सिन्धु पाल्चोक जिल्ला सुनकोशी गाउँपालिका अन्र्तगतका कच्ची र पक्की सडकहरुमा केही यातायातका साधनहरुले कचची सडकका कारण भाडा बढी लिएको भन्ने गुनासो आए पछी सम्बन्धीत ब्यवसायीहरु सँग छलफल गरेको छ । छलफलका क्रममा लामो समयदेखि यातायातका साधानहरु सञ्चालन गरिरहेको पुर्व अरनिको यातायात प्रालि सँग छलफल पछी भाडामा एक रुपता ल्याउँने सहमती भएको छ ।
पछिल्लो केही दिन यता अरनिको यातायातका साधनहरुले बढी भाडा असुल गरेको जनगुनासो व्यापक आएपछि सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना र पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री बिच छलफल गरी नियम अनुसार भाडा लिने सहमती भएको छ । सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले भाडाको विषयमा जनगुनासो आएपछि पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष सहितलाई गाउँपालिका कार्यालयमा नै बोलाएर भाडा लाई एकरुपता गर्न आग्रह गर्नुभएको थियो । पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष क्षेत्रीले आफ्नो सस्थाले सरकारले तोके भन्दा बढी भाडा लिन कसैलाइ पनी छुट नदिएको बताउँदै यदी त्यसो भएको भए तत्कालै वागमती प्रदेश सरकारले निर्धारण गरे अनुसारको भाडा लिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी अध्यक्ष क्षेत्रीले ेसाँघु–बाल्का–कापिङ हुदै पेड्कुसम्म छिटै नै यातायात सञ्चालन गर्ने प्रतिवद्धतासमे गर्नुभयो ।
