सम्पर्क

तिव्बत नाका दशैं अघि मानव आवत जावतको लागि पनि खुल्ला

नेपाल–तीब्बतबिच प्रमुख व्यापारिक तातोपानी नाकाबाट दशैं अघि नै मानव आवत जावत खुल्ला गर्ने सहमती भएको छ । आठ वर्षयता आयात–निर्यात मात्रै हुँदै आएको तातोपानी नाकाबाट मानवलाई समेत आवतजावत गर्न दिने गरी दुई देशबीच सहमति भएको हो ।
चीनको तिब्बतमा यही साउन ९ र १० गते सम्पन्न बैठकमा सेप्टेम्बर महिनाभित्र नाकाबाट मानवका लागि समेत खुला गर्ने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
२०७२ को भूकम्पपछि तातोपानी नाका करिब चार वर्ष पूर्ण रूपमा बन्द भएको थियो । १६ जेठ २०७६ मा नाका पुनः सञ्चालनमा आयो । तर, मानिसका लागि भने खुला गरिएन । चीनले निर्यातसमेत खोलेको थिएन । कोभिड सुरु भएपछि उक्त नाका एकतर्फी मात्रै सञ्चालन हुँदै आएको थियो ।
गत १८ वैशाख २०८० देखि तातोपानी नाकाबाट आयात–निर्यात हुने गरी दुईतर्फी सञ्चालनमा छ । तर, मानिस आवतजावत भने अझैसम्म खुला गरिएको थिएन । नेपालले मानिसका लागि समेत नाका खुला गरिनुपर्ने माग गर्दै आएको थियो ।