सम्पर्क

राजनिती

पहरी युवा क्लब द्धारा सरसफाइ

खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकामा रहेको पहरी युवा ब्लबले शनिबार सुकुटे छाप सडकको छेउछाउमा सरसफाइ गरेको छ । पहरी युवा क्लबको सक्रियतामा सरसफाइ गरिएको क्लबका प्रकाश पहरीले जानकारी दिनु भयो । उँहाका अनुसार क्लबका सदस्यहरू मिलि सुकुटे छाप सडकको छेउछाउमा रहेको बनमारो, सिठ्ठा जस्ता अन्य सडकलाई बाधा पार्ने बुट्टाहरू केही मात्रामा हटाइएको हो । उँहाले आफ्ना व्यस्तताको समय बाबजुद पनि बेलुकीको समय मिलाई सरसफाई गर्न सहयोग गर्नुहुने सहयोगी साथीहरूलाई धन्यवाद दिदै उक्त सडक सरसफाइ तथा संरक्षणका लागी सम्बन्धित निकाय र सडक विभागमा ध्यानाकर्षण गराउँनु भएको छ ।...

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, १९ कात्तिक ः जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो । उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । “कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ”, उहाँले भन्नुभयो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उल्लेख गर्नुभयो । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प ग...

जसपाको काठमाडौं जिल्ला समितिको अध्यक्षमा अजित

राजनिती, समाचार
काठमाडौं जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार काठमाण्डौ ढल्कोस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित भेलाले अजित पुतुवारको अध्यक्षतामा २८ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा श्रीजनमान श्रेष्ठ, महेश अधिकारी, सचिव विमल पौडेल, सहसचिव विनु श्रेष्ठ, रोजी अवाले रहेका छन् । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न पुनर्गठन कार्यक्रममा बागमती प्रदेश इन्चार्ज सुशीला श्रेष्ठ, केन्द्रीय नेताहरु लालबहादुर तामाङ, राधाकृष्ण महर्जन,सोनाम लामालगायतको उपस्थिति रहेको थियो ।...

कांग्रेसद्वारा भूकम्प प्रभावितलाई रु ५० लाख सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौँ, १८ कात्तिक: नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन् । कांग्रेसले उक्त घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै यस्तो समयमा सरकार, राजनैतिक दल, संघ–संस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरेको छ ।...

जाजरकोटभुकम्प मन्त्री बस्नेतद्धारा, उपचारमा जुट्न आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
जाजर कोट भुकम्प घटना प्रती दुख ब्यक्त गर्दै स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले घाईतेहरुको उपचारमा हामी स्वास्थ्य मन्त्रालयको सिङ्गो टिम सक्रिय रहने प्रतिबद्धताका साथ त्यस भेगका स्वास्थ्यकर्मी हरुलाई सुरक्षित तबरले घाईतेहरुको उपचारमा जुट्न निर्देशन गर्नु भएको छ । उँहाले गएराती ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नीच्युडको भुकम्पले जाजरकोट र रुकुमका विभिन्न ठाउँहरुमा धेरै ठूलो जनधनको क्षति भएको खबरले अत्यन्तै मर्माहत भएको छु । उक्त घटनाका मृतकहरुप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र आफन्तजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछु । घाईतेहरुको उपचारमा हामी स्वास्थ्य मन्त्रालयको सिङ्गो टिम सक्रिय रहनेछौं र त्यस भेगका स्वास्थ्यकर्मी हरुलाई सुरक्षित तबरले घाईतेहरुको उपचारमा जुट्न आह्वान गर्दछु । साथै, जाजरकोट, रुकुम लगायत आसपासका ठाउँहरुका पीडित पक्षहरुलाई उच...

नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १७ कात्तिक : नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले यहाँको सामाजिक–आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न विकास साझेदारहरू सहमत भएका छन् । विश्व बैंक र अन्य विकास साझेदारहरूको सहकार्यमा अर्थ मन्त्रालयद्वारा बिहीबार आयोजित उच्चस्तरीय कार्यक्रममा नेपालको ग्रिड रणनीतिक कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा एक संयुक्त वक्तव्यलाई अनुमोदन गरिएको छ । सरकार, विकास साझेदार, नागरिक समाज सङ्गठन, निजी क्षेत्रका सरोकारवाला र प्रबुद्ध वर्गहरूले समेत नेपालका ग्रिड प्राथमिकताहरूमा हुने वित्तीय लगानी र कार्यान्वयनलाई निरन्तरता दिन संस्थागत एवं क्षेत्रगत तहमा रहेर काम गर्ने पुनः प्रतिबद्धता व्यक्त ग...

‘नागरिकको काम गर्न कसैको निर्देशन नकुर्नु, माथिको आदेश भन्दै कानुन नमिच्नु’मन्त्री रन्जिता

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौं । भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले कर्मचारीहरुलाई कानुन विपरीत कुनै पनि काम नगर्न निर्देशन दिनु भएको छ ।शुक्रबार गुठी संस्थानको ६०औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताउँनु भएको हो । कहिलेकाहीँ म कर्मचारीहरुले माथिको आदेश, फलानो नेताको आदेश, फलानो मन्त्रीको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको छु । तर, म भन्छु कानुनले दिएको अधिकार प्रयोग गरेर आम नागरिकहरुको समस्या समाधान गर्न कसैको आदेश कुर्नु पर्दैन्’ , भन्दै ‘यदि कसैले कसैको आदेशमा या गलत नियत राखेर जनताको काममा ढिलासुस्ती गर्छ । अथवा माथिल्लो निकायको आदेश भन्दै कानुन विपरीत काम गर्छ भने त्यो कारवाहीको भागेदार हुन्छ ।’ मन्त्री चौधरीले स्पष्ट पानृू भयो ।आम नागरिक तथा सेवाग्राहीहरुको काम चुस्तदुरुस्त ढंगबाट जिम्मेवार भएर गर्न ...

गुणस्तरहिन काममा कुनै सम्झौता हुँदैन ःनगर प्रमुख तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
स्थानीय नागरिकले स्थानीय स्तरमा नै सेवा सुबीधा पाए भने मात्र स्थानीय सरकार भएको अनुभुती हुने भएकाले यस प्रती सबैको चासो रहन पर्ने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । तामाङले उक्त कुरा नगरपालिकाको वडा नं. ७ र ८ को मेलम्ची दुवाचौर बाँसखर्क सडक खण्डको ग्रावेल, वडा नं. ७ को प्रशासनिक भवन र वडा नं. ११ खानीगाउँको सिंढी लगायत निर्माण कार्य सम्पन्न भएको र सञ्चालनमा रहेका योजनाहरुको अनुगमनका क्रममा स्थानीय नागरिकहरु सँग कुरा गर्दै यस्तो बताउँनु भएको हो । गुणस्तरहिन स्थानीय बिकासका बारेमा कुनै पनी हालतमा सहमती र सम्झौता नहुने बताउँदै गुणस्तरहिन काम गर्ने उपभोक्ता समिती तथा ठेकदारहरु जो भए पनी कार्बाही गर्नै बताउँदै हरेक कामहरु पारदर्सी र गुणस्तरिय हुन पर्ने बताउँनु भयो । मेलम्ची नगरपालिकामा चालू आर्थिक वर्ष ०८०÷०८१ को बजेटबाट निर्माणाधीन प्रशासनिक भवन, सडक र सिंढीको बुधबार ...

नेतृ पाख्रिनद्धारा दोलखाका खेलाडीहरुका लागि अक्षय कोष स्थापना

खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, समाचार
दोलखा  नेकपा एकीकृत समाजवादीकी नेतृ संगीता पाख्रिनले दोलखाको खेलाडीहरुका लागि अक्षय कोष स्थापना गर्नुभएको छ । भीमेश्वर नगरपालिका ९ ले आयोजना गरिएको अध्यक्ष कप उद्घाटन समारोहमा सम्बोधन गर्दै पाख्रिनले अक्षय कोष स्थापनाको घोषणा गर्नुभएको हो । अक्षय कोष घोषणा गर्नुभएको पाख्रिनले औपचारिक समारोहमा १० हजार घोषणा गर्नुभयो । उहाँले १० वर्षसम्म दोलखाको खेलाडीको लागि अक्षय कोषमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । अक्षय कोषमा जम्मा भएको रकमले खेलाडीहरु दुर्घटनामा पर्दा आर्थिक अभावका कारण छटपटिनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । ‘म कुनै समय भलिबल खेलाडी थिए । यसकारण खेल क्षेत्र मेरो अभिरुचिको विषय हो । खेल र खेलाडीको आत्माविश्वास जगाउनुपर्छ,’ नेकपा एस दोलखाको उप सचिव समेत रहनुभएकी पाख्रिनले भन्नुभयो ‘दोलखा जिल्लाको खेलाडीको लागि अक्षय कोष स्थापना गर्छु ।’ अन्तराष्ट्...

बि.सं. २०८० को बडादसैँ

जिबनशैली, राजनिती, समाचार
यस वर्ष विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ। यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतबार भएको थियो । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको थियो । गत साउन महिनामा अधिक मास परेका कारण बिसं २०८०को बडादसैँ असोज अन्तिमदेखि सुरु भएको हो । कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ।कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिष को तिर्सना । नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको सम्झना बिर्सना सल लल ल... सायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकै बेला आवश्यक पर्न सक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुस्ट उपहार...