दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
कतारमा रहेका धादिङेहरुको साझा संस्था धादिङ सेवा समाज कतारले नेपालीहरुको नयाँ बर्ष २०८२ को अवसर पारेर “बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
“धादिङ सेवा समाजको मुल मर्म,समाजसेवा नै हो मानविय प्रमुख धर्म“ भन्ने मुल नारालाई आत्मसाथ गर्दै गृह जिल्लाका चेपाङ समुदायलाई सहयोग्रार्थ गर्ने उद्धेश्यका साथ समाजले “नयाँ बर्ष धमकाको साथमा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको हो । नयाँ बर्ष धमाका कार्यक्रमको मुख्य आकर्षणमा पछिल्लो समयका चर्चित गायक मिलन लामा कतार आउने समाजका अध्यक्ष आयुष घलेले जानकारी दिनु भएको छ । गायक लामाका कृष्ण भिरमा जाम , हङ्कङ आईडिले माझीदाई पोखरा फेवातालको , छम्म छम्म नाचिदेउ,जुम्ला कालिकोटको,बेसारेको मन छईन मुखमात्रै,बारीमा बन्सो,गल्कोटे साईलो जस्ता सयौ गित सर्वाधिक चर्चामा छन् । अतिथी कलाकार लामाको साथमा कतारमा रहेका दुई दर्जन भन्दा बढी स्थानीय कलाकारहरुको समेत सांगीतिक प्रस्तुति सगैं साथमा विविध मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने कार्यक्रम संयोजक गौतम वाईबा तामाङले लोकप्रिय राष्ट्रिय दैनिकलाई बताउनु भयो ।
साँस्कृतिक कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्था,समाजसेवी,बुद्धिजीवी कलाकार,पत्रकार तथा दोहाबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थित भएर भरपुर्ण मनोरञ्जन लिनको लागी धादिङ सेवा समाज कतारले अनुरोध समेत गरेको छ ।आगामी अप्रेल ११ तारिकका दिन मुन्ताजामा रहेको पियरलिङ सिजनल स्कुलको सभाहलमा बिहान १० बजे देखि कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको छ
लोकप्रिय राष्ट्रिय दैनिक समेत उक्त कार्यक्रमको सञ्चार सहयोगीको रुपमा रहेको छ । कार्यक्रममा शरिक हुन चाहाने टिकट होल्डरहरुको लागी कतारका विभिन्न स्थानहरु बाट निशुल्क यातयातको ब्यवस्था समेत रहेको छ ।थप जानकारीको लागी समाजका अध्यक्ष आयुष घले,३०१०७०६८,कार्यक्रम संयोजक गौतम वाईबा ३१४१६४२७,महासचिव रामहरी श्रेष्ठ ३०६८८२८२ सम्पर्क गर्न सकिने छ ।