीक्षक, शंकर प्रसाद पन्थी, श्याम प्रसाद भण्डारी, ललितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक सिद्ध विक्रम शाहलगायत उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, लेखा अधिकृत लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

ख्तियारलाई सम्झनुपरेपछि कर्मचारीको मनोबल खस्किने भन्दै अख्तियार असली वाच डगको रुपमा रहोस् भन्नेमा जोड दिनु भयो ।