भाषण होईन विकासको योजना लिएर गाउँ आउँछौः बस्नेत
हामि भाषण गर्ने मात्र होईन काम गरेर देखाउने भएकाले वडावडामा जाँदा मतदाताको माग लाई सम्बोधन हुने खालका साना ठुला काम लिएर जाने क्षेत्र नं. २ बाट नवनिर्वाचित मोहन बहादुर बस्नेतले बताउँनु भएको छ ।
यस पटकको निर्वाचनले नेपाली कांग्रेस मात्र होईन सबै सबै राजनिति दलहरुलाई नागरिकको समस्याप्रति बढी चासो दिन निर्देशन गरेको बताउँनु भएको छ । उँहाले बिकासका हरेक काममा जनतासँग रहेर दुख पर्दा साथमा रहन सके मात्र राजनेता हुने मौका मिल्ने बताउँदै बस्नेतले सिन्धुपाल्चोकको बिकासका लागि सबै मिलेर अगाडि बढ्ने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका गठबन्धन नगरसमितिले आयोजना गरेको मतदाता धन्यबाद कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उँहाले यस्तो बताउँनु भएको हो ।
कार्यक्रममा प्रकोपमा परेका पिडितलाई आफुहरु सकेसम्म सम्बन्धित पिडितलाई भेटेर दुखमा साथ दिने र बिकासकम काममा लाग्ने बताउँनु भयो । कार्यक्रममा बा...
