सम्पर्क

राजनिती

आबश्यकताका आधारमा प्रमुख,उपप्रमुखद्धारा सहयोग भइरहेको छःवडाअध्यक्ष शेर्पा

अन्तर्वाता, कृषि, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला सासबक घुम्थाङ गाविस वडा नं. २ हाल बाह्रबिसे नगरपालिका वडा नं. ७ मा पिता साङदोर्जे र माता गोरी शेर्पाको कोषबाट मिती २०४३ पौेष २ गते जन्मिएका बाह्रबिसे नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ङिमा शेपासँग लोकप्रिय समाचार बाह्रबिसेका संवादाता फुडोमा शेपाले गरेको छोटो कुराकानी ः तपाईंको परिचय दिनुहोस् म ङिमा शेर्पा हाल वडा नं. सातको वडा अध्यक्षको रुपमा काम गरिरहेको छु । मेरो घर बाह्रबिसे नगरपालिका हो । . तपाईं वडा अध्यक्षमा कसरी चुनिनुभयो देश संघीय लोकतान्त्रीक गणतन्त्रमा गएपछी स्थानीय तहलाई नागरिकका समस्या समधान गर्ने अधिकार दिएपछी खाशगरी सिंह दरबारको अधिकार गाउँमा आएपछी हामीले स्थानीय सरकार सञ्चालनका लागी वडामा रहेर वडाबासी तथा नगरबासीको सेवा गर्नको लागी २०७९ सालमा भएको स्थानीय निर्वाचनमा वडाबासीको मताद्धारा म वडा अध्यक्षको जिम्मेवारीमा आएको हुँ । म यस वडाको नागरिकको स...

सरकारलाई सफल बनाउन पाँच दलबीच सहमति

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडाँै, २९ फागुन  सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने सहमति भएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका शीर्ष नेतृत्वको बैठकले उक्त सहमति गर्दै राष्ट्रियसभाको रिक्त रहेको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्यलाई थप मजबुद गर्ने निर्णय गरेको हो । दलहरुबीच नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका ल...

सस्कारको पालना गर्नु नै बुबाआमा प्रती सम्मान हो ः कृष्ण राज श्रेष्ठ

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
धर्तीमा छउन्जेल बृद्ध भएका बुबाआमालाइ सम्मानका साथ पालन पोषण गर्नु र उहाहरुको स्वर्ग पछी उहाहरुले सिकाएको गरेको सस्कार पालना गर्नु मानीसको परम कर्तव्य भएकोको पुर्ब सासद तथा नेकपा एमाले केन्द्रिय सल्लाहाकार समिति सदस्य कुष्ण राज श्रेष्ठले बताउँनु भएको छ । उँहाले आमाले सन्सार देखाउनु हुन्छ बुबाले व्यवहार सिकाउनु हुन्छ । कुनै पनि प्राणिको आमाले आफ्ना सन्तानलाई कहिल्यै पनि दुख नहोस भनेर आफू जस्तो सुकै कष्ट भोगेर भए पनि वालवालिका को भविष्यका लागि यक चित्त भएर लागी रहनु हुन्छ। त्यस कारण आमा बाउ भन्दा सन्सारमा कोही पनी नभएकोे बताउँनु भएको छ । बागमती प्रदेश कमिटी सदस्य ईन्द्र ब नेपाल सिन्धुपाल्चोक जिल्ला,जिल्ला कमिटी सचिब रामचन्द्र बस्नेत, नगर कमिटीका पदाधिकारी हरु , वडा कमिटीका पदाधिकारी हरु, नेकपा एमालेका जिल्ला नेताहरु स्थानीय कार्यकर्ताहरु सहीत सोमबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा प...

५१सदस्यीय आन्दोलन समिती गठन सहीत सिन्धुमा राप्रपाको प्रशिक्षण

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
राष्टीय प्रजातन्त्र पाटी सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापको संयोजकत्वमा आन्दो परीचालन समिती बनेको छ। चैत १६ गते काठमाडौंमा हुने बृहत प्रदर्शनको साथै बिभिन्न आन्दोलनका लागी सिन्धुपाल्चोकबाट ५१ सदस्यीय आन्दोलन परिचालन समिती बनेको हो । आन्दोलन केन्द्रित प्रशिक्षण कार्यक्रम प्रमूख अथिति पार्टीका केन्द्रिय सदस्य शिक्षा बिभागका प्रमुख डा राजेश गिरी ले प्रजातन्त्रमा जनता भन्दा ठुलो कोहि नहुने बताउनु हुँदै जनता भन्दा माथि उठ्न खोजे तानासाह बढ्ने बताउनु भयो । प्रजातन्त्रमा जुनसुकै अवस्थामा पनि नेताले जनताको कुरा सुन्न पर्ने र जनताको कुरा नसुन्ने नेता असफल हुने बताउनु भयो। कार्यक्रममा प्रशिक्षण बिभागका उप प्रमुख खुश्बु ओेलिले अब छिटै नेपालमा व्यवस्था परिबर्तन हुने र स्वदेसमा नै रोजगारको व्यवस्था गरिने बताउँनु भयो । उँहाले यो आन्दोलनमा सहभागी हुन सबैमा आग्रह गर्नु भयो ।अवस्था बदल्न व्यवस्था बदलौ भ...

अमेरिका भ्रमण त्यागेर गृहजिल्लामा महिला मन्त्री भगबती चाैधरी

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, स्वास्थ्य
इटहरी । अमेरिका दुनियाँका लागि सपनाको संसार भनिन्छ । नेपाली उच्चतम् नागरिक पनि अमेरिका भासिएका छन् । तर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका लागि भने अमेरिका भन्दा आफ्ना मतदाता महत्वपूर्ण भए । यूएन वुमनको विश्वस्तरिय कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो । तर, मन्त्री चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्लाको आउनु भएको छ । दुहबी १० मा रहेको आपुरुपी शिव मन्दिरमा आयोजित साँस्कृतिक कार्यक्रममा सहभागी हुन मन्त्री चौधरी गृह जिल्ला आउनु भएको हो । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै मन्त्री चौधरीले सरकार अविछिन्न उत्तराधिक...

कर्मचारी सञ्जाल नेपालले बुझायो संसोधन प्रस्ताव

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  काठमाडौँ । आन्दोलनरत स्थानीय तहका कर्मचारी र नेपाल सरकारबीच भएको सहमती विपरित दर्ता गराएको बिधेयक प्रती कर्मचारीहरुले बिरोध जनएका छन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा दर्ता गराएको संघीय निजामती सेवा विधेयक २०८० का सम्बन्धमा स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाललेसंसोधन प्रस्ताव बुझाएको छ । माननीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानु भक्त जोसी समक्ष संशोधन प्रस्ताव बुझाएको स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका सह संयोजक राम प्रसाद न्योैपानेले जानकारी दिनु भयो ।उँहाका अनुसार सञ्जालले आज देखी देखि पाटीका प्रमुख सचेतक , सचेतक र राज्यव्यवस्था समितिका सभापतीज्युलाई संशोधन प्रस्ताव बुझाउने कार्यक्रम रहेको ।स्थानयि तहमा कार्यरत कर्मचारी हरको संजाल को केन्द्रीय कार्यसमितकिो बैठकले “संघले नै प्रमुख प्रशासक पठाउने, अन्तर प्रदेश सरुवा जस्ता विभेदकारी व्यवस्थाप्रति गम्...

नेपाल शिक्षक संघ सिन्धुपाल्चोक सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाल शिक्षक संघ बागमति प्रदेशको चौथो प्रतिनिधि सभामा प्रदेश अन्तर्गतका १३ वटा जिल्लाहरु मध्ये नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला कार्य समिति उच्च कार्य सम्पादन गरेकोमा सम्मानित भएको छ । नेपाल शिक्षक सङ्घको विधान, मूल्य, मान्यता र आदर्श अनुरूप रचनात्मक क्रियाकलाप तथा उत्कृष्ट साङ्गठनिक गतिविधि सहित सङ्घको कार्यहरु सम्पन्न गरी नेपाल शिक्षक सङ्घलाई गतिशील मर्यादित एवम् गरिमामय बनाउन पु¥याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल शिक्षक सङ्घ बागमती प्रदेशको प्रतिनिधि सभाको पावन अवरसमा उत्कृष्ट जिल्ला कार्यसमितिको रूपमा यो सम्मान गरिएको हो । नेपाली शिक्षकहरुको हक र अधिकारका लागि स्थापित नेपाल शिक्षक संघ बागमति प्रदेशको चौथो प्रतिनिधि सभा फागुन २६ र २७ गते काठमाडौंको सुकेधारा स्थित नवदुर्गा भेन्युमा भएको कार्यक्रममा उद्घाटन समारोहमा उत्कृष्ट जिल्ला र जिल्लागत उत्कृष्ट नेपाल शिक्षक संघ...

नेकपा एमाले सिन्धुपाल्चोक अधिबेशन अध्यक्ष ओलीले द्धारा उद्धघाटन हुने

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेकपा एमाले सिन्धुपाल्चोकको चैत्र १६,१७ र १८ गते चौतारामा हुने जिल्ला अधिवेशन पाटी केन्द्रयि अध्यक्ष एवम पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने बसेको जिल्ला कमिटीको वैठकले सो अधिवेशनको निर्णय गरेको जिल्ला पाटी कमिटी सचिब रामचन्द्र बस्नेतले जानकारी दिनु भयो । शनीबार भएको पाटीको वैठकले अधिवेशन भब्य र सब्य तरिकाले सम्पन्न गर्नका लागी विभिन्न निर्णयहरु गरेको छ । एमालेले अधिवेशन प्रतिनीधि वडा वाटै छनौट गर्ने र प्रत्येक १० नविकृत सदस्यवाट १ जना प्रतिनीधि प्रतिनीधि छनौट गर्ने मापडण्ड बनाएको छ । साथै महिला, दलित, जनवर्गिय संगठन र सम्पर्क मन्चका प्रतिनीधिवारे पनि छलफल गरेको छ ।सो पार्टीले प्रतिनीधि छनौटका सन्दर्भमा अर्को कडा निर्णय गरेको छ । पार्टीलाई वुझाउन वाकी आर्थिक दायित्व चैत्र ५ गते सम्म नवुझाए प्रतिनीधि वन्न नपाउने व्यवस्था गरेको छ । साथै अधिवेशनका लागि पार्टी सदस्यवाट १ स...

स्थानीय तह कर्मचारी संजालले माननीयहरु समक्ष संसोधन प्रस्ताव राख्ने

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ । स्थानीयतहमा कार्यरत कर्मचारीहरूको संगठन स्थानीय तह कर्मचारी संजाल नेपालको केन्द्रीय कार्यसमितिको बैठकले “संघले नै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पठाउने, अन्तर प्रदेश सरुवा जस्ता विभेदकारी व्यवस्था लगाएतका विषयहरू प्रति गम्भीर चिन्ता र असहमति जाहेर गर्ने निर्णय गरेको स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका सह संयोजक राम प्रसाद न्योैपानेले जानकारी दिनु भयो । उँहाका अनुसार संघीय सरकारले संसदमा पेश गरेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का केही प्रावधान संशोधन गर्न लागेको विषयमा संजालको पदाधिकारी बैठक बसेको हो । बैठकमा अन्तर प्रदेश सरूवा, प्रमुख प्रशासकीय अधिकृतको समायावधी , समायोजन भएका कर्मचारीहरूको संघमा फिर्ता,स्थानीय तहका कर्मचारीहरूको सेवा सर्त,स्थानीय तहका कर्मचारीको केन्द्रीय स्तरको ट्रेडयुनियन, बढुवा प्रक्रिया लग...

यूएन वुमनको अन्तराष्ट्रिय सम्मेलनमा महिलामन्त्री चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जानु हुने भएको छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लाग्नु भएको हो ।२६ फागुन (शनिबार) मन्त्री चौधरीको नेतृत्वमा  मन्त्रालयका सचिव सुमनराज अर्यालसँगै २ सहसचिव सहित ७ जनाको टोली सम्मेलनमा भाग लिन जानेछ । मन्त्री चौधरीको नेतृत्वको टोलीलाई सम्मेलनमा भाग लिन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको नेतृत्वमा सम्मेलनमा भाग लिने भनेर अघिल्लो गठबन्धनको सरकारको मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो । सोहि निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीले प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको हो । देशको प्रत...