बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा
बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले स्वास्थ्य शिबीर सहित ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा प्रधान कार्यालय रहि नगरस्तरिय कार्यक्षेत्र रहेको बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले आयुर्वेदीक चिकित्सालय जिल्ला कार्यालय सिन्धुपाल्चोक र सामुदायक स्वास्थ्य केन्द्र डडुवा र गैरटार स्वास्थ्य चौकीका संयुक्त टोलीले शिबीरमा स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी बितरण गरेका थिए ।
अपाङ्गता भएका ब्यक्तीहरुको ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिबशका अवसरमा आयोजित शिवीरको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले अशाय, अपाङ्ग, ६०बर्ष माथीका जेष्ठ नागरिक एकल महिला, सिमान्तकृतहरुका लागी नगरपालिकाले स्वास्थ्य बिमा गरिदिने ब्यवस्था गरेको बताउँनु भयो ।
नगर प्रमुख नगरप्रमुख सापकोटाले बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाले दिव...




