पाँचपोखरी थाङपाल गाउँपालिका १ बाँसखर्कमा नेकपा एमालेको वडा केन्द्रित ३ महिने जरा अभियानको अभिमुखीकरण तथा सम्मान कार्यक्रम गरिएको छ ।

नेकपा एमाले पाँचपोखरी थाङपाल वडा नं १ कमिटी अध्यक्ष न्हेमा थिङको सभापतित्वमा, नेकपा एमालेका केन्द्रिय सदस्य सुवास कर्माचार्यको प्रमुख आतिथ्य र विशेष अथिती जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठ ,नेताहरु टासी लामा ,पालिका कमिटि अध्यक्ष सुर्यमान दोङ , वडा अध्यक्ष आलोककुमार स्याङ्बो, सोमर बोम्जन लगायतको उपस्थितिमा वडा केन्द्रित ३ महिने जरा अभियानको अभिमुखीकरण तथा सम्मान कार्यक्रम वडा नं १ मन्दिगाउँमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य सुवास कर्मचार्यले निति सिद्धान्तमा रहि पाटिलाई मजबुत बनाउन आग्रह गर्नुभयो । उहाँले गुट उपगुट त्यागेर अघि बढ्न आग्रह समेत गर्नुभयो ।त्यस्तै जिल्ला अध्यक्ष श्रेष्ठले पाटिलाई भ्रम छरेर चारै तिरबाट आक्रमण भै रहेकाले नेता कार्यकर्तले यसलाई बिचलित नभै चिर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा ६५ जनालाई पाटी स्थापना देखि हाल सम्म पाटिमा योग्दान पुर्याउने ब्यक्तिहरुला सम्मान कार्यक्रम पनि गरिएको पालिका कमिटि सदस्य बुद्धनारायण श्रेष्ठले जानकारी दिनुभयो ।