नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा नेपाल सरकारको पुर्व स्वास्थ मन्त्री मोहन बहादुर बस्नेतले काँग्रेस एकढिक्का भएर अघि बढ्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं.१ को आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सम्वद्ध भातृ संगठन तथा कार्यकर्ताले अझ दृढ भएर पार्टीलाई बलियो बनाउने र समाज परिवर्तनमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
उहाँले कांग्रेस इतिहांस, वर्तमान र भविष्य बोकेको पार्टी भएको बताउदै कुनैपनि दलसंग कांग्रेसको तुलना गर्न नमिल्ने भन्दै दलका शिर्ष नेताले मुलुकलाई बचाउनकै लागि पदीय लोभ छोडेर एक कदम पछि बसेर काम गरिरहेको बताउनुभयो ।
हामीले बुझ्न जरुरी छ, पार्टीले मुलुकलाई द्धन्द्धमा फंस्न नदिनका लागि सरकारलाई झकझकाउने, सुझाव दिने काम गरिरहेको छ, उहाँले भन्नुभयो, “ईमान्दारिताको अहोदा बोकेको कांग्रेस पार्टीका कार्यकर्ताले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने काम गर्नुपर्छ ।” यसैगरि उद्योग काँग्रेस नेता तथा सिन्धुपाल्चोक बाणिज्य संघका अध्यक्ष तथा बुद्धराज बस्नेतले कार्यकर्ताको जागरुकता सेलाउंदा पार्टीलाई असर पर्ने भएकाले युवाहरु गम्भिर भएर पार्टीको काम, आफ्नो जिम्मेवारीमा पुर्ण बन्नुपर्ने बताउनुभयो । आगामी वर्ष कांग्रेसले आफ्ना कार्यकर्ता तथा अग्रजबाट पार्टीलाई थप बलियो बनाउने काम गरेर उर्जा थप्न भुमिका खेलीनुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रमको सभापतित्व गर्नुभएको क्षेत्रीय सभापति तथा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले आफु नगरको जनप्रतिनिधि भइरहंदा विश्वमाझ चिनाउनेगरि काम गरिरहेको बताउनुभयो । नगरको शिक्षा, स्वास्थ्य, कृषीलाई बिशेष प्राथमिकतामा राखि काम गरिरहेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव तथा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहरा, पुर्व अरनिको प्रालिका अध्यक्ष केदार क्षेत्री लगायतले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।
सोही अवसरका नेपाल लोकतान्त्रिक खेलकुद संघका क्षेत्र, प्रदेश र पालिका प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए । सोही कार्यक्रमा (नेकपा) एमाले पार्टी र (नेकपा)माओवादी केन्द्र पार्टी परित्याग गरी सयौंको संख्यामा नेपाली कांग्रेस प्रवेश गर्नेलाई प्रमुख अतिथि बस्नेतले अविर खादा लगाई स्वागत गरेको थियो ।