सम्पर्क

राजनिती

स्ववियुको शपथसँगै वनभोज कार्यक्रम

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारी एवम् सदस्यहरुलाई सपथ ग्रहण गराईएको छ । सपथ ग्रहणपछि वनभोज कार्यक्रम समेत आयोजना गरिएको थियो । अमृत श्रेष्ठको सभापतित्वमा निर्वाचित १५ सदस्यीय स्ववियु पदाधिकारीलाई बुधबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि निर्वाचन अधिकृत तथा सहायक क्याम्पस प्रमुख जष्मिन लामाले प्रमाणपत्र वितरण गर्दै सपथ ग्रहण गराउनुभएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाको प्रमुख अतिथ्यता र क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष गम्भिरलाल श्रेष्ठको विशेष अतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व भने क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगालले गर्नुभएको थियो । क्याम्पसको स्ववियु सभापति अमृत श्रेष्ठ, उपसभापतिमा निर्मल श्रेष्ठ, सचीवमा सुशील तामाङ, सहसचिवमा सविना कार्की, कोषाध्यक्षमा प्रमिला विक यस्तै सदस्यहरु रश्म...

जुरे पहिरो पीडितको नाममा उठेको रकम नगदै वितरणको प्रबन्ध मिलाउन सांसद सापकोटाको माग

राजनिती, समाचार
सिन्धुपाल्चोक क्षेत्र नं. १ का संघिय सांसद माधव सापकोटा सुबोधले जुरे पहिरो पीडितको नाममा जनस्तरबाट उठेको रकम फुकुवा गरी पिडीतहरुलाई नगद नै वितरणको प्रबन्ध मिलाउन माग गर्नु भएको छ । २०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु भएको थियो । घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्म समेत १५३ घर पूर्णरूपमा क्षति भयो । सबथोक गुमाएर बाँचेकाहरुको पीडामा मलम लगाउन जनस्तरबाट गाँस काटेर उठेको २ करोड २४ लाख ६६ हजार रकम विधि बनाएर वितरण गर्न भनेर बैंकमा जम्मा गरिएको उक्त रकम बितरण गर्न माग गर्नु भएको हो । केन्द्रीय दैवी प्रकोप उद्धार समितिले कार्यविधि बनाएर खर्च गर्न भनेर २०७१ साउन २५ गते निर्णय गर्यो । कार्यविधिको ढिलाइले खर्च भएन । २०७२ बैशाख १२ को भूकम्पले थप पीडा दियो । २०७३ बैशाख २७ गते केन्द्रीय दैबी प्रकोप उद्धार समितिले अन्यायपूर्ण निर्णय गर्दै भूकम्प प्रभावित सरह म...

रास्वपाको चौतारा नगर सभापतिमा श्रेष्ठ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकामा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भेलाले सभापतिमा वडा नं ५ का रविन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिब र कोषध्यक्षमा क्रमश उत्तम ठकुरी, कृष्णबहादुर गिरी र शान्ती थिङ चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा राजकुमार थापा, हरिबहादुर थापा, आशिष गुरुङ,कृष्ण गिरी, देवि दुलाल र सीता गिरी चयन हुनुभयो । सदरमुकाम चौतारामा आयोजित रास्वपाको नगर भेलालाई सम्बोधन गदै केन्द्रीय सदस्य रास्वपाको रमेश प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी फ्रस्टेशनको बीचबाट फक्रेको पार्टी नभएको र रास्वपासँग देश परिवर्तन गर्ने अनेक नीति, सिद्धांत र भिजन भएकै कारण जनताको माझ छोटो समयमा नै स्थापित भएको दावी गर्नु भएको छ । कार्यक्रममा साँसद ढाकाकुमार श्रेष्ठ, केन्द्रीय संगठन विभाग सचिब शंकर श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष डा अच्युतम लामिछाने, बागमती प्रदेश प्रवक्ता प्रशान्त अर्य...

मन र विचार मिल्नेसँग गठबन्धन ः अध्यक्ष नेपाल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताउनुभएको छ । मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताउनुभयो । “आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन”, उहाँले भन्नुभयो । गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो– “देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो ।...

डडुवामा सडक स्तरोन्नति हुँदै

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोकजिल्ला अन्तर गत चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा कच्ची सडक मापदण्डअनुसार स्तरोन्नति गर्न थालिएको छ । सडक स्तरोन्नतिका लागि भौतिक पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमा पौष २८ सम्झौता भएको वडाध्यक्ष उद्धव नेपालले बताउनुभयो । उक्त योजनाका लागि डडुवा हर्रे सडक स्तरोन्नतिको नाममा २५ लाख बजेट विनियोजित भएको वडाध्यक्ष नेपालले बताउनुभयो । निर्धारित समय भित्र सम्झौताअनुसार काम सम्पन्न गर्ने लक्ष्यका साथ नै काम अघि बढिरहेको उहाँले बताउनुभयो । जोखिमपूर्ण यस सडकखण्डमा वर्षायाममा झन् जोखिम हुँदा बढी मर्कामा पर्दै आए पनि बिस्तारै सडकको स्तरोन्नति भएपछि केही सहज हुने देखिन्छ । उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र बस्नेतले समित निमार्णमा विवाद भएपनि अहिले सबै मिलेर काम गरिरहेको बताउनु भयो । समितिका सदस्य गणेश तामाङले सडक मापदण्ड अनुसार वाल लगाउने र दायाँ बायाँ कटिङ्ग गरेर सडक फराकिल...

रायायनिक मलमा भएको मुल्य बुद्धीको बिरोध

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
रासायनिक मलमा किसानलाई सरकारले दिदै आएको अनुदान रकम कटौती गरी प्रतिकिलो यूरियामा ११ रुपैयाँ, डिएपीमा ७ रुपैया र पोटासमा ९ रुपैया वृद्धि गर्ने निर्णय गरेकोमाराष्टीय कृषक महासंघले बरिोध गरेको छ । महासंघको अध्यक्ष नवराव बस्नेतले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिज्ञेप्ती समेत प्काशन गरेको छ। उत्पादनको समर्थन मुल्य प्राप्तिमा बंचितीकरण, मुल्य श्रृखलाका हरेक चरणका समस्याका बाबजुद नेपाली कृषि संस्कृतिलाई धान्दै आएका किसानलाई उत्पादनमा प्रोत्साहित गरिनुुको साटो सरकारबाट हुने यस्ता गतिविधिले उत्पादन लागत बढेर जाँदा किसानहरुमा पेशागत नैराश्यता आइ पेशा पलायनता बढदै जाने तिब्र सम्भावना रहेकाले किसानको उत्पादन लागत बढाउने गरि मल अनुदानमा दिईदै आएको अनुदान कटौतिले किसानलाई आर्थिक बोझ हुने पक्का छ । यसर्थ यस निर्णय अविलम्ब फिर्ता गर्न राष्ट्रिय कृषक समूह महासंघ नेपाल सरकारसंग जोडदार माग गर्दछौ बिज...

चौतारा बहुमुखी क्याम्पसको सभापतिमा श्रेष्ठ निर्विरोध

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पस सिन्धुपाल्चोकको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका अमृत श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । सम्पुर्ण विद्यार्थि संगठनको सहमतिका आधारमा शनिबार श्रेष्ठ सर्वसहमत चयन भएका छन् । त्यसैगरी, उपसभापतिमा नेवि संघका निर्मल श्रेष्ठ, सचीवमा सुशील तामाङ, सहसचिवमा सविना कार्की, कोषाध्यक्षमा प्रमिला विक चयन भएका छन् । यस्तै सदस्यहरु – रश्मिला खत्री , सुदिप श्रेष्ठ , छिरिङ लामा ,रोशन भुजेल ,अस्मिता आचार्य ,राजन अधिकारी ,मनिता न्यौपाने ,सुमीक्षा तामाङ कोपिला श्रेष्ठ ,प्रजिना बस्नेत चयन भएका छन् ।...

दोलखा काँग्रेसको एकसुत्रिय माग

राजनिती, समाचार
नेपाली काँग्रेस दोलखाले एक सुत्रिय माग गरेको छ । सोमबार पार्टीको निर्णय अनुसार एक विज्ञप्ती जारी निकाल्दै मनोमालिन्य ढंगले देशभर विबाद सृजना गरेर संगठन ध्वस्त बनाउने अन्तरध्वंसी प्रबृत्तिको ने.वि.संघको केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गरेर वा राजिनामा दिलाएर पदमुक्त गर्न एकसुत्रिय माग राखेर नेपाली काँग्रेस केन्द्रीय कार्लयमा पत्र दर्ता गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिले सर्वसम्मत रुपमा अध्यक्षका लागी नाम सिफारिस गर्न माग गरिए वमोजिम नेपाली काँग्रेस दोलखाको २०७९ माघ १० को निर्णय अनुसार सौगात थापालाई नेपाल विद्यार्थी संघ दोलखाको अध्यक्ष पदमा मनोनयन गर्न सर्वसम्मतले निर्णय गरी सिफारिस पठाईएको थियो । हाल सामाजिक संजालबाट प्राप्त जानकारी अनुसार नेपाल विद्यार्थी संघ दोलखाको अध्यक्ष पदमा नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाको मनोमालिन्यबाट नेपाल विद्यार्थी स...

विकास निमार्ण आफ्नो पहिलो प्राथमिकताः बस्नेत

ब्रेकिङ न्युज २, राजनिती, समाचार
पाँचपोखरी थाङपाल गाँउपालिका –२,बरुवामा नवनिर्मित सिम्पानी ज्याङ्च्यु छ्योर्तेन राप्ने, समुदघाटन , धर्म गुरु गर्वाङ रेन्पोछे द्वारा वाङ (आयु अभिषेक ) तथा बृहत सास्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । संघिय सांसद ,नेपाली काग्रें्रेसका केन्द्रिय सदस्य , पुर्व सुचना तथा सन्चार मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्य ,बागमति प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समिर) विशेष बागमती प्रदेशको निवर्तमान स्वास्थ्य मन्त्री निमा लामाुको विशेष आतिथ्यमा तथा वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङ्बाकोे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बस्नेतले यस क्षेत्रको विकास निमार्ण आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले मेलम्ची, इन्दवती बाढीले बगाएका पुल निमार्णको जिम्मा आफुले लिएर चाँडै निमार्ण गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले जन अपेक्षा अनुसार चुना...

हाम्रो देश कृषि प्रधान देश हो, अब कृषिलाई अगाडि लैजानु पर्छ ः बस्नेत

अन्तर्वाता, राजनिती
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत जो सामाजिक ब्यक्तित्व हुनुहुन्छ । उँहाले हरेक क्षेत्रमा सामाजिक काम गरेर आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । हाल बाह्रबिसे नगरपालिकाका प्रमुख हुनुहुन्छ नगर प्रमुख बस्नेतसँग हामीले समसामुहिक बिषमा केन्द्रित रहेर कुराकानी गरेका थियौ प्रस्तुत छ उहासँग गरिएको कुराकानीको शारंस बाह्रबिसे नगरपालिका भित्र विकासका गतिविधिहरु के कसरी सञ्चालन भइरहेको छ ? बाह्रबिसे नगरपालिकाको बिकासका गतिबिधीहरुका बारेमा कुरा गर्नु पर्दा हामीले हरेक नागरिकको मन मनमा बसेर काम गर्ने योजनाहरु ल्याएका छौ । २०७९ चुनाबपछि मानिसको ठूलो धन नेै स्वास्थ अनि शिक्षा हो, मानिस स्वास्थ्य रहनका लागी खानेकुरा पनी स्वस्थ्य हुन पर्छ त्यसैले हामीले पहिलो प्रथमिकता भनेको कृषि,स्वास्थ्य, र शिक्षालाई जोड दिएका छौ । २. कृषि उत्पादनलाई प्रोत्साहन गर्न के कस्ता निती ल्याइए...