सम्पर्क

जिबनशैली

सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको विशेष अभियान “एक पालिका दुई खेलाडी प्रशिक्षण”

#, खेलकुद, जिबनशैली, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको विशेष अभियान "एक पालिका दुई खेलाडी प्रशिक्षण" अन्तर्गत पाँच पोखरी थाङपाल गाउँपालिका का दुई खेलाडीलाई भारतको उत्कृष्ठ एकेडेमीमा प्रशिक्षणमा पठाएको केही समयमा नै आज फेरि सिन्धुपाल्चोक क्रिकेट संघको समन्वयमा इन्द्रावती गाउँ पालिकाको एक खेलाडीलाई भारतमै प्रशिक्षणका लागि विदाई गरेको छ। गाउँ पालिका सँग दुई खेलाडीका लागि सम्झौता भएपनि एक खेलाडीको व्यक्तिगत कारणले दसैँ लगत्तै विदाई गर्ने गरी इन्द्रावतीका एकनाथ नेपाल लाई आज विदाई गरिएको जिल्ला क्रिकेट संघ का अध्यक्ष विजय धितालले बताउनु भयो। विदाई कार्यक्रममा आफ्नो संदेश पठाउँदै पालिका अध्यक्ष झम्कनाथ नेपालले गाउँ पालिकाको खेलकुद विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तयार रहेको बताउँदै यो सहकार्यको सुरुवात मात्र भएको बताउनु भयो। यसैगरी इन्द्रावती गाउँपालिका का प्रवक्ता शशिनाथ आचार्यले पालिकामा लुकेर रहेका प्रतिभा...

गुणस्तरिय शिक्षा विना समृद्ध समाजको परिकल्पना साकार हँुदैन ः सापकोटा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  गुणस्तरिय शिक्षा विना समृद्ध समाजको परिकल्पना साकार नहुने भएकाले गुण स्तरिय शिक्षामा सबैको ध्यान जान जरुरी रहेको नगर प्रमुख प्रमुख कृष्णप्रसाद सापकोटाले बताउँनु भएको छ । जिल्ला सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको २३ औं वार्षिकोत्सवसमारोहको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख सापकोटाले यस्तो बताउँनु भएको हो । सो अवसरमा नगर प्रमुख सापकोटाले सिंगो नगरपालिाकाको शैक्षिक गुणस्तरियताका लागि नगरपलिका कटिवद्ध रहेको बताउनु हुँदै गुणस्तरिय शिक्षाका लागि नगरपालिकाले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले चौतारा क्याम्पसलाई दिंदै आएको सहयोगमा बढाइने पनि प्रतिवद्धता जाहेर गर्नुभयो ।पूर्व माननीय कृष्णराज श्रेष्ठ, निर्वतमान नगर प्रमुख अमानसिं तामाङ, ५ नम्बर वडा अध्यक्ष शिव श्रेष्ठ, १३ नम्बर वडा अध्यक्ष तथा सामाजिक बिकास शाखाका संयोजक रामप्रसाद गौतम, नेपाल पत...

चक्लाबन्दी खेतीमा किसान आकर्षितहुँदै

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
व्यावसायिक कृषि उत्पादनका लागि किसान चक्लाबन्दी खेतीतर्फ आकर्षित भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० स्थानमा पाँच हजार चार सय ७७ रोपनी जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गत आवमा मात्र तनहुँ र नवलपुरमा गरी पाँच सय ३२ रोपनी जग्गालाई चक्लाबन्दी गरिएको मन्त्रालयको भूमि स्रोत नक्साङ्क महाशाखाका प्रमुख गङ्गालाल पोखरेलले बताउनुभयो । “लागत अनुमानका आधारमा चक्लाबन्दीका लागि ९० प्रतिशतसम्म अनुदान मन्त्रालयले दिन्छ, १० प्रतिशत लगानी किसान आफैले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “चक्लाबन्दी खेतीका लागि ५० रोपनीभन्दा बढी जग्गा हुनुपर्छ ।” कम लागतमा कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि मन्त्रालयले चक्लाबन्दी कार्यक्रम सुरु गरेको हो । छरिएर रहेको खेतीयोग्य जग्गा एकीकृत गरी व्यावसायिक कृषि खेतीमा किसानलाई आकर्षण गर्न चक्लाबन्दीमा अनुदान दिने गरिएको म...

३ महिने अभियान लिएर जनतामा जोडिदै माओबादी केन्द्र अन्तिम परिक्षामा छौँ – सापकोटा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्मल बस्नेत–सिन्धुपाल्चोक जनयुद्धमा सदैव जनताकै घरआगनबाट आफ्नो गतिविधि गर्दै आएको नेकपा (माओवादी केन्द्र) यतिखेर जनतामा नै जोडिएर सम्वन्ध विस्तार गर्ने अभियानमा जुटेको छ । जनतासंग माओबादी बिशेष रुपाञ्तरण भभियानमा जनजनमा माओबादी र घरघरमा माओबादी भन्ने नारा तय अघि बढेको छ ।        अभियानको तयारी स्वरुप जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठक चौतारामा सम्पन्न भएको छ । बैठकमा बोल्दै पार्टी केन्द्रिय उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले अहिले माओवादी केन्द्र अन्तिम परिक्षामा जुटिरहेको बताउँनु भयो । सापकोटाले माओबादी बिग्रदै जानुमा जनाताबाट कटेर सुखसयल र बिलासी जीवनमा रमाउदै जनताको सुखदुःखमा एकाग्रह हुन नसक्नुनै मूख्य कारण भएको तर्क बताउँनु हँुदै पार्टी कमजोर भयो भने देश कमजोर हुन्छ , पार्टी नेतृत्वकै नेतृत्वमा सरकार रहेको र पार्टीले नै उठाएको एजेण्डामा देश अघि बढिरहेको...

मेलम्ची बगुवा कालोपत्रको शिल्यान्यास छिटो र गुण स्तरियकाम गर्न तमामाङको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  सिन्धु पाल्चोक जिल्लाको मेलम्ची देखी नबलपुर हँुदै चौतारा जाने सडक अन्तर्गत मेलम्ची बगुवा खण्डको कालोपत्रे गर्ने कार्य शुरु भएको छ । सडकको सोमबार मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङले शिलान्यास गर्नु भए पछी उक्त सडक कालोपत्र हुने भएको हो ।बागमती प्रदेश सरकारबाट विनियोजित बजेटको ठेक्का मार्फत निर्माण हुन लागेको सडक कालोपत्रे शिलान्यास कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. १० का वडाअध्यक्ष अमृत खनाललगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।   मेलम्ची –बगुवा खण्डको ५ किमी लामो उक्त सडक २०८२ जेठ २८ मा निर्माण सम्पन्न गर्नेगरी ॐ वुद्ध नयाँ युग जेभीले निर्माणको जिम्मा पाएको छ । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट कार्यान्वयन गर्ने सो सडक कालोपत्रेका लागि रु १७ करोड ६६ लाख ६९ हजार ३ सय ६४ रुपैयामा टेन्डर परेको निर्माण व्यवसायी दामोदर कार्कीले जानकारी दिनुभयो । नाग पञ्चमिको अवसर...

अनेमसंघ (क्रान्तिकारी)को जिल्ला भेला असोज १२ गते

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोकले आगामी असोज १२ गते शुक्रबार जिल्ला भेला गर्ने भएको छ । आईतबार चौतारामा सम्पन्न जिल्ला सचिवालयस्तरको बैठकले उक्त निर्णय गरेको हो । संघको जिल्ला सचिव तारा रानाको अनुसार भेला चौतारा साँगाचोकगढी नगरपालिका सुकुटेमा हुने भएको छ । बैठक बागमती प्रदेश सभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य साथै संघको केन्द्रिय सचिवालय सदस्य अमृता नेपाल (प्रभा)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जिल्ला अध्यक्ष अम्बिका नेपाल(भूमिका)को अध्यक्षतामा बसेको बैठकलाइ सम्बोधन गर्र्देै प्रमुख अतिथी नेपालले महिलाहरुले जनयुद्धमा जस्तै भूमिका निर्वाह गरि प्राप्त अधिकार र उपलब्धीको रक्षाको निमित्त लागि पर्न आह्वान गर्नु भयो । “हामी निती निर्माणको स्थानमा छौँ तपाईहरु त्यसको कार्यन्वयन गर्ने स्थानमा हुनुहुन्छ” त्यसैले जस अवजस तपाईहरुकै हातमा छ भन्दै नेपालले जस्...

‘सुशासनका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन अनिवार्य’

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ३ भदौ : सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्र सुशासनको प्रत्याभूति गर्न सकिने सरोकारवालाले बताउनुभएको छ । आज १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा उपस्थिति आयोगका पदाधिकारी, सूचनाको हकका अभियन्ता र सञ्चारकर्मीले सूचनाको हक कार्यान्वयनबाटै सरकारलाई पारदर्शी एवं जवाफदेही बनाउन सकिने धारणा राख्नुभयो । उहाँहरुले सूचना आयोगलाई अझ सशक्त र बलियो बनाउन सरकारको ध्यानआर्कषण समेत गराउनुभयो । आयोगका प्रमुुख सूचना आयुक्त महेन्द्रमान गुरङ्ले लोकतन्त्रमा सूचनाको हकलाई संस्कारका रुपमा विकास गर्नुपमा जोड दिनुभयो । उहाँले सूचनाको हकका लागि सार्वजनिक निकाय भनेको सरकार र सरकारी संरचना मात्र हो भनेर सीमित रुपमा बुझन नहुने बताउनुभयो । सार्वजनिक संस्थाले जनताले माग्नै नपर्ने गरी स्वतः सूचना उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारी संरच...

महिलाहरुलाइ २ दिने क्षमता विकास कार्यक्रम स्याउलेमा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नंं १ मा २ दिने क्षमता बिकास कार्यक्रम भएको छ । आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजना र टेवा संस्थाको आर्थिक प्राविधिक सहयोगमा चौतारासाँगाचोकगढी नगरपालिका वडा नंं १ मा रहेको महिला समुहहरुको सदस्यहरुलाइ २ दिने क्षमता विकास सम्वन्धी कार्यक्रम गरिएको हो । कार्यक्रम वडा अध्यक्ष युवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा आफ््नो मन्तब्य राख्नुहँुदै वडाअध्यक्ष श्रेष्ठले महिलाहरुले अबशर पाएको खण्डमा राम्रा काम गर्ने बताउँदै महिलाहरुले चाहे भने पुरुषहरुको भन्दा रामे र पारदर्शीता काम गर्न सक्ने उदाहरण हामीले देखी सकेका छौ भन्नु भयो । उँहाले महिलाहरुमा नेतृत्व तथा क्षमता बिकासको आबश्यक परेको हुँदा यो आबश्यकता का लागी आदीबासी जनजाती महीला उत्थान केन्द्र लागी परेकोमा बिशेष धन्यबाद दिनु भयो । बिशेष अतिथि न्यायिक समितिको सदस्य ...

आँखाको सुरक्षामा चुनौती बन्दै,बढ्रदै मोतीबिन्दुको समस्या

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
पछिल्लो समय आँखामा दृष्टिदोष र मोतीबिन्दुको समस्या बढ्दै गएको पाइएको छ । अन्धोपन निवारणमा नेपालले फड्को मारे पनि दृष्टिदोष, मोतीबिन्दु, जलबिन्दु, अल्छी आँखा, नवजात शिशुमा आँखा पाक्ने रोगलगायत आँखामा लाग्ने चोट पटकबाट आँखाको सुरक्षामा चुनौती बन्दै गएको छ । सिन्धुपाल्चोक जिल्लाको सामुदायिक आँखा केन्द्रका आँखा स्वास्थ्य सम्वन्धी नियमित गतिविधि गर्दै आइरहेको केन्द्रको परियोजनाले जिल्लामा ६ हजार ५ सय जनामा मोतिविन्दुको समस्या रहको तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जनाएको हो । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा बुधबार सामुदायिक आँखा केन्द्रको बैठकमा यस्तो जानकारी दिइएको हो । कार्यक्रमा तिलगंगा आँखा केन्द्रका नविन राजवंशीले आँखा सम्वन्धी स्वास्थ्य समास्या जिल्लामा बढ्दो अवस्थामा रहेको तथ्याङ्क प्रस्तुत गर्दै तत्काल अप्रेशन गर्नु पर्ने जानकारी दिनुभयो । पछिल्लो समय मधुमेह र रक्तचापका कारण अन्धोपनको स...

विकास र सुशासन पहिलो प्राथमिकता ः नगर प्रमुख तामाङ

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार
  ज्यामिरेको सुनखानीमा सामान्य किसान परिवारमा जन्मनु भएका आइतमान तामाङ मेलम्ची नगरपालिकाको नगर प्रमुख हुनुहुन्छ । २०४८ सालबाट राजनीतिमा लाग्नुभएका तामाङले नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरिरहनु भएको छ । विगत लामो समयदेखि राजनीतिक र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील लामाले कराँतेको अन्र्तराष्ट्रिय खेलाडीको रुपमा समेत आफ्नो पहिचान बनाउनुभएको छ । समृद्ध मेलम्ची नगरपालिकाको परिकल्पनालाई सार्थक पार्ने उद्देश्यका साथ विकास र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुभएका तामाङ आफ्नो कार्यकालमा नगरवाशीको आधारभूत आबश्यकता पूरा गर्ने अठोटका साथ लागिपर्नु भएको छ । २०७९ सालको स्थानीय निर्वाचनमा नगर प्रमुख भएपछि गरेका काम र आगामी दिनमा समग्र नगरको विकास निर्माण र आगामी योजनाका सन्दर्भमा मेलम्ची नगर प्रमुख तामाङसँग लोकप्रिय समाचार राष्ट्र...