भ्रामक प्रचार नगर्न काँग्रेस सभापति लामाको अनुरोध
नेपाली काँग्रेस दोलखा जिल्ला सभापति बर्मा लामाले दोलखा जिल्लाको गौरीशंकर गाउपालिकामा हुने उपनिर्वाचनामा कसैसँग पनि गठबन्धन नहुने स्पष्ट पार्नुभएको छ । केहि व्यक्तिहरुले काँग्रेको जित निश्चित देखेपछि काँग्रेससँग आतिएर अन्तमा अरुलाई सहयोग गर्छ भन्ने खालको भ्रामक प्रचार गरिएको भन्ने सुन्नमा आएकोले आफ्नो ध्यानाकार्षण भएको बताउनुभएको छ । उहाँले नेपाली काँग्रेसको नेता स्व.श्यामसुन्दर तामाङको निधन पछि रिक्त रहेको उपाध्यक्ष पदमा उपनिर्वाचनमा १५ वर्ष अगाडीदेखि निरन्तर नेपाली काँग्रेस दोलखा जिल्ला अधिबेशन प्रतिनिधि रहनु भएकी र हाल बागमती प्रदेश महिला बिभाग सदस्य स्वा. श्यामसुन्दर तामाङको धर्म पत्नी नेपाली काँग्रेसका नेतृ पासदिकी शेर्पा तामाङ श्रीमानले अधुरो छोडेको सम्पूर्ण कार्य सम्पन्न गर्न कम्मर कसेर उमेदवा बन्नु भएको छ वहाँलाई रुख चिन्हमा मतदान गरि विजय गराउनुहुन गौरीशंकर पालिकाको सम्पूर्ण मतदाता...
