सम्पर्क

जिबनशैली

सहकारी पिडितलाई रकम ‘सरकारले नै उपलब्ध गराउने’

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाण्डौँ, १९ साउन । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता चौधरीले सहकारी सम्बन्धि समस्या समाधान गर्नका लागि लामो समयदेखि निष्कृय रहेको कार्यबिधि तथा ऐन कार्वान्वयनमा लैजाने बताउँनु भएको छ । ‘बचत सुरक्षण कोष भनेको यदी कुनै बचतकर्ताको रकम सहकारीमा डुबेको छ उसले सहकारी मार्फत फिर्ता पाउन सकेनन् भने यस कोष मार्फत सरकारले उपलब्ध गराउनेछ र सहकारीबाट सरकारले लिनेछ’, मन्त्री चौधरीले भन्नु भयो । मन्त्रालयले अर्थको सहमति लिएर उक्त कार्यबिधिहरु कार्वान्वयनका लागि मन्त्रिपरिषदको निर्णय गराउन लैजाने चरणमा छ । आगामी दुई महिना भित्रै आवश्यक सम्पूर्ण आन्तरिक तयारी पूरा गरेर सहकारी पिडितहरुलाई सरकारले नै पाउनु पर्ने रकम उपलब्ध गराउने मन्त्री चौधरी ले बताउँनु भयो ।सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यबस्था भएपनि निष्कृय बन्दै आएको बिभिन्न ऐन तथा कार्यबिधिहरु तत्काल कार्वान्वयनमा लैजान मन्...

भदौ २२ र २३ गते नुवाकोट मिडिया सम्मेलन हुने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनमा बागमती प्रदेशभित्रका सञ्चारमाध्यमको हित र प्रवर्धन, सञ्चारकर्मीहरुको बर्तमान अवस्था, समस्या र चुनौती, सञ्चार सम्बद्ध ऐन, नियम र त्यसको प्रभाव लगायतका बारेमा बृहत्त छलफल गर्नेगरी मिति २०८० भदौ २२ र २३ गते नुवाकोट जिल्लामा मिडिया सम्मेलन गर्ने निर्णय गरेको छ ।नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको महासंघको कार्यालयमा अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका महा सचिब कृष्ण सारु मगरले जानकारी दिनु भउको छ । बैठकले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनमा बागमती प्रदेशभित्रका सञ्चारमाध्यमको हित र प्रवर्धन, सञ्चारकर्मीहरुको बर्तमान अवस्था, समस्या र चुनौती, सञ्चार सम्बद्ध ऐन, नियम र त्यसको प्रभाव लगायतका बारेमा बृहत्त छलफल गर्नेगरी मिति २०८० भदौ २२ र २३ गते नुवाकोट जिल्लामा मिडिया सम्मेलन गर्ने निर्ण...

सुशासन कायम गराएकै कारण दोस्रो पटक निर्वाचित गराए ः चिरीबाबु महर्जन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताउनुभयो । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महर्जनले सो कुरा बताउँनु भएको हो । कार्यक्रममा महर्जनले ‘०७४ सालको निर्वाचनमा म झिनो मतले निर्वाचित भएको थिएँ । तर, २०७९ वैशाखमा सम्पन्न भएको निर्वाचनमा मलाई १८ हजार बढी मतले विजयी गराएका कारण मैले पाएको मत भनेको मैले महानगरपालिकामा सुशासन कायम गराएको र कसैलाई काखा र कसैलाई पाखा नगरि काम गरेकै कारण पाएको हुँ ।’ आफूँ निर्वाचित भएपछि आफूँ भेदभावरहित ढँगले काम गर्दा आफ्नै पार्टीबाट आलोचित बन्नुपरेको स्मरण गर्दै मेयर महर्जनले नेपाली कांग्रेस, एमाले र माओवादी लगायत आम महानगरबासीहरुको काममा भेदभाव र पूर्वाग्रह न...

सुनकोशीले यातायातको भाडा समायोजन गर्न माग

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
  सिन्धु पाल्चोक जिल्ला सुनकोशी गाउँपालिका अन्र्तगतका कच्ची र पक्की सडकहरुमा केही यातायातका साधनहरुले कचची सडकका कारण भाडा बढी लिएको भन्ने गुनासो आए पछी सम्बन्धीत ब्यवसायीहरु सँग छलफल गरेको छ । छलफलका क्रममा लामो समयदेखि यातायातका साधानहरु सञ्चालन गरिरहेको पुर्व अरनिको यातायात प्रालि सँग छलफल पछी भाडामा एक रुपता ल्याउँने सहमती भएको छ । पछिल्लो केही दिन यता अरनिको यातायातका साधनहरुले बढी भाडा असुल गरेको जनगुनासो व्यापक आएपछि सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना र पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री बिच छलफल गरी नियम अनुसार भाडा लिने सहमती भएको छ । सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले भाडाको विषयमा जनगुनासो आएपछि पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष सहितलाई गाउँपालिका कार्यालयमा नै बोलाएर भाडा लाई एकरुपता गर्न आग्रह गर्नुभएको थ...

९५ बर्षीय न्यौपानेद्धारा प्रतिक्षालय उद्धघाटन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं ६ कोठे पाखरदोभान सडक खण्डमा पर्ने बागखोरमा प्रतिक्षालय निर्माण भएको छ । शनिबार पाखरदोभान एकता समाजको समन्वयमा समाजका उपाध्यक्ष राजकुमार श्रेष्ठको संयोजत्वमा निर्माण गरिएको प्रतिक्षालयको ९५ बर्षीय रेणु कुमारी न्यौपानेले उद्धघाट गर्नुभएको छ । यस्ता प्रतिक्षालय लगायत कुनै पनी संरचनामा प्राय नेता तथा बिभिन्न संस्थाको प्रमुखहरुद्धारा उद्धघाटन गरिने गरिएकोमा पाखरदोभान एकता समाजले आफ्नै गाउँकी जेष्ठ नागरिकलाई प्रतिक्षालयको उद्धघान गर्न लगाएको पाखरदोभान एकता समाजको समन्वयमा समाजका उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रतिक्षालय परिसरमा बिभिन्न किसिमका २ सय ५० विरुवा बृक्षारोपण समेत गरिएको थियो । १ लाख ४५ हजारमा निर्माण भएको प्रतिक्षालयको उद्धघाटन गर्न गाँउकै वृद्धआमालाई लगाउँन पाएकोमा खुशी व्यक्त गर्दै पाखरदोभान एकता समाजका अध्यक्ष भुपेन्द्र भण्डारीले ...

मेलम्ची फट्टेमा पक्की पुलका लागी प्राबिधिक अध्ययन सूरु

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ११ स्थित फट्टेमा पक्की पुल बनाउने निर्णय भएसंगै शनीबार देखी बिस्तृत प्राबिधिक अध्ययन सूरु भएको छ । मेलमची नगरपालिकाकोे बैठकले तत्काल नागरिकको माग सम्बोधन गर्ने गरी फट्टेमा पक्की पुल निर्माण गर्ने निणर्य गरेपछि शनिबारबाट अध्ययन सूरु भएको हो। बिस्तृत प्राबिधिक अध्ययनका लागि पुल्चोक इन्जीनियरिङ्ग क्याम्पसका सह –प्राध्यापक भरत मण्डलको टोली मेलम्ची आएर अध्यया शुरु गरेको हो । अध्ययन शुरु गर्ने क्रममा मण्डलले टोलीले वृस्तित अध्यन गरेर परियोजना प्रस्ताब तयार गर्ने बताउनु भयो । स्थानीय नागरिकले मतदान गरेर संघ र प्रदेसमा माननीय पठाएको भएता पनी उँहाहरुबाट नागरिकको मागलाइ सम्बोधन नभए पछी मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङले नगर बाट निर्णय गराएर पुल बनाउँन लागेको हो । संघ र प्रदेश सरकारले वेवास्ता गरेका कारण नगरपालिकाले आफ्नो श्रोतबाट पक्कि पुल नि...

माननीय समिर तामाङ द्धारा सुजाताको भर्ना

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य माननीय कृष्ण कुमार तामाङ (समीर) ले मेलम्ची –११ निवासी सुजता दुलाललाई शान इन्टरनेश्नल कलेज हाडिगाउ,चाबहिलमा भर्ना गरि +२ अध्ययनको ब्यबस्थापन गरिदिनुभएको छ ।,नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदिय दलका सचिव समेत रहनु भएका तमाङले आर्थिक अवस्थाका कारण आत्महत्या गर्नुभएका स्व .गुरु प्रसाद दुलालकी कान्छि छोरी सुजता दुलाललाई एसईई परीक्षा उतिर्ण भएपछि कक्षा १२ अध्ययनको लागि सम्पूर्ण ब्यबस्थापन आफुले गर्ने भन्दै भर्ना गरिदिनु भएको हो । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेता मधुसूदन सिग्देल, नेपाली काङ्ग्रेस मेलम्ची –११ का सभापति कुमार दुलाल, त्यसैगरि शान कलेजका प्रशासन प्रमुख र कलेज परिवारको उपस्तिथिमा कलेज प्राङ्गणमै पुगि सांसद तामाङले सुजता दुलालको लागि २ बर्ष सम्म अध्ययन गर्न लाग्ने कलेजको सम्पुर्ण...

रेडक्रस सोसाइटीमा सुदर्शन नेपाल

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेपाल रेडक्रस सोसाइटीकेन्द्रीय अध्यक्षमा सुदर्शन नेपाल निर्वाचित हुनु भएको छ । सोसाइटीको यही श्रावण ०१ र ०२ गते काठमाडौंमा सम्पन्न केन्द्रीय सभाको बिशेष महाधिबेशनबाट आगामी कार्यकालको लागी अध्यक्षमा प्रा.सुर्दशन नेपाल, महिला उपाध्यक्षमा राधा नेपाली,. खुल्ला उपाध्यक्षमासुरेन्द्र ऐर, महामन्त्रीमा भुपतिलाल श्रेष्ठ,कोषाध्यक्षमा बिर बहादुर बस्नेत,उपमहामन्त्रीमा मनोज कुमारथापा, उपकोषाध्यक्ष मा डोलराज पाण्डे,सदस्यहरमा बाग्मती प्रदेशबाट राजेन्द्रमान ताल्चाभडेल,कोशी प्रदेशबाट कृष्ण प्रसाद न्यौपाने,लुम्बीनी प्रदेशबाटः अनुपकुमार श्रेष्ठ,सुदुरपश्चिम प्रदेशबाटः लक्षीराम कुँवर,कर्णाली प्रदेशबाटः रामलाल आचार्यनिर्वाचित हुनुभएको छ यसै गरी खुल्ला सदस्यतर्फःबिष्णुराज नेपाल,उत्तम जोशी, हरि प्रसाद पौडेल, बिनोद बस्नेत,यौवन प्रकाश श्रेष्ठ, गुमानराज पुलामी,प्रा.डा. श्री कृष्णप्रसाद गौतम,सपुतबहादुर कार्की, बिरेन्द...

काठमाडौंँ उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको हो । गाडी पूर्णरुपमा नरोकिँदै र बस बिसौनीमा नगइ जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएकाले सचेत गराउन उक्त कार्यक्रम सुरु गरिएको पोरखेलले बताउनुभयो । सुरक्षित सडक यात्राका लागि चालक र सहचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरिएको उहाँले बताउनुभयो । मादक तथा र लागुपदार्थ से...

बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयसम्म अघि बढ्न नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्नेबूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयसम्म अघि बढ्न नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्नेमा अब कुनै द्विविधा बाँकी नरहेको बताउनुभएको छ । उहाँले उक्त आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको ‘फिल्ड अफिस’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले यसको निर्माण कार्यलाई उच्च प्राथमिकता दिन सम्बद्ध सबैलाई निर्देशनसमेत दिनुभयो । प्रधानमन्त्री दाहालले आज गोरखाको सिउरेनीटारमा उक्त आयोजनाको फिल्ड अफिस उद्घाटन गर्नुभएको हो । “बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढ्छ, हरहालतमा अगाडि बढाइन्छ ...