सडकमा लगानी, बालुवामा पानी
रुपक पुरी ÷चौतारा
सडकले नै समृद्धि ल्याउने कुरामा दुईमत छैन । तर सिन्धुपाल्चोकका अधिकाँश सडक वर्षासँगै हिलाम्मे भएका छन् । स्थानीय तहले बनाएका शाखा सडकको त कुरा छोडौं, जिल्लाका मुख्य सडकहरु पनि वर्षाका कारण राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । विकास बजेटमा सबैभन्दा बढी खर्च हुने सडक नै बिना योजना निर्माण गरिँदा वर्षैपिच्छे स्तरोन्नतिका नाममा अनावश्यक बजेट सक्ने माध्यम बन्दै आएका छन् ।गाउँमा सडक पु¥याउन स्थानीय तहले विकास बजेटको ५० देखि ८० प्रतिशतसम्म लगानी गर्छन् । त्यति मात्रै होइन, प्रदेश तथा केन्द्र सरकार, निर्वाचन पूर्वाधार विशेष कार्यक्रममा समेत ग्रामीण सडकको स्तरोन्नतिका योजनाले प्राथमिकता पाइरहेका छन् । तर, सडकमा बर्षेनि गरिएको लगानी बालुवामा पानी हालेसरह छ । बाह्रै महिना सञ्चालन हुने सडकको दूरी मुस्किलले ८० किमि जति छ । ‘हाम्रो तथ्यांकमा बाह्रै महिना चल्ने सडक भनेको त्यस्तै ७५–८० क...
