सम्पर्क

राजनिती

“स्थानियले स्थानिय स्तरमै गुणस्तरीय स्वास्थ सेवा पाउनुपर्छ” कृष्ण कुमार तामाङ (समीर)

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
बागमती प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङ (समीर)ले सिन्धुभ्यालिका स्थानीयबासिहरुको आवश्यकता अनुरुप “स्थानियले स्थानिय स्तरमै सहज र सुलभ रुपमा गुणस्तरीय स्वास्थ सेवा उपभोग गर्न पाउनुपर्छ” भन्ने लक्ष्यका साथे निर्माणाधिन एकीकृत सेवा केन्द्रको भवनमा अत्याधुनिक प्रबिधीयुक्त मेडिकल ल्याव स्थापना गरि संचालन गर्नको लागि आफुले पहल गरिरहेको बताउनुभयो । माननीय तामाङ (समीर)ले मेलम्ची –३,हैबुङ्गमा निर्माणाधिन एकीकृत स्वास्थ सेवा केन्द्रको अवलोकन गर्ने क्रममा यस्तो बताउँनु भएको हो । अबलोकनका क्रममा प्राबिधिक टोलिलाई सांसद तामाङले स्वास्थ्य मन्त्री मोहन बस्नेतको निर्देशनमा आफुले सिन्धुपाल्चोकको विकासका लागी निरन्तर सक्रिय रुपमा काम गरिरहेको बताउनुभयो ।मेलम्ची नगरपालिका वडा नम्बर १,२,३,४ र ५ (सिन्धुभ्यालि) लाई समेट्ने गरि मेलम्ची –३,हैबुङ्गमा एकीकृत स्वास्थ सेवा केन्...

सिन्धु काँग्रेस र मन्त्री चित्रकार बिच भेट

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेसका महासमिती सदस्य तथा बागमती प्रदेस उद्योग तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार ले जननेता बिपी कोइराला, गिरीजा प्रसाद कोइरालाको जस्तो काम गर्न नसके पनी काम र्ने प्रयास भने गरिरहन पर्ने बताउँनु भएको छ । उँहाले काँग्रेसका साथीहरुले उँहाहरुको बिचारलाइ अङ्गालेर हिड्दा मात्र पनी उँहाहरुको दाँजोमा पुगेको मान्न पर्ने बताउँदै उँहाहररुले देखाएको मार्गमा काम गर्न सके नागरिकको समस्या समधान गर्न सहज हुने बाउँनु भयो । नेपाली काँग्रेस सिन्धुपाल्चोकको पाटी कार्यलयमा सिन्धुपाल्चोकका महासमिती सदस्यहरु तथा जिल्लाका नेताहरु सँगको भेटमा उँहाले नेपाली काँग्रेसका पश्चीमका साथीहरुलाइ परेको समस्या समधान गर्न पुर्बका साथीहरुले सहयोग गर्न पर्ने र पुर्बकासाथीहरुलाइ समस्या पर्दा पश्चीमका साथीहरुले सहयोग गर्न पर्ने परिपाटी रहेको बताउँनु भयो । भेटमा सिन्धुपाल्चोकका पुर्ब पाटी सभापती श्याम बहादुर श्र...

शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा : बर्सेनि पाँच लाख कमाई

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
गलकोट (बागलुङ), ३ पुस : धेरै जागिरेहरू अवकाशपछि आराम गर्नुहुन्छ तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाक्नु भएन । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उहाँ सुन्तलाखेतीमा रमाउँदै आउनुभएको छ ।शिक्षक पेसाबाट अवकाश हुनुभएका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाउनुभएको १० वर्ष भयो । उहाँ सुन्तलाखेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी गर्न सफल हुनुभएको छ । शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त गर्नुभएका खड्काले मासिक रु ३५ हजार पेन्सन बुझ्दै आउनुभएको छ ।आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्ट बनेको खड्काले बताउनुभयो । उहाँले आठ रोपनी जग्गामा लगाउनुभएको सुन्तला यसपटक चितवनका बजार पुगेको छन् । विगतका वर्षमा धादिङ र पोखराका बजारमा पुगेका सिगानाको सुन्तला चितवनमा पुगेको हो ।दुई सय सुन्तला...

ज्यान बाहदुर को अध्यक्षतामा सिन्धु लोकतान्त्रीक आदीबासी जनजाती महासघ

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
ज्यान बाहदुर तामाङको अध्यक्षतामा लोकतान्त्रीक आदीबासी जनजाती महासघं को जिल्ला कार्य समिती गठन भएको छ । जस्मा उपाअध्यक्ष निमा बोम्जन सचिवमा बिमल श्रेष्ठ,सह सचिवमा सुस्मिता तामाङ ,सदस्यहरुमा निल बहादुर तमाङ (सुमन)हरिमान श्रेष्ठ,निमा ग्याल्वो लामा र सल्लाहाकार मा अमिर बहादुर श्रेष्ठ मनोनित हुनु भएको छ । सिन्धुपालचोक जिल्ला सभापती जंग बाहदुर लामाको बिशेष उपस्थितीमा उक्त कार्य समितीका पदाधिकारहिरुको मनोनित गरिएको हो। कार्यक्रममा , लोकतन्त्रबादी आदीवासी जनजाति महासंघ सिन्धुपाल्चोकका लागी केन्द्रीय प्रतिनिधी एवं वाग्मती प्रदेश सभा सदस्य छत्र बहादुर बोम्जनको रोहबरमा र आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष ज्यान वहादुर तमाङ को अध्यक्षतामा कार्य समितीको चयन भएको नेपाली काँग्रेस सिन्धुपाल्चोकका प्रबक्ता नबराज भट्टराइले जानकरी दिनु भयो । उँहाका अनुसार नव गठीत कार्य समितीले पालिका स्तरमा स...

पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था थिएनः अध्यक्ष ओली

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्वमा सरकार भयको बेला मेलम्चीको पानी काठाण्डौ लाने काम भएको बताउँनु हँुदै पाटीको नेतृत्वमा सरकार नभएको भए अहीले सम्म पनी मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था नै नहुने दाबी गर्नुभयो ।आईतबार नेकपा एमालेको झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा अन्तरगत सिन्धुपाल्चोक जिल्लाको बाहुनेपाटीमा एक कार्यक्रमको प्रमुख अतिथिको असनबाट बोल्दै यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गर्नुभएको थियो । मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौंवासीका लागि पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।अध्यक्ष ओलीले भन्नुभयो, ’यस यात्राको क्रममा अहिल...

वाइसेल चौतारामा बेल बहादुर

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) को सहायक संगठन वाइसेल नेपाल चौतारा साँगाचोकगढी नगरपालिकाको तेस्रो सम्मेलनबाट बेलबहादुर नेपाल नगर अध्यक्ष बन्नु भएको छ ।नेपालको अध्यक्षतामा ७५ सदस्यीय नगर समिति चयन भएकोछ । समितीका उपाध्यक्षमा भिम गुरूङ, सह सचिवमा सुबास बिक, सदस्यहरुमा सन्देश श्रेष्ठ ,रबि श्रेष्ठ, अञ्जना श्रेष्ठ लगाएत ७५जना सदस्य चयन हुन भएको छ। चौतारा साँगाचोकगढी नगरपालिकाको तेस्रो सम्मेलन नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य  तथा बागमती प्रदेश भौतिक योजना विकास मन्त्री युवराज दुलाल को  विशेष आतिथ्यतामासम्पन्न भएको नेकपा माओबादी केन्द्र नगर समितीका उपाध्यक्ष तारादेबी रानाले जानकारी दिनु भयो । उँहाका अनुसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कृ...

रसुवा सहित तिन जिल्ला समन्वय प्रमुख चौतारामा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वर प्रसाद थापा, जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण प्रसाद अधिकारी र जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरे सहितको टोलीले सिन्धुपाल्चोक जिल्ला समन्वय प्रमुखसँँग भेट गर्नुभएको छ । भेटघाट तथा भ्रमणको सिलसिलामा सिन्धुपाल्चोक आइपुग्नु भएका समन्वय प्रमुखहरुले सिन्धुपाल्चोकमा भए गरेका कामहरुका बारेमा चासो राख्नुभएको थियो । सोही अवसरमा आ–आफ्ना जिल्लाका गतिबिधीका बारेमा समेत जानकारी गराईएको जिल्ला समन्वय समिति सचिवालय सिन्धुपाल्चोकका प्रेम दङ्गालले जानकारी दिनुभयो।उँहाका अनुसार जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको सभाहल चौतारामा जिल्ला समन्वय समितीका प्रमुखहरुलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले स्वागत गर्नु भएको थियो । समन्वय प्रमुख श्रेष्ठले अतिथी सत्कारका साथै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । भेटघाट सकार...

वडा सदस्यलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा जाहेरी

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ का बलराम गिरी लगाएत १० जनाले आफुहरुलाई अभद्र व्यवहार गर्दै आफुहरुको ज्यान मार्ने धम्की दिएको सोही वडाका वडा सदस्य दिलीप गिरीले बताउँनु भएको छ । वडा सदस्य गिरीले आफुहरु जनप्रतिनिधी भएका कारण समाजमा बिकास निर्माणका कामहरु देखी लिएर बिभिन्न सामाजिक कामहरुका साथ प्रत्यक्ष वडाबासीकहाँ पुग्न पर्ने भएकाले जुन बेला जे पनी हुन सक्ने भन्दै सुरक्षाका समेत माग गरिएको बताँउनु भयो । उहाँले जिल्ला प्रहरी कार्यालयमा बुझाएको निबेदनमा स्थानीय बलराम गिरी सहितको उक्त अराजक समुहले खानेपानी, सिचाइ, तथा सडक खन्ने बिषयमा सरोकार वालाहरुलाई बोलाइ उपभोक्ता समितीका बारेमा छलफल गर्न लाग्दा मंसिर १४ गते दिनको १ बजेका समयमा एक्कासी बैठक हलमा प्रबेस गरी कार्यालय प्रमुख वडा सचिब लक्ष्मी प्रसाद धमलालाई जबर्जस्ति सचिबको कुर्सीबाट हटाएर हातपात गरी वडा कार्यलयबाट बाह...

जुगलको बिकट गुम्बा गाउँमा विद्युतीकरण उद्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकास्थित बिकट गुम्बा गाउँमा विद्युतीकरण सुरु भएको छ । प्रतिनिधि सभा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता माधव सापकोटा ’सुबोध’ले मंगलबार विद्युतीकरणको उद्घाटन गर्नु भए को हो ।सांसद सापकोटाले गुम्बा गाउँमा आयोजित कार्यक्रममा विजुली बालेर कार्यक्रम सुभारम्भ गर्नु भएको हो ।गत बर्ष सुरु विद्युतीकरण कार्यक्रममार्फत जुगलका लेकाली गाउँहरु अम्बाखर्क, क्याङसिङ र गुम्बा गरी तीन गाउँमा बिजुली बलेको छ । निवर्तमान सभामुख, माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्नीप्रसाद सापकोटा र प्रतिनिधिसभा सदस्य माधब सापकोटाको बिशेष पहलमा जुगल गाउँपालिका ३ ( साबिकको गुम्बा गा. वि. स. ) को गुम्बा, क्याङसिङ र अम्बाखर्कमा बिजुली बलेपछि स्थानीय खुसी भएका छन् । जनप्रतिनिधि नहुँदै जुगल हिमाल आरोहणमा सहभागी हुनुभएका सापकोटाले सो क्षेत्रमा निर्वा...

मेलम्ची नगरपालिकाको आफ्रनै लोगो

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले आफ्नो लोगो (प्रतिक चिन्ह) सार्वजनिक गरेको छ । मेलम्ची नगर समृद्धिको आधार,कृषि पर्यटन, उद्योग र जलाधार भन्ने लक्ष्यका साथ नागरिकहरुको सहज र सरल पहुँचमा सार्वजनिक सेवा प्रवाहका लागी प्रतिबद्ध नगरपालिकाले आफ्नो छुट्टै लोगो प्रतिक चिन्ह सार्वजनिक गरेको हो । नगरपालिकाले गत असोज ४ गते लोगो डिजाइनका लागी प्रस्ताव आह्वान गरेको थियो । सार्वजनिक लोगोमा नेपालको झण्डा, पर्यटकीय क्षेत्र गुफाडाँडामा पदयात्री, हरियो पहाड र उर्बर भूमिको किनारा हुँदै बगेको मेलम्ची र इन्द्रावतीको दोभान, स्वच्छ र शान्तीको प्रतीकमा नीलो रङको हात, पहेँलो अन्न कृषिलाई उजागर गरिएको र जलश्रोतको धनीका रुपमा पहिचान गरिएको मेलम्चीलाई पानीको थोपाको आकार दिइएको डिजाइनर विजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार लोगो नगरपालिकालाइ हस्तान्तरण गर्दै श्रेष्ठले लोगोले मेलम्चीको छुट्टै पहिचान झल...