सम्पर्क

राजनिती

बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २४ भदौ : स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पार्नुभएको छ । इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किनुभएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ ।” मन्त्री बस्नेतले इजिप्टको कायरोमा सम्पन्न सम्मेलनमा जनसङख्या बसाइँसराइँ र...

महिला संघको तिज विशेष बाह्रविसेमा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, स्वास्थ्य
नेपाल महिला संघ सिन्धुपाल्चोकले शुक्रबार बाह्रविसेमा तिज विशेष कार्यक्रम गरेको छ । शुक्रबार बाह्रविसे बजारमा एक कार्यक्रम आयोजना गरी नेपाल महिला संघ, नेपाल तरूण दल, नेपाल बिद्यार्थी संघ र लोकतान्त्रिक आदिवासि जनजातिको विभिन्न पदमा मनोनित भएकाहरूलाई सम्मान तथा बधाइ दिदै महीला संघले तिज बिशेष कार्यक्रम गरेको हो ।कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेस महामन्त्री गगन कुमार थापाले कार्यक्रमको उद्धघाटन गर्नु हँुदै राजा संग लडेको कांग्रेस पार्टी भित्रको रजौटा संग लड्न नडराउने बताउनुभएको छ । उहाँले १५ औँ महाधिवेशनमा पार्टी भित्रको परिवारवादलाई परास्त गरि तल्लो स्तरबाट नेतृत्व चयन हुने दाबी गर्नुहँुदै कांग्रेस भित्र प्रभाव छाड्न महिलाको भुमिका अहम हुने बताउँनु भयो । पार्टीभित्रको गुटको अन्त्य र पार्टीभित्रको विभेद अन्त्यका लागि टिकट वितरणको प्रणाली परिवर्तन गर्नुपर्ने समेत थापाले सो अबशरमा बताउनु...

सिन्धु राप्रपाद्धारा भदौं २७ गते काठमाडौंमा हुने बृहत् बिरोध कार्यक्रमलाई सफल बनाउन अनुरोध

ब्रेकिङ न्युज २, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पाटि चौतारा साँगाचोकगढी नगर कार्यसमितिले आगामि भदौ २७ गतेको काठमाडांैमा हुने बृहत् बिरोध कार्यक्रमलाई सफल बनाउँन सबैलाई अनुरोध गरेकोे छ । राप्रपा नगर अध्यक्ष शेर बहादुर ठकुरीले बैठकको अध्यक्षता गर्दै नगरमा सक्रिय रहेका वडा कार्यसमितिलाई अझ सक्रिय बनाउँने र निष्कृय रहेको वडा कार्यसमितिलाई सक्रिय बनाउँने गरि पाटिलाई सक्रिय गराउँने काममा लागि पर्नु पर्ने बताउँनुभयो । शुक्रबार चौतारामा बसेको बैठकमा राप्रपाका केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरीको प्रमुख अतिथ्यतामा, केन्द्रिय सदस्य चिरागमान सिंह कुँवर, केन्द्रीय सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिका भौगोलिक सङ्गठन विस्तारका प्रमुख चोकराज घिमिरे, राप्रपा बागमति प्रदेश २ नं. क्षेत्र प्रदेश क का अध्यक्ष बाबुराम खड्का, उपाध्यक्ष मदन केसि, राप्रपा सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका सहसचिब ध्रुव कुमार थापा, जिल्ला सदस्य हरि बहा...

लिसंखुपाखरको घुम्ती सेवा

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउन्पालिकाले एकिकृत घुम्ती सेवा सम्बन्धी शिवीर सञ्चालन गरेको छ । गाउँपालिकाको वडा नं. ७ ठुलोपाखरमा बिहिबार सम्पन्न भएको शिवीरमा योजना सम्झौता÷अनुशिक्षण, माटो परिक्षण, बालीको रोग पहिचान र नियन्त्रण सल्लाह सुझाव, पशु बन्ध्याकरण ÷ पशुपंक्षी रोग पहिचान र नियन्त्रण सम्बन्धी परामर्श, ब्यवसाय दर्ता, ईजाजत पत्र प्रदान र नबिकरण, जेष्ठ नागरिक परिचय पत्र बितरण, स्वास्थ्य संस्था र आरोग्य केन्द्रबाट प्रदान हुने सेवाहरु उपलब्ध गराइएको थियो । वडा नं. ७ मा सम्पन्न भएको एकीकृत घुम्ती सेवा शिवीरमा ८ वटा योजना सम्झौता भएको छ । जसमा पेङगल खोला हिन्दु समुदाय चिहान घर स्तरउन्नती, १६ किलो तलतिर जाने सिंडी निर्माण, ककलिङ हरिसिद्वी माबि चिल्ड्रेन पार्क घेराबार , बर्घाङ नेवार समुदाय अपुरो सिंडी निर्माण, मेसिपा ठकुरी समुदाय, मन्दिर स्तरउन्नती, तौथली मन्दिर निमार्ण, ककलिङ महिला भवन ...

टोलटोलमा पुगे जुगलको माओबादी,

ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्मल बस्नेत ढाँडे (२०८० भाद्र १६) नेकपा (माओबादी केन्द्र) जुगल गाउँपालिकाको पार्टी कार्यकर्ता टोलटोलमा पुगेका छन् । गाउँपालिकाको ६ वटा वडामा पुगेर स्थानीय गारेटो बाटो मर्मत र बजार क्षेत्र सरसफाई गर्दै ३ महिने अभियानको शुभारम्भ गरेका छन् । पार्टी केन्द्रले निर्धारण गरेको जनतासंग माओबादी बिशेष रुपान्तरण अभियान नाम दिएर ३ महिने अभियान अन्तरगतको पहिलो दिनमा पालिकाको प्रत्येक वडाको मूख्य गोरेटो बाटोहरुको सरसफाई र मर्मत गरेका हुन् । माओबादीले देशैभर एकसाथ अभियान सञ्चालन गरेको छ । पार्टीकेन्द्रको सर्कुलर अनुसार सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भने गाउँगाउँमा सडक निर्माण पछि ओझेलमा परेको गारेटो बाटो मर्मत र सरसफईलाई प्राथमिकता दिएको छ । दैनिक जनजीवनसंग सम्वन्धित कामहरु गरेर जनबिस्वास संगाल्ने पक्षमा माओबदी अघि बढेको देखिन्छ । यसरी अभियानको सूरुवाती दिनमा गाउँपालिकाको वडा नम्बर १ सेलाङको म...

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान औचित्य र चुनौति बिषयक अन्तरक्रिया चौतारामा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेकपा माओवादी केन्द्र चौतारा साँगाचोकगढी वडा नं. ५ कमिटिले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान औचित्य र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार चौताराको सहिद स्मृति भवनमा भएको अन्तरक्रिया कार्यक्रमको आयोजना वडा नं. ५ वडा कमिटिले गरेको हो । नेकपा माओवादी केन्द्र वडा कमिटिका अध्यक्ष कोमल बहादुर श्रेष्ठको अध्यक्षतामा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य हिमाल शर्माको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हिमाल शर्माले पाटिको तल्लो तहका कार्यकर्ताको समस्या र कार्यकर्ताको माग के छ ? स्थिति र त्यहाँको समस्या के हो ? कसरी समाधान गर्ने भन्ने बारेमा पाटिको केन्द्रीय नेताहरुले जानकारी पाउन भन्दै पाटिको कुनै पनि तल्लो जनताको वर्गका कुरा बुझ्न नसकेको र यसमा नेताहरुबाट गल्ती भयो वा जनताबाट के कस्ता सहयोग गर्न पर्ने भन्ने बारेमा जानकार हुन समेत आवश्यक भ...

गौहत्याको विरोधमा सरकारलाई राप्रपासिन्धुको ज्ञापनपत्र

ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाडौँ, १२ भदौ ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सिन्धु पाल्चोकले गौहत्याको बिरोधमा जिल्ला प्रशासन कार्यलय मार्फत सरकारलाइ उक्त कार्यको बिरोध ज्ञापन पत्र बुझाएको छ । राप्रपा ले गौहत्याको विरोधमा मङ्गलबार देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सिन्धु पाल्चोक जिल्लामा पाटी अध्यक्ष निलध्वज थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय चौतारा मार्फत ज्ञापन पत्र बुझाएको चौतारासाँगाचामेकगढी नगरपालिकाका पाटी अध्यक्ष शेर बहादुर ठकुरीले जानकारी दिनु भयो । पछिल्लो समय राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भएको भन्ने समाचार आइरहेकाले गौहत्याको विरोधमा सरकारलाई ज्ञापनपत्र बुझाइएको राप्रपाका अध्यक्ष निलध्वज थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाईको हत्याजस्तो जघन्य अपराध भइरहेका समाचार आइरहेकाले यस्तो कार्य रोक्न माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन...

सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मुख्य जोड सङ्घीय समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवामा जनताको सहज पहुँच, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा केन्द्रित रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले नागरिकलाई शासकीय प्रणालीप्रतिको भरोसा र सरकारप्रति विश्वास दिलाउँदै सबैतिर आशाको सञ्चार गराउने सरकारको प्रयास रहेको बताउनुभयो । उहाँले विकास निर्माणलाई गति दिन, शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हितको अधिकतम रक्षा गर्न सरकार प्रतिबद्ध रहँदै आएको स्पष्ट पार्नुभयो । सांसदहरुले प्रधानमन्त्रीसँग राख्नुभएको प्रश्न र त्यसको जवाफ यसप्रकार रहेको छः प...

गाई–गोरु हत्या गर्नु संविधान विपरित कार्यः मधेशी आयोग

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
गाई–गोरु हत्या गरी सार्वजानिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारवाही गर्न मधेशी आयोगले सरकार सहित सम्बन्धित सबै पक्षको ध्यानकर्षण गराएको छ ्र आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको धरानमा गाई÷गोरुलाई हत्या गरी सार्वजनिक रुपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरित रहेको बताउदै दोषीलाई तुरुन्त कानुनी कारवाही गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानकर्षण गराएको छ ्र आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको हुनाले सो कुरालाई सबै जात–जाति तथा धर्मका मान्छेहरुले सम्मान गर्नुपर्ने समेत बताएको छ ्र आयोगले राष्ट्रिय जनावरको हत्या गर्नु भनेको संविधान माथि नै प्रहार गर्नु सरह भएको हुनाले त्यस्ता संविधान विपरित कार्य गर्ने जो–कोहिलाई पनि यथाशिघ्र कारवाही गर्नुपर्ने कुरा माथि जोड दिएको छ ्र आय...

ओमकार परिबारको बिरोध कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, साहित्य
  गौ हत्या विरुद्ध ओमकार परिबारले बिरोध कार्यक्रम गरेको छ । सम्बीधान बिपरित काम गरेर गाइ काटेर खाएको भिडीयो सामाजिक सञ्जालमा राखे पछी ओमकार परिबारहरुले कार्बहीको माग गर्दै आएका छन । यसरी समाजिक सञ्जालमा नै भिडीयो हालेर देशमा धार्मीक युद्ध गराउँन खोज्नेलाइ कार्बही गरिनु पर्छ भन्दै ओमकार परिबाले गरेको आन्दोलनलाइ लक्षीत गरेर धरानमा निषेधाज्ञा समेत जारी गरिएको अबस्थामा शनीबार धरान जना लागेका हजारौ ओमकार परिबारहरुलाइ बाटैमा प्रहरीले रोके पछी ठाँउ ठाँउमा बिरोध सभा गरिउको आयोजक हरुले बताएका छन । पुष्प राज पुरुष ले धर्म आस्था हो राजनीति विश्वास हो।आस्थाको अगाडि विश्वासको केही लागेन जति रोके पनि जति छेके पनि गौ हत्यारा विरुद्ध राम्रो उपस्थितीमा सुनसरीमा कार्यक्रम भयो भन्नु हूँदै सुनसरीमा निषेधाज्ञाको बाबजूद सनातन धर्म संस्कृति संगठनका लागी बुहत सभा भएको छ । अध्यक्ष पुष्प राज पुरुष लगायत बिभ...