सम्पर्क

चौताराको बसपार्कमा सहायता कक्ष र प्रतिक्षालय

 

 

सिन्धुपाल्चोक जिल्लाको जिल्ला सदरमुकाम चौताराको बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा आएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले निर्माण गरेको प्रतिक्षालय र नागरिकता सहायता कक्षको बुधबार एक समारोहका बिच नगर उपप्रमुख सीता थापाले उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख सीता थापालेचौतारा साँगाचोकगढी नगर पालिकाको पहीचान बोकेको बसपार्कमा यो प्रतिक्षालय तथा नागरिकसाहता कक्षको अती आबश्यकता थियो त्यो आबश्यकता लाइ मध्यनजर राख्दै वडा नं ५का अध्उक्ष शिब श्रेष्ठको बिशेष पहलमा निर्माण भएकोमा आफुलाइ खुशी लागेको बताउँनु भयो । उँहाले विभिन्न क्षेत्रभित्र सहायता कक्षको आवश्यकता रहेकोले नगरपालिकाले यस्तो संरचना निर्माणमा सहयोग उपलव्ध गराउने प्रतिवद्धता प्रकट गर्नुभयो । उहाँले सहायता कक्षबाट सहज र सुलभ ढंगबाट स्थानीय र आगन्तुकहरुलाई सहायता प्रवाह हुनेमा विश्वास व्यक्त गर्नुभयो ।सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले भौतिक संरचना निर्माणमा स्थानीय सरकारले प्राथमिकता दिंदै आए पनि नागरिक सुरक्षाको सवाललाई कम चासो दिएको बताउँदै नागरिक सुरक्षा र सहायताका लागि सञ्चालनमा आएको सहायता कक्ष सकारात्म रहेको बताउँनुभयो । उँहाले यस्तो खालका संरचना निर्माण गर्नै मात्र होइन संरक्षण पनी गर्न पर्नै बताउँनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका कार्यलय प्रमुख प्रहरी उपरिक्षक बाल नरसिंह राणाले सहायता कक्षा पाइलट प्रोजेक्टको रुपमा अगाडी बढाइएको र प्रभावकारी भएको खण्डमा अरु ठाउँमा पनि आबश्यकता अनुसार स्थपना गर्दै जाने बताउँनु भयो । खाश गरी नागरिकलाइ परेको समस्या तत्काल समधान गर्न सकीयोस भनेर सुरक्षा कर्मीले हरेक कार्यक्रमहरु ल्याएको हुन्छ त्यस्ता कार्यक्रम मध्य साहता कक्ष पनी हो त्यसैले स्थानीय नागगरिकहरुको मागका आधारमा श्रोत र साधनले भ्याए सम्म निर्माण गर्न सकीने बताउँनु भयो । कार्यक्रमलाई सम्वोधन गर्दै वडा न १३ का वडा अध्यक्ष रामप्रसाद गौतमले नगरको बजेट सोच जस्तो असिमित नरहेको उल्लेख गर्दै सीमित बजेटको बाबजुद पनि नागरिक सुरक्षा र सहयोगका लागि नगरबाट पहल र प्रयत्न हुनेमा विश्वास व्यक्त गर्नुभयो ।वडा अध्यक्ष शिव श्रेष्ठको सभापतीत्वमा भएको कार्यक्रमा वडा सदस्य रामबहादुर घलेले स्वागत मनतब्य राख्नु प्रतिक्षालय र नागरिक सहायता कक्षामा एकातिर यात्रुहरुले प्रतिक्षालयको उपभोग गर्ने र अर्कातिर २४ घण्टा प्रहरीले आवश्यक शान्तिसुरक्षासँगै अन्य सहयोग सर्वसाधरणलाई प्रदान गर्ने भएका ले यस सेवा प्रभावकारी हुने बताउँनु भयो । नेपाल पत्रकार महासंघका अध्यक्ष जिबन श्रेष्ठले यो सहयता कक्षाका कारण यँहाका नागरिकहरु सँगै प्रहरी रहेको महशुस हुने बताउँनु भयो । कार्यक्रमको समापन गर्दै वडाअध्यक्ष शिब श्रेष्ठले चौतारा सँँगाचोकगढी नगरपालिका ५मा रहेको बसपार्क र बजार क्षेत्रमा हरेक प्रकारका मानीसहरुको आबत जावत हुने हुँदा यँहाको सुुरक्षाका लागी यो नागरिक सायताकक्ष र प्रतिक्षालयको आबश्यक देखीएको ले निर्माण गरिएको बताउनू भयो ।