सम्पर्क

राजनिती

बलेफी ८मा आर्थीक स्थिती कमीभएका महीलालाइ सहयोग

जिबनशैली, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोकजिल्लाको बलेफी गाउँपालिका वडा नं.८ का वडाभित्रका आर्थिक स्थिति कमजोर भएका महिलाहरुलाई सरसफाइका लागी आबश्यक सामाग्री सहीत न्यानो कपडा वितरण गरीएको छ । गाँउपालिकाका उपाध्यक्ष शरु लामाको प्रमुख अथितथ्यतामा वडा भित्रका महीलाहरुलाइ उक्त सामान बितरण गरिएको वडा नं ८का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठको सभापतीत्वमा उक्त सामाग्री बितरण गरिएको हो । सो अबशरमा पालिका उपाध्यक्ष लामाले सामाग्री हस्तान्तरण गर्दै वडामा रहनु भएका आर्थीक स्थिती कम्जोर भएका महीला आमा दिदी बहीनीहरुलाइ यसरी सहयोग उपलब्ध गराएकोमा वडा अध्यक्षलाइ बिशेष धन्यबाद दिनु हँुदै पालिका तथा वडाका बजेटको मात्र भर नपरी अन्यत्रबाट बजेट तथा यस्ता सहयोगका काम गर्ने महान कार्य ुभएकोमा यो कार्य को प्रशंसनिय रहेको बताउँनु भयो। यस्तै सामाजिक कार्य भावी दिनहरुमा गर्दै जान समेत उहाँले सुझाव दिँदै आफ्नो तर्फबाट सकेको सहयोग गररहने बताउँनु ग...

५दिने साबुन बनाउँने तालिम मेलम्चीमा सम्पन्न

बिजनेस, राजनिती, विचार, समाचार
झोल साबुन तथा डिटरजेन्ट बनाउने पाँच दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल)को आयोजनामा भएको तालिममा मेलम्ची नगरपालिका वडा नम्बर १० र ११का माझी र दनुवार समुदायका १४ जनाको सहभागिता रहेको परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका शिक्षा शाखा प्रमुख रवि शर्माले जुन उदेश्यले तालिममा सहभागी हुनुभयो त्यो उदेश्यलाई पच्छ्याउदै अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले संस्थाले गरेको लगानी र ५ दिनको अमुल्य समयलाई खेर जान नदिइ सदुपयोग गर्न आग्रह गर्नुभयो । शर्माले बजारीकरणका लागी नगरपालिकाले गर्ने समन्वयमा सधैं तयार रहेको भन्दै तालिमको लागी तालिम मात्र नभएर व्यवहारिक जिवनमै प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रेडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदीले तालिम लिइसकेपछि सिपलाइ निरन्तरता दिन आग्रह गर...

फट्टेमा सवारी साधन सुचारु

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
मेलम्ची नगरपालिका – ११ स्थित फट्टेमा रातारात ह्युम पाइप राखेर सवारी साधन आवत जावत गराइएको छ । चाडवाड नजिकिएको र खोलाको सतह घटेसंँगै नगरप्रमुख आइतमान तामाङको निर्देशनमा ३ दिन अघिदेखि अस्थायी पुल निर्माण कार्य सुरु गरेको थियो । १६ गते आएको बढीले क्षति पुर्याएपछि मर्मत गरी संचालनमा बुधबार देखी ल्याएको हो । २०७८ साल असार १ को बाढीले पक्कि पुल बगाए संगै हिउँदमा अस्थायी रुपमा खोलामा ह्युम पाइप राखेर सवारी आवागमनलाई सहज बनाउने गरिएको छ । बर्खा लागेसंँगै उक्त ह्युमपाइप झिकिए पश्चात् मेलम्ची नगरपालिकाको वडा नं.७, ८, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको नागरीकले सास्ती खेप्दै आएका थिए । अब अस्थायी पुल निर्माणसँंगै स्थानीयलाई चाडपर्वको लागि आबश्यक सामाग्री ढुवानी गर्न तथा मानिसहरुलाई आवातजावत गर्न सहज हुनेछ । उक्त स्थानमा संघ र प्रदेस सरकारले बेवास्था गरेपनी स्थानीय नागरिकका लागी नगरपालिकाले पक्क...

१०नं वडाद्धारा शिक्षक सँगै बिद्यार्थीलाइ सम्मान

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १० ले राम देबी माबीका छात्रा दिपीसा खड्का लगाएत आफ्नो वडाका उत्कृष्ट बिद्यार्थी , शिक्षक, र बिद्यालयलाइ नगद सहीत सम्मान गरेको छ ।                वडा नं १०को वडाअध्यक्ष निल बहादुर तामाङ सुमनको अध्यक्षता चौतारासाँगाचाकेगढी नगरपालिकाका सामाजीक बिकास शाखाका संयोजक तथा वडा नं १३का वडा अध्यक्ष राम प्रसाद गौतमको प्रमुख अतिथ्यतामा रामदेबी माध्यमिक बिद्यालयमा एक समारोहका आयोजना गरी उक्त सम्मान गरिएको हो । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी गौतमले कसरी शिक्षा सिकाइमा बढी भन्दा बढी उपलब्धी हासिल गर्न सकिन्छ भनेर नगर शिक्षा समितीले प्रअहरको मनोबल बढाउँनका लागी बिशेष भत्ताको व्यवस्था गरेको , शिक्षक कमी भएका माथील्लो तहका बिद्यालय माब िउमाबमिा पढाउँने तल्लो तहका शिक्षकलाइ थप पारिश्रमीकको व्यबस्था गरेको , सरकारले कक्षा ५ ...

शिक्षा विधेयकमा शिक्षकहरुका माग मुद्दा समेटिएनः सांसद भगबती चौधरी

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  काठमाडौं, १९ असोज । सांसद भगबती चौधरीले शिक्षा विधेयकले शिक्षक, विद्यार्थीहरुको समग्र माग र विषय संवोधन गर्न नसकेको बताउँनु भएको छ । शुक्रबार संसदमा शिक्षा विधेयक २०८० माथि बोल्दै सांसद चौधरीले विधेयकले केही समय अगाडी मात्रै आन्दोलनरत शिक्षकहरुका माग र मुद्दा समेत नसमेटेको भन्दै विधेयकमाथि पुनः छलफल चलाईनुपर्ने बताउँनु भयो। सांसद चौधरीले सरकारले शिक्षकहरुसँग गरेको सम्झौताहरु संसदमा टेवुल गर्नुपर्ने बताउँदै‘शिक्षा विधेयक कसको लागि ल्याउँदैछौं, कस्तो हुनुपर्ने, शिक्षा विधेयकमा प्राथमिक, माध्यामिक तहको शिक्षा कस्तो हुनुपर्ने, त्यहाँको जनशक्ति कसरी ब्यवस्थापन गर्ने भन्ने विषय नआइकन शिक्षकहरुले आन्दोलन गरेकोले शिक्षकहरुले उठाएका माग र मुद्दा समेटिन पर्छ भन्नु भयो । शिक्षा विधेयकमा सरोकारवालाहरुसँग छलफल नहुँदा नेपालको शिक्षा नीति कमजोर बनेको बताउँदै सांसद चौधरीले अहिले नेपालको शिक्षा क...

जुगलको आफ्नै भवनबाट सेवा शुरु

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकाले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ । जुगल गाउँपालिकाले नव निर्मीत भवनबाट प्रशासनिक काम सुचारु गरेको हो । सिन्धुपाल्चोक जिल्लामा रहेका १२ स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, भोटेकोशी, लिसंखुपाखर, पाँचपोखरी थाङपाल गाउँपालिकाले यसअघि देखि नै आफ्नै भवनबाट सेवा दिइरहेका छन् । बलेफी गाँउपालिकाले भने वडा नं. ५ को भवनबाट सेवा दिइहेको छ । बलेफी गाँउपालिकाले पनि नयाँ भवन बनि सकेको छ । उक्त भवन पुर्ण रुपले सम्पन्न भई नसकेकोले सम्पन्न हुन केही महिना लाग्ने भएकाले केहि महिनापछी आफ्नै भवनमा सर्ने पालिकाका अध्यक्ष गंगा तामाङ्गले बताउँनु भएको छ । यस्तै लिसंखुपाखर गाउँपालिकाले पनि फराकिलो गरि बनाइएको नयाँ भवन अन्तिम चरणमा पुगेको जनाएको छ । १२ पालिका मध्य सुनकोशी, हेलम्बु, त्रिपुरासुन्दरी गा...

चाडबाडमा सार्वजनिक यातायात सहज बनाइने

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १७ असोज : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दसैँ, तिहार र छठ पर्वको समयमा बढी आवातजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइने बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको यातायात पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री ज्वालाले सीमित स्रोतका बाबजुद पनि चाडबाडमा सार्वजनिक यातायात यात्रुमैत्री बनाउन सरकारले विशेष ध्यान दिने बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट कम भए पनि चाडबाडलाई लक्षित गरी राजमार्गको मर्मत तथा कच्ची सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्न सरकार प्रतिबद्ध छ ।” निरन्तरको वर्षाका कारण सडक मर्मत प्रभावित भइरहेको जनाउँदै मन्त्री ज्वालाले दसँैलगायतका पर्वमा यात्रा गर्नेका लागि अग्रिम टिकट बुकिङदेखि विनासास्ती गन्तव्य पुग्ने र फर्कनका लागि सहज बनाउनका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो ...

अहिलेको व्यवस्थाको जग ‘जनयुद्ध’ नै हो : सञ्चारमन्त्री शर्मा

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १७ असोज : सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने बताउनुभयो ।“आज हामी जुन व्यवस्थामा छौँ, त्यो व्यवस्थाको जग जनयुद्ध नै हो”, उहाँले भन्नुभयो, “यदि जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुदैनथ्यौँ ।” प्रवक्ता शर्माले जनयुद्धका विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेका विचारसँग सरकारको सहमति नरहेको बताउनुभयो ।प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा अध्यक्ष ओलीले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिइएको विषयलाई लिएर सरकारको आलोचना गर्नुभएको थियो ...

नवीन राप्रपा कार्ययोजना साँगाचोकमा

राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका वडा नं. १२ साँगाचोकमा राप्रपाको भूगोल केन्द्रित नवीन राप्रपा कार्ययोजना २०८० अनुसार भेला भएको छ । केन्द्रिय सदस्य चोकराज घिमिरेको प्रमुख अतिथ्यतामा भएको नवीन राप्रपा कार्ययोजना २०८० अनुसार बृहत् छलफलमा राप्रपा क्षेत्र नं. २ का क्षेत्रीय सभापती बागमती प्रदेश माननीय कुमारी मोक्तान, प्रदेश सभा २ (क) प्रमुख बाबुराम खड्का, उपप्रमुख मदन केसी र नगर अध्यक्ष शेर बहादुर ठकुरी लगायतको बिशेष उपस्थिती रहेको थियो । बैठकले टोलटोलमा नवीन राप्रपाको अवधारणा अनुरूप अगाडि बढ्ने प्रतबद्धता समेत ब्यक्त गरिएको थियो । १२ नं. वडाका सभापती कृष्ण बहादुर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपामा आस्था राख्ने वडाका अग्रजहरुको उपस्थिती रहेको थियो ।...

नेकपा एमालेको बागमती अध्यक्षमा ढुङ्गेल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनबाट अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । यसैगरी उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित हुनु भएको छ । अध्यक्ष पदका लागी रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल बिच प्रतिस्पर्धा भएको थियो । सार्वजनिक मत परिणामअनुसार रामेछापका कैलाश ढुङ्गेलले ६ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४ सय ३९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा दावा दोर्जे लामाले ६१५ मत प्राप्त गर्नू भएको थियो भने सचिबमा नवराज सिलवालले १ मतको अन्तरमा बिजय हासिल गर्नुभएको थियो । सिन्धुपाल्चोक जिल्लाका हस्त पण्डितलाई सिलवालले १ मतले पराजित गराउँनु भएको हो । जसमा हस्त पण्डितको ५६७ मत आएको थियो भने सिलवालको ५६८ मत आएको थियो । त्यसैगरी उपसचिब प्रेमकुमार महर्जनले ५९९ र भक्त कु...