सम्पर्क

भदौ २२ र २३ गते नुवाकोट मिडिया सम्मेलन हुने


नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनमा बागमती प्रदेशभित्रका सञ्चारमाध्यमको हित र प्रवर्धन, सञ्चारकर्मीहरुको बर्तमान अवस्था, समस्या र चुनौती, सञ्चार सम्बद्ध ऐन, नियम र त्यसको प्रभाव लगायतका बारेमा बृहत्त छलफल गर्नेगरी मिति २०८० भदौ २२ र २३ गते नुवाकोट जिल्लामा मिडिया सम्मेलन गर्ने निर्णय गरेको छ ।नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको महासंघको कार्यालयमा अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका महा सचिब कृष्ण सारु मगरले जानकारी दिनु भउको छ । बैठकले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनमा बागमती प्रदेशभित्रका सञ्चारमाध्यमको हित र प्रवर्धन, सञ्चारकर्मीहरुको बर्तमान अवस्था, समस्या र चुनौती, सञ्चार सम्बद्ध ऐन, नियम र त्यसको प्रभाव लगायतका बारेमा बृहत्त छलफल गर्नेगरी मिति २०८० भदौ २२ र २३ गते नुवाकोट जिल्लामा मिडिया सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले ‘सदस्यता शुद्धीकरण मापदण्ड २०७९’ अनुसार महासंघको सदस्यता शुद्धीकरणका लागि जिल्ला शाखाहरुले कार्य अघि बढाएकोमा सबै शाखाहरुलाई धन्यवाद ब्यक्त गरेको छ । बैठकले सदस्यता शुद्धीकरण मापदण्ड २०७९ अनुसार जिल्ला शाखाहरुबाट प्राप्त नयाँ सदस्यता र नविकरणको नामावली बिवरण सार्वजनिक गरी गुनासो÷उजुरी दिन आब्हान गरेकोमा प्राप्त उजुरी÷गुनासोमा मागदाबी लाग्ने हो वा होइन आधार र कारण सहित खुलाएर जिल्ला शाखाहरुबाट प्रमाण सहितको यथार्थ बिवरण २०८० साउन मसान्तभित्र माग गर्ने निर्णय गरेको छ ।त्यसै गरी सदस्यता शुद्धीकरण मापदण्ड २०७९ अनुसार जिल्ला शाखाहरुबाट प्राप्त नयाँ सदस्यता र नविकरणको नामावली बिवरण सार्वजनिक गरी गुनासो÷उजुरी दिन आब्हान गरेकोमा प्राप्त उजुरी÷गुनासो बारे यथार्थ बिवरण बुझी २०८० साउन मसान्तभित्र प्रतिवेदन पेश गर्न मकवानपुर–संयोजक ः कोषाध्यक्ष रमेश ढुङ्गेल, सदस्य ः काजि श्रेष्ठ, केशव नेपाली, प्रविण दत्त
चितवन– संयोजक ः उपाध्यक्ष, रुपेश दुलाल, सदस्य ः रामहरि गजुरेल, जीवन कुँवर
धादिङ – संयोजक ः उपाध्यक्ष, सम्झना कार्की, सदस्य ः पेमा लामा, सम्झना हुमागाई, पवित्रा ढकाल (भगत)
नुवाकोट– संयोजक ः सचिव, युवराज पुरी, सदस्य ः श्याम खतिवडा, सन्तोष भुजेल
रसुवा – संयोजक ः सचिव, राजन गाउँले, सदस्य ः रामहरि गजुरेल, काजि श्रेष्ठ
काभ्रे – संयोजक ः महासचिव, कृष्ण सारु मगर, सदस्य ः अन्जु डिम्दोङ, ज्ञानु श्रेष्ठ
सिन्धुपाल्चोक – संयोजक ः कोषाध्यक्ष, रमेश ढुङ्गेल, सदस्य ः सम्झना हुमागाई, श्याम खतिवडा, सन्तोष भुजेल
दोलखा – संयोजक ः अध्यक्ष, शिव देवकोटा, सदस्य ः रमेश ढुङ्गेल, पेमा लामा
रामेछाप – संयोजक ः अध्यक्ष, शिव देवकोटा, सदस्य ः राजन गाउँले, निराशी थामी
सिन्धुली – संयोजक ः अध्यक्ष, शिव देवकोटा, सदस्य ः रुपेश दुलाल, कृष्ण सारु मगर, ज्ञानु श्रेष्ठ रहेको समिती गठन गरेको छ। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आगामी पदाधिकारी बैठक २०८० भदौ १ गते, पत्रकार सम्बद्ध बागमती प्रदेश स्तरीय संघ÷संगठनका नेतृत्वसँगको बैठक २०८० भदौ २ गते हेटौंडामा र २०८० भदौ ९ गते कार्यसमितिको पूर्ण बैठक धादिङ जिल्लामा गर्ने निर्णय भएको छ ।