सम्पर्क

स्थानीय तह कर्मचारी संजालले माननीयहरु समक्ष संसोधन प्रस्ताव राख्ने

काठमाडौँ । स्थानीयतहमा कार्यरत कर्मचारीहरूको संगठन स्थानीय तह कर्मचारी संजाल नेपालको केन्द्रीय कार्यसमितिको बैठकले “संघले नै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पठाउने, अन्तर प्रदेश सरुवा जस्ता विभेदकारी व्यवस्था लगाएतका विषयहरू प्रति गम्भीर चिन्ता र असहमति जाहेर गर्ने निर्णय गरेको स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका सह संयोजक राम प्रसाद न्योैपानेले जानकारी दिनु भयो । उँहाका अनुसार संघीय सरकारले संसदमा पेश गरेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का केही प्रावधान संशोधन गर्न लागेको विषयमा संजालको पदाधिकारी बैठक बसेको हो । बैठकमा अन्तर प्रदेश सरूवा, प्रमुख प्रशासकीय अधिकृतको समायावधी , समायोजन भएका कर्मचारीहरूको संघमा फिर्ता,स्थानीय तहका कर्मचारीहरूको सेवा सर्त,स्थानीय तहका कर्मचारीको केन्द्रीय स्तरको ट्रेडयुनियन, बढुवा प्रक्रिया लगाएतका बिषयहरुमा छलफल भएको थियो । बैठक विहीबार बसेको थियो । “संघले नै प्रमुख प्रशासक पठाउने, अन्तर प्रदेश सरुवा जस्ता विभेदकारी व्यवस्थाप्रति गम्भीर चिन्ता र असहमति जाहेर गर्ने निर्णय भएको र उक्त निर्णहरु कार्यन्वयनका लागी प्रतिनिधिसभाका सबै माननीय सदस्यहरुलाई भेटेर उहाँहरुमार्फत संशोधन प्रस्ताव राख्नको लागि अनुरोध गर्ने निर्णय गरेको समेत उँहाले बताउँनु भयो ।