सम्पर्क

राजनिती

राहत शिक्षक समिति सिन्धुपाल्चोकद्धारा ध्यानकर्षण

राहत शिक्षक समिति सिन्धुपाल्चोकद्धारा ध्यानकर्षण

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाल राहत शिक्षक ;सिन्धुपाल्चोकले राहात शिक्षक सम्बन्धमा प्रकाशीत समाचारहरु प्रती ध्यानकर्षण भएको जनाएको छ । नेपाल राहत शिक्षक समिति सिन्धुपाल्चोकको बारेमा केहि सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको समाचार प्रति जिल्ला समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिज्ञेप्ती प्रकाशन गरेको छ । समितीका अध्यक्ष राजेन्द्र सापकोटाद्धारा जारी बिज्ञेप्तीमा नेपाल राहत शिक्षक समिति २०६३ साल देखि पेसागत रुपमा एकतावद्द हुँदै आएको जगजाहेर नै छ । मिति २०८२ जेठ २४ गते शनिवारको दिन चौतारामा जिल्ला समिति, पालिका अध्यक्ष साथै केन्द्रिय सचिव, केन्द्रीय सदस्यबीच नियमित बैठक छलफल भैरहेको बखतमा त्यस वैठकमा जिल्ला उपाध्यक्ष श्री गुणकेसरी श्रेष्ठ उपस्थित नभई सुकुटेमा गएर अर्को भेलामा उपस्थित हुनु आफैमा विरोधाभास हुदैन र ? उक्त भेलाबाट समानान्तर समितिको अध्यक्ष बन्नु सम्पूर्ण राहत शिक्षकको भावना विपरित हुँदैन र ? केही...

नेकपा एकीकृत समाजवादीद्वारा मेलम्ची नगरपालिकामा १२ बुँदे मागपत्र पेश

राजनिती, समाचार
 नेकपा (एकीकृत समाजवादी) मेलम्ची नगर समितिले नगरप्रमुख आइतमान तामाङ समक्ष १२ बुँदे मागपत्र पेश गरेको छ । नगरवासीको जनजीविकासँग जोडिएका विषय समेटिएको उक्त मागपत्रलाई नगरप्रमुख तामाङले महत्वपूर्ण भन्दै आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष विनोद खनालका अनुसार सो मागपत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि प्रवद्र्धन, नदी कटान रोकथाम, युवालाई स्वरोजगार कार्यक्रम लगायत जनपक्षीय विषयहरू समेटिएको छ । अध्यक्ष खनालले नगरप्रमुखको सकारात्मक धारणा स्वागतयोग्य रहेको बताउँदै, माग सम्बोधनमा पार्टीको तर्फबाट निरन्तर संवाद र दबाब जारी रहने जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रिय सदस्य इन्द्रमाया गुरुङ , नगर अध्यक्ष रामलाल बिक, सचिव सहदेव तिवारी लगायत सहभागी हुनुहुन्थ्यो । त्यसैगरी, नेकपा (एकीकृत समाजवादी) पाँचपोखरी थाङ्पाल गाउ...

कुमार बस्नेतद्वारा शिक्षासामग्री वितरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जेठ १९ – सुनकोशी ५ रतनकोट आधारभूत बिद्यालयमा पुर्व स्वस्थ मन्त्रि मोहन बहादुर बस्नेतको निर्देशनमा सुनकोशी गाउँपालिका वडा नं. ५ का नेपाली काँग्रेस वडा सभापति तथा समाजसेवी युवानेता कुमार बस्नेत र उहाँकी धर्मपत्नी सावित्री खड्का बस्नेतको ब्यक्तिगत सहयोगमा रतनकोट आधारभूत विद्यालयका कक्षा ECD देखि ५ सम्म अध्ययनरत ३७ जना विद्यार्थीहरूलाई अंग्रेजी पुस्तक, स्टेशनरी सामग्री र ज्यामितीय शैक्षिक सामग्री वितरण गरिएको छ।शिक्षामा समान पहुँच र गुणस्तरीय सिकाइ सुनिश्चित गर्न सामुदायिक विद्यालयमा समेत अंग्रेजी माध्यमबाट पढाइको व्यवस्था होस् भन्ने उद्देश्यसहित यो महत्वपूर्ण पहल गरिएको हो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापनय समितिका अध्यक्ष स्याम कुमार लामाले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि युवा नेता कुमार बस्नेत हुनुहुन्थ्यो। विशेष अतिथि समाजसेवी प्रमोद लामा, विद्यालयका प्...

जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, १९ जेठ : पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो । दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो । तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उप...

‘कर्मचारीलाई क्षमताअनुसार परिचालन गरेमा उचित लाभ हासिल गर्न सकिन्छ’

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
पाटन (ललितपुर), १७ जेठः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा कर्मचारीको क्षमताअनुसार परिचालन गरेमा न्यायपालिकाले उचित लाभ हासिल गर्ने बताउनुभएको छ । न्यायपालिका अधिकृत समाजको आज ललितपुरमा आयोजित पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा अधिकृत समाजलाई संस्थागत उन्नयन र सामूहिक एकतामा आधारित रहेर काम गर्ने क्षमता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । देशभरिका अधिकृतले अपनत्व लिनसक्ने संस्थाको रूपमा अधिकृत समाज विकास हुनुपर्ने उहाँको भनाइ छ । न्यायपालिकामा क्रियाशील अधिकृतमा व्यवस्थापनदेखि प्रशासकसम्म समन्वय गर्नसक्ने भूमिका रहेने बताउँदै राउतले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सबै न्यायालयका कर्मचारीलाई आग्रह गर्नुभयो । “अधिकृत न्यायपालिकाको आधारस्तम्भ हो, यसको आधारमा सुधार गर्दै जानु जरुरी छ । मर्यादित, प्रतिष्ठित र निष्ठावान् न्यायपालिकाको कर्मचारी हुँदा सबैको शिर उँचो...

विद्यार्थीलाई दिवा खाजाका लागि रु १० अर्ब १९ करोड बजेट विनियोजन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ जेठः सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजा कार्यक्रमको रकम वृद्धिगरी रु १० अर्ब १९ करोड विनियोजन गरेको गरेको छ । त्यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने सरकारको भनाइ छ । सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो । उक्त कार्यक्रमका लागि रु एक अर्ब २९ करोड विनियोजन गरिएको छ । कार्यक्रमबाट १३ लाख छात्रा लाभान्वित हुनेछन् । “लक्षित समुदाय र विकट हिमाली जिल्लाका विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिइनेछ, मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्तिका लागि रु दुई अर्ब ४४ करोड विनियो...

आगामी आवका लागि रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठ)

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गर्नुभएको हो । “आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ रू चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमा नरू तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ”, अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत भन्नुभयो । बजेटले उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र...

बजेटमार्फत् के-के भयो करमा हेरफेर ?

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १५ जेठः सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै विभिन्न शीर्षकका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताउनुभयो । नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योग सरह आयकर र विद्युत महसुल छुट पाउने भएका छन् । त्यस्तै, सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने व्यवस्था ल्याइएको छ । नेपालमै बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशत मात्र आयकर लाग्ने र यो कर अन्तिम हुने व्यवस्था पनि सरकारले ल्याएको छ । बजेट वक्तव्यअनुसार रू १० करोडसम्मको वार्षिक कार...

कांग्रेसद्धारा समाचारको निन्दा र भत्र्सना

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाका बारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । नेपाली काँग्रेसका मुख्य सचिब कृष्ण प्रसाद पौडेलले एक बिज्ञेप्ती प्रकाशीत गर्दै यस्तो बताउँनु भएको हो । उँहाद्धारा जारी बिज्ञेप्तीमा ऐतिहासिक जनआन्दोलन २०६२÷६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलव्धी अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति श्री देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको छ । कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्था बारे उहाँको धारणा भनि संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैति...

गैरपेसागत कार्य नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
प्रेस काउन्सिल नेपालले देशका केही जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरी लगायतका जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासा आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।‘मिडियाको आवरण दिइ आफू पत्रकार भएको भन्दै गैरपेसागत क्रियाकलाप गर्ने, सरकारी÷गैरसरकारी एवं स्थानीय तहका कार्यालयमा गइ विज्ञापनको नाममा बार्गेनिङ गर्ने, धम्क्याउने, अनधिकृतरुपमा कार्ड बनाइ गैरपेसागत क्रियाकलापमा संलग्न गराउने, प्रेस कार्डको दुरुपयोग गर्दै कतिपय जिल्लाका सिमाना गएर धाकधम्की दिने, असुली गर्ने, पत्रकार सम्मेलन गराइदिने भनी पीडितसँगबाट रकम असुली गर्ने, युट्युब च्यानलमार्फत राष्ट्रियता/राष्ट्रिय एकताविपरी...