दर्शन सुनार /लोकप्रिय दैनिक, कतार
स्याङ्जा सहयोग समाज कतारको मातहतमा रहेको भिरकोट नगर ईकाईले पाँचौ अधिवेशन तथा “आठौ बार्षिकोत्सव“ भब्य रुपमा सम्पन्न गरेको छ ।“स्याङ्जा सहयोग समाजको चाहना,बिशुद्ध सामाजिक सेवाको भावना“ भन्ने मुल नाराका साथ लिल बहादुर रोकाको नेतृत्वमा नयाँ कार्य समिति चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो ।
शुक्रबार वेलफेयर रेष्टुरेन्टको सभाहलमा खुल्ला शत्र र बन्द शत्र गरि दुई चरणमा सम्पन्न अधिवेशनको बन्द शत्रबाट आगामी एक कार्यकालका लागी लिल बहादुर रोकाको अध्यक्षतामा ११ जनाको सदस्यीयतामा नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको हो ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा कमल रोकाहा,प्रथम उपाध्यक्षमा बिवेक अर्याल,दित्तिय उपाध्यक्षमा पवन केसी,तृतीय उपाध्यक्षमा मञ्जुर मिया,महासचिवमा रमेश बि क,सचिवमा देउ बहादुर बिक,सह सचिवमा रमेश बिक, कोषाध्यक्षमा मोहम्मद अली,सह–कोषाध्यक्षमा भक्त बहादुर राना र सदस्यमा यम बहादुर बिक निर्वाचित हुनुभएको छ । बाकी रहेका रिक्त पद नयाँ कार्यसमितिले पहिलो बैठकमा मनोनीत गर्ने बताएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण निर्वाचन समितिका संयोजक कमल प्रसाद न्यौपानेले गराउनु भएको थियो ।
भिरकोट नगर ईकाईका अध्यक्ष लिल बहादुर रोकाको सभापतित्व तथा स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष घनश्याम जैसीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । बिधिगत रुपमा नेपाली नौमती पञ्चेबाजालाई पुजेर ब्यानर अनावरण तथा दिप प्रज्वलन सगैं आठौ बार्षिकोत्सवको अवसरमा केक काटेर समुद्धघांटन गरिएको कार्यक्रममा कलाकार सुधा परियारले स्वागत नृत्य पेश गरेकी थिईन ।ईकाईका प्रथम उपाध्यक्ष मनु अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा समाजले दुई बर्षे कार्यकालमा गरेका अत्यन्तै राम्रा कामहरुको आयब्य प्रगति बिवरण कोषाध्यक्ष देब बहादुर बिकले पेश गरेका थिए ।कार्यक्रममा स्याङ्जा सहयोग समाज कतारको मातहतमा रहेका विभिन्न ईकाईका पदाधिकारीहरु,कलाकार पत्रकार सगैं कतार भ्रमणमा रहेका गण्डकी प्रदेशका पुर्व कप्तान खोम प्रसाद पान्डेको समेत उपस्थिति रहेको थियो ।
कतार भ्रमणमा रहेका गन्डकी प्रदेश भलिबल टिमका पुर्व कप्तान खोम प्रसाद पान्डे (हरि)लाई दोसल्ला ओढाएर मायाको चिनो र प्रमाणपत्र सहित संस्थागत सहयोग स्वरुप नेरु एकाउन्न हजार रकम समेत हस्तान्तरण गरिएको थियो ।अधिवेशनका अवसरमा समाजले आयोजना विभिन्न कार्यमा विभिन्न कोणबाट सहयोग गरेका ईकाईका अध्यक्षहरु, समाजका विशिष्ट ब्यक्तित्वहरु,संरक्षक, सल्लाहकार कार्यक्रममा सहभागी कलाकारहरु तथा पत्रकारलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो । कर्मभुमि कतारबाट मातृभुमी नेपाल फर्कनको लागी कम्पनीले हवाई टिकट न दिएर समस्यामा परेका सुधुरपश्चिम् बैतडी जिल्ला दशरथ चन्द्र नगरपालिका वार्ड न ५ का भलिबल खेलाडी सहयोगी शेरशिङ्ग नेपालीलाई समाजले ४६,५०० नेरु सहयोग गरिएको थियो ।
नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीले आफ्नो मन्तव्य बोल्दै भलिबल खेलको माध्यमबाट स्याङ्जा जिल्लाको नाम उत्कृष्ट राख्न र आगामी दिनमा थप प्रगतिको शुभेच्छा प्रकट गर्दै पुर्व कप्तान खोम प्रसाद पाण्डेलाई एकाउन्न हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी जैसीले आफ्नो मन्तव्य बोल्दै स्याङ्जा सहयोग समाजको मातहतमा रहेका ईकाईहरु केन्द्रको दरिलो खम्बाहरु भएर कतार तथा गृह जिल्ला स्याङ्जामा भईपरी आउने सामाजिक कार्यमा एक्यवद्धता भएर अगाडी बढन आग्रह गर्नुभयो । जैसीले अब आउने कार्यसमितिले स्याङ्जा सहयोग समाज सगं हातेमालो गरेर सामाजिक हक र हितका लागी अत्यन्तै राम्रा काम गर्नेमा बिश्वास समेत व्यक्त गर्नुभयो । महासचिव विवेक अर्यालले सहजीकरण गरेको खुल्ला शत्रको समापन गर्दै सभापति रोकाले आफ्नो कार्यकाललाई भब्यताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई एक मुष्ठमा धन्यवाद व्यक्त गर्नुभयो ।
