सम्पर्क

राजनिती

सहमतिकै आधारमा काम गर्न नगर प्रमुख सापकोटाको आग्रह

#, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाले आफु नगरपालिकाका सबै वडा र सबै नागरिकको अभिभाक भएकाले कुनै पनी राजनिती दल तथा कसैको दबाबमा रहेर काम नगर्ने नगरका सबै नागरिकलाई समान व्यवहार गरीरहेको बताउँनु भएको छ । नगर प्रमुख सापकोटाले वडा नं. ९ को उपभोक्ता समितीका बिबादका बारेमा वडाअध्यक्षहरु सहितको प्रतिनिधीसँग कुरा गर्दे यस्तो बताउँनु भएको हो । उहाँले वडा नं ९ का दलित बस्ती बिकासका लागी बजेट बिनियोजन गरेको तर आफुले उपभोक्ता समिती गठनमा कुनै दबाब नदिएको तर आफुसँग यस बारेमा कुरा गर्न आएकालाई वडामा बसेर समस्या समधान गर्न अनुरोध गरि पठाएको बताउँनु भयो । नगर प्रमुखको कार्यकक्षमा भएको छलफलमा सापकोटाले आफू जहिल्यै पनि सहमतिको पक्षमा रहेकोले सहमतिकै आधारमा उपभोक्ता समिति बनाउन पहल गर्न वडाध्यक्ष श्रेष्ठलाई निर्देशन दिनुभयो । उहाँले ‘सबै प्रमुख दलका प्रतिनिधिलाई...

एमाले चितवनको अध्यक्षमा पाठक

राजनिती, समाचार
भरतपुर (चितवन), १६ जेठ : नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित हुनुभयो । प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो । अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनित २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए । रासस...

आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको पूर्णपाठ

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभयो । बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोडअर्थात् ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोडअर्थात् १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ६७ अर्ब २८ करोडअर्थात् १९ दशमलव ७४ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा छ दशमलव दुई प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१ दशमलव ५६ प्रतिशतले बढी हो । बजेट हेर्न यँहा थिच्नुहोस Budget-2081.082 कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार खर्ब आठ अर्ब ८७ करोड विनियोजन गरिएको छ । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरेर सहमतिका साथ अघि बढ्न आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना भनाइ राख्नेक्रममा उहाँले सदनलाई मर्यादित रुपमा अगाडि बढाउन सबै दलहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । “सदनलाई मर्यादित रुपमा अगाडि बढाऔँ । सदनमा झडपको अवस्था सिर्जना हुनु राम्रो होइन, देशलाई आशा र भरोसा जगाउन सबै जिम्मेवार बनौँ । हूलहुज्जत र बल मिचाइले सदन चन्दैन”, उहाँले भन्नुभयो । सहकारी संस्थाहरुको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्दा व्यक्तिविशेषलाई केन्द्रित नगरी समग्र समस्या हल गर्नेगरी गरिनुपर्ने उहाँको भनाइ छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई विभिन्न सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लगाउँदै आएकामा लामिछानेले भने त्यसको प्रतिवाद गर्नुभयो । “सहकारीका विषयमा अदालतमा...

२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
देबीका क्षेत्री मगर,सुनसरी, ५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउनका निम्ति पार्टीभित्रका आन्तरिक समस्याको अन्त्य गर्दै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभएको छ ।नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । सुनसरी जिल्ला हरेक हिसाबले सम्पन्न जिल्ला भएको भन्दै पार्टीको अवस्था पनि राम्रो भएको जिल्ला भएकाले पार्टीभित्र रहेका केही आन्तरिक समस्या हल गर्न सकेमा आगामी निर्वाचनमा पार्टीलाई एक बनाउन कुनैपनि तत्त्वले रोक्न नसक्ने बताउनुभयो ।  अहिले पनि संघ र प्रदेशको सरकारमा कुनै न कुनै रूपमा एमाले नेतृत्वमा रहँदै आएको भन्दै उहाँले सरकारको नेतृत्वमा बसेका मुख्यमन्त्री, मन्त्रीहरूले जनताले आस गरेको परिणाममुखी कामहरू, जनताले आस गरेको कामहरू ग...

आय आर्जनको काममा ध्यान दिन नगर प्रमुख तामाङको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
देवराज सुबेदी मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले तालिम, गोष्ठी जस्ता कार्यक्रम भन्दा पनि आयआर्जनसंग सम्बन्धित काममा लाग्न आग्रह गर्नुभएको छ । नगरपालिका स्तरीय दलित साझा सञ्जाल मेलम्चीको आयोजना तथा मेलम्ची नगरपालिकाको सहयोगमा आयोजित २ दिने दलित हक र अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रमको शनिबार मेलम्चीमा उद्घाटन गर्नुहुदैँ प्रमुख अतिथि तामाङले सिपमुलक तालिम लिएर आय —आर्जनका काममा लाग्नेलाई नगरले सहयोग गर्ने बताउनुभयो । हरेक वडा सदस्य तथा कार्यपालिकामा रहेका सदस्यहरुले दलित अधिकारका लागि के के गरे, योजनाहरुको लागि कति प्रयत्न गरेको छ चासो राख्नु पर्नेमा समेत उहाँले जोड दिनुभयो । आगामी दिनमा दलित हक अधिकार तथा विकास निर्माणका कार्यको बारेमा जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।उहाँले आगामी बर्ष आय आर्जन वृद्धि तथा अन्य उपयोगी कार्यक्रम ल्याएमा दलितका लागि बजेट थप गर्ने प्रतिवद...

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोकको गोसाइँकुण्ड मार्ग सडकको आज शिलान्यास गरिएको छ । हेलम्बु गाँउपालिकाको चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले समयमै काम सम्पन्न गराउन लागी स्थानीयलाई उल्लेख्य सुधार गर्न आग्रह गर्नुभयो । निर्माण व्यवशायीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने जिम्मा स्थानीयको भएकाले आवश्यक सहयोगको लागी आग्रह गर्नुभयो । मन्त्री दुलालले हेलम्बुमा सडक विकासको प्रारम्भ भएकाले अब विकासको कामले गतिलिने बताउनुभयो । प्रदेशले मेलम्ची ग्याल्थुम,किउल तिम्बु हुँदै मेलम्ची घ्याङ सडकलाई प्रदेशले गुरु योजनाको रुपमा अगाडी बढाएको भन्दै अहिले तत्कालै मेलम्ची खानेपानीले हेर्ने भएकाले बजेट हालेर काम गर्न कानुनी जटिलता भएपनि विभिन्...

बर्तामान सरकार कागजी प्रकृयामामात्रै रहेको सग्रौलाको दाबी

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डिला सग्रौला ले बर्तमान सरकार कागजी प्रकृया पुरा गर्न मात्र जानेको , देसका नागरिकको हितमा काम गर्नुका साटो भ्रष्ट, अनियमितता गर्ने हरुको हितमा काम गरेको स्पष्ट भएको बताँउँनु भएको छ । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ बाह्रबिसेमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । बुधबार नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै सग्रौलाले केपि ओली नेतृत्वको सरकारले गिरिबन्धु टिस्टेट जग्गा प्रकरणमा भएको अनियमितता माथि छानबिन गर्नुपर्ने बताउनु भयो ।बर्तमान सरकार कर्मकान्डी र कागजी प्रक्रिया पु¥याउन मात्रै लागि परेको छ, अहिलेको गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नस्सक्ने सग्रौलाले आरोप लगाउनु भयो। एमाले, माओवादी लगायतको अहिले सरकार नागरिक प्रती उत...

नेबिसंघ सिन्धुपाल्चोकद्धारा जिप्रकामा ज्ञापन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाल बिद्यार्थी संघले बुधबार प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य मार्फत प्रधान मन्त्रीको कार्यलयलाइ ज्ञापन पत्र बुझाएको छ । नेपाल बिद्यार्थी संघ केन्द्रिय कार्यसमितिको परिपत्र अनुरुप “जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाइएको नेपाल बिद्यार्थी संघले जनाएको छ ।  ...

अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा भएको दमनको भत्र्सना

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा भएको दमनको भत्र्सनागर्दै न्यायोचित माग पुरा गर्न नेपाली काग्रेसले सरकार सँग माग गरेको छ । काँग्रेसले बुधबार बिज्ञेप्ती जारी गर्दै पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ सँग सम्बन्धित सामुदायिक सहायता सेवामा उल्लेख भएको व्यक्तिगत सहयोगीको माग गर्दै विगत दुई हप्तादेखि निरन्तर काठमाडौको रत्नपार्कमा अपाङ्गता भएका व्यक्तिहरुको धर्ना, अनसन तथा सडक आन्दोलन भइरहेकोमा आजको शान्तिपूर्ण सडक आन्दोलनमा प्रहरी दमन र धरपकड भएको छ । धरपकडमा अपाङ्गता भएका केही व्यक्तिहरु घाइते भएका छन् । आन्दोलन संयोजक विकास थापा लगायत करिब दुई दर्जन अपाङ्गता भएका व्यक्तिहरु पक्राउ परेका छन् । अपाङ्गता भएका व्यक्तिहरुको संवेदनशीलतामाथि ख्यालै नगरी भएको यस प्रकारको दमन र धरपकडको नेपाली कांग्रेस घोर भत्...