सम्पर्क

कार्कीसमाजद्धारा जेष्ठनागरिकलाई सम्मान

सिन्धुली,भाद्र २७
सिन्धुली जिल्ला कमलामाइ नगरपालिकामा मुडुला कार्कीहरुले एक समारोहको आयोजना गरी जीवनको ७० बसन्त पार गरी परिवार र समाजमा अग्रजको भुमिका निर्वाहमा रहेका बृद्ध बृद्धाहरुलाईसम्मान गरेका छ ।क्षेत्री जातीमा पर्ने मुडुला कार्कीहरुको छाता साझा सस्था मुडुला कार्की कुलायन व्यवस्था समिति नेपाल कमलामाई नगर समितिको आयोजनामा भएको सो कार्यक्रममा ७० जना बृद्ध बृद्धा र एकल महिलाहरुलाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरी सम्मान गरिएको हो । कमलामाई नगर समितिका अध्यक्ष भुवबहादुर कार्कीको सभापत्विमा संचालित सो कार्यक्रमको प्रमुख अतिथि मुडुला कार्की कुलायन व्यवस्था समिति नेपाल केन्द्रीय समितिका सदस्य शंकर कार्की हुहुन्थ्यो कार्यक्रमको प्रमुख नतिथकिो आसनबाट बोल्दै उँहाले समाज र परिवारका अग्रजहरुको सम्मान र आदर गर्न सकियो पछिल्लो पिढीकालागि नैतिक जिम्मेवारी बोध हुने कुरामा जोड दिनु भएको थियो ।    
सस्थाका सदस्य नारायण कार्कीकोे संचालनमा भएको सो कार्यक्रममाा मडुला कार्की कुलायन व्यवस्था समिति नेपाल सिन्धुली जिल्ला अध्यक्ष केदारकुमार कार्की,सिन्धुली जिल्लाका पुर्व अध्यक्ष रणमर्दन कार्की,जिल्ला सदस्य ओमबहादुर कार्की,जनार्दन कार्कीले शुभकामना मन्तव्य प्रदान गर्नु भएको थियो । सो अवसरमा १ सय १ वर्षीया अग्रज बृद्धा शारदा कार्कीदेखि ७० वर्ष माथिका बृद्ध बृद्धा र एकल महिलाहरु समेत लाइ एक साथ सिन्धुलीमाडीमा भेला गरँई सम्मान गरिएको सस्थाका कमलामाई नगर अध्यक्ष भुव कार्कीले जानकारी दिनु भयो ।