सम्पर्क

फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

नावालिकालाई जबरजस्ती करणी पश्चात कर्तव्य गरी मारेको अभियोगमा अदालतले जेल सजाय तोकी फरार रहेका प्रतिवादीलाई प्रहरीले २० वर्ष पछी पक्राउ गरेको छ ।
साविक मकवानपुर जिल्ला हाल हेटौंडा –११ सिमलटार बस्ने चन्द्र बहादुर राईको छोरा तत्कालिन वर्ष ४५ को सोम बहादुर राईलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरसंगको समन्वयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले ललितपुर जिल्ला गोदावरी नगरपालिका –१४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिवादी राईले २०६० साल असोज १८ गते हेटौंडा– ११ सिमलटार बस्ने प्रेम बहादुर थापा क्षेत्रीको वर्ष ५ कि नाबालिका छोरीलाई जबरजस्ती करणी पश्चात कर्तव्य गरी मारी साविक हेटौंडा १० राप्ती खोलाको पानीमा ढुंगाले च्यापिएको अवस्थामा लास फेला परेको थियो । निज प्रतिबादीलाई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।