सम्पर्क

सुनकोसीमा लम्कि रोगबाट ६०० संक्रमित ११ को मृत्यु निको हुनेको संख्या पनि बढ्दै

कुमार बस्नेत (अधिराज)
सिन्धुपाल्चोक जिल्लाको सुनकोसीमा हाल घरपालुवा पशुबस्तुहरुमा लाग्ने लम्कि स्किन (किम)रोग संक्रमण महामारीको रूपमा सबै ७ वटै वडामा एकै साथ फैलिरहेको छ ।
पालिका भित्रका ७ वटै वडामा गाई, भैसिगरि करिव ६०० भन्दा माथिलाई सक्रमण भईसकेको पशु शाखा प्रमुख फिल्ड प्राबिधिक रामचन्द्र जिसिले बताउनु भयो ।
उहाँका अनुसार हालसम्म साना बाछ्छाबाछ्छी ६ वटा र ठुला गोरु र गाई गरि ५ वटा जम्मा ११ वटा पशुहरुको मृत्यु भईसकेको बताउनुभयो । केही संख्यामा सक्रमित पशुहरुको अबस्था जटिल रहेको र ९०% पशु हरू उपचार पश्चात् निको हुने क्रममा पनि रहेको फिल्ड प्राबिधिक जि.सिले बताउनुभयो । सुनकोशीको वडा नं. ५ र ६ मा भोलेन्टियर प्राबिधिक खटाईएको र अन्य वडाहरूमा गाउपालिका प्राबिधिकहरू राम चन्द्र जिसि र सिताराम खरेल मार्फत घर गोठमा गई उपचार भई रहेको छ ।
गाउपालिकाबाट पर्याप्त मात्रमा सुई तथा ईन्जेक्ट टेवल औषधि उपलब्ध गराए पनि दक्ष प्राबिधिकको अभाव प्रतिकुल मौसमसँगै सवारि साधनको अभाव तथा बर्खा भेलले बाटो बिगारेको कारण कृषकको घर गोठमा पुग्न पनि समस्या रहेको कृषक डिक बहादुर भण्डारीले बताउनुभयो ।
उहाँको १ हल गोरु दुबै बिरामी भएपछि गाउँपालिकामा पशु शाखा प्रमुखसँग सम्पर्क राख्नुभयो । बर्षाको कारण बाटो अबरुद्ध हुँदा जिरी सडक नौ कि.मि बाट २ घण्टाको बाटो हिडेर आईपुग्दा १ वटा गोरु मर्यो १ वटालाई बचाउन सफल भएको फिल्ड प्राबिधिक जिसिले बताउनुभयो । अन्य पालिकामा पनि यस्को असर देखिएको छ । लैनो दुध दिने गाई नै मर्न थालेपछि किसान त्रासमा रहेका छन् । पशु पालेर घर खर्च चलाउने यहाँका अधिकांश परिवार उक्त रोगको प्रकोप वढ्न थालेपछि चिन्तित भएका छन् ।