सम्पर्क

राजनिती

बानीया मुख्य मन्त्री भए सँगै सरकारको पहीलो बैठक प्रबक्तामा सिन्धुपुत्र तामाङ

बानीया मुख्य मन्त्री भए सँगै सरकारको पहीलो बैठक प्रबक्तामा सिन्धुपुत्र तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री कृष्णकुमार तामाङलाई तोकिएको छ ।बागमती प्रदेसमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नियुक्त हुनु भए सँगै बसेको नवगठित पहीलो मन्त्री परिषदको बैठले सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नं २ प्रदेस सभा ख का माननीय कृष्ण कुमार तामाङलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । यो सँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो मासिक पारिश्रमिकबाट आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको एउटा अति सीमान्तकृत परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने घोषणा समेत गर्नु भएको छ ।बैठकले प्राकृतिक विपद्को कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारी निकाय लगायत अन्य सङ्घसंस्थालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत समन्वयकारी ढङ्गले परिचालन गरिने निर्णय गरेको छ । प्रदेशभित्र उद्धार, राहत र प्रतिकार्यको लागि उच्चस्तरीय एकीकृत संयन्त्र ...
पोखरा महानगरपालिकाद्वारा नगर ऊर्जा योजना सार्वजनिक

पोखरा महानगरपालिकाद्वारा नगर ऊर्जा योजना सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप, पोखरा महानगरपालिकाले मंगलबार आफ्नो प्रथम नगर ऊर्जा योजना (एमइपी) औपचारिक रूपमा सार्वजनिक गरेको छ । पाँच वर्षे अवधिको यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । यसले नेपालको राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्यमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकामा आयोजित एक कार्यक्रमबीच उक्त योजना सार्वजनिक गर्नु भएको हो । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौंका उप कार्यकारी निर्देशक डा. नारायण प्रसाद अधिकारी,जिआइजेड नेपालका वरिष्ठ ऊर्जा विशेषज्ञ डा. नारायण प्रसाद चौलागाई, महानगरका पदाधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्...
खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव

खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २० साउन : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनु भएको छ । आज खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समिक्षा गोष्ठिको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले मन्त्रालयले चुनौतीपूर्ण परिस्थिति हुँदै पनि सन्तोषजनक कामगर्दै उदाहरणीय नतिजा प्रस्तुत गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गत वर्षको प्राकृतिक विपद्, स्रोतको सीमितता र प्राविधिक जटिलतासहितका थुप्रै चुनौतीहरूको सामना गर्दै, मन्त्रालय सहित विभाग देशव्यापी रूपमा खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको छ । यो हाम्रा लागि निकै खुशीको विषय हो ।” गत वर्षको प्राकृतिक विपद्, स्रोत र बजेटको सीमितत...
सिन्धुपाल्चोकमा ३ सडकको बहुवर्षीय गर्ने प्रक्रिया शुरु

सिन्धुपाल्चोकमा ३ सडकको बहुवर्षीय गर्ने प्रक्रिया शुरु

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाका तीन वटा सडकहरू बहुवर्षीय गरी निर्माण गर्ने प्रक्रिया अगाडि बढ्ने भएको छ । यसै आर्थिक वर्षमा कार्यान्वयन गर्ने गरी मेलम्ची हेलम्बु सिन्धुपाल्चोक सडकको लागि २६ करोड ९० लाख लाई बहुवर्षीय गरी १ अरब ७ करोड ६० लाख बजेट सुनिश्चित गरी टेन्डर गर्न, मेलम्ची थाङपालधाप थाङपालकोट भोताङ लार्के सडक ६ करोड बजेट विनियोजन भएकोमा यसलाई बहुवर्षीय गरी २४ करोड को टेन्डर गर्न र . फट्टै दाउचेत केउरिनी बाँसखर्क बरुवा बोलगम ल्यांग्री सडक सिन्धुपाल्चोक लाई ४ करोड विनियोजन भएकोमा यसलाई बहुवर्षीय गरी १६ करोडको टेन्डर गर्न प्रक्रीया अगाडी बढाउँने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी गराउँनु भएको पुर्ब जिसस प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनु भयो । उँहाले पुर्ब मन्त्री शेरबहादुर तामाङको नेतृत्वमा ,पाँचपोखरीथाम्पालधाप गाँउपालिका अध्यक्ष टासी लामा, बालकृ...
बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १९ साउन : खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार गम्भीर रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा २९ औँ श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले बोलबमले हाम्रो सांस्कृतिक एकता र धार्मिक आस्थालाई झल्काउँने बताउनुभयो ।उहाँले भन्नुभयो, “बोलबम संस्कृति समाजलाई एकताबद्ध गर्ने, धार्मिक र सांस्कृतिक चेतनालाई मजबुत बनाउने माध्यम हो । बोलबम लगायतका मौलिक परम्पराको जगेर्नाका लागि सरकार गम्भीर रूपमा प्रतिबद्ध छ ।”सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले बोलबम लगायतका हाम्रा धार्मिक, पर्यटकीय एवं संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु सबै तह र तप्काको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।धार्मिक, सांस्कृतिक र सा...

हाँडी खोलामा पुलको लागी पहल शुरु

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा सँगाचोकगढी नगरपालिका वडा नं १३ र १४ को बिचमा पर्ने हाडी खोलामा पुल राख्नका लागी पहल शुरु गरिएको छ । चौतारासाँगाचोकगढी नगरपालिका १४का वडा अध्यक्ष उद्धब नेपालले उक्त पहल शुरु गर्नु भएको हो । पुर्ब मन्त्री तथा नेकपा एमालेका स्थाइ कमीटी सदस्य शेर बहादुर तामाङलाइ सिमखेत तारीका डाँडामा लगेर त्यँहाबाट पुल हाल्नका लागी पहल गरिदिन वडा अध्यक्ष नेपालले अनुरोध गर्नु भएको हो । स्थानीय समाजसेबी सहीतका टोलीले स्थलगत अनुगमन गरेको र उक्त स्थानमा पुलको अती अआबश्यक रहेको बताएका छन । यस सन्धर्भमा पुर्ब मन्त्री तामाङले आफुले तत्कार यो बिषयमा पहल थालनी गर्ने बताउँनु भयो । उक्त स्थानमा पुल रँहदा स्थानीय हरु बिशेष गरी कृषकहरुलाइ ठुलो सहयोग हुने भएको छ ।यस अघी श्रावण १५ गते कृषकको चाडकै रुपमा रहेको खिर खाने कार्यक्रम अन्तरगत १४ नं वडामा आइ पुग्नु भएका तामाङले कार्यबर्ता भेटघाटमा बोल्दै ...

बागमती प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
 बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन हुनुभएको छ । आज सम्पन्न यहाँ सम्पन्न निर्वाचनमा उहाँले २२ प्राप्त गरेर मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्नुभएको थियो । निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले १४ मत प्राप्त गनुभयो । निर्वाचनमा एक मत बदर भएको जनाइएको छ । निर्वाचनमा ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । यस अगाडिको दलको नेताको निर्वाचनमा पनि बानियाँ र लामाबीच नै प्रतिस्पर्धा भएको थियो । तत्कालीन समयमा लामाले २१ मत प्राप्त गरेर दलको नेतामा चयन हुनुभएको थियो बानियाँले १६ मत प्राप्त गर्नुभएको थियो । बुधबार भएको निर्वाचनमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।...
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका सांसदहरुले हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेका छन् । शुक्रबार मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै २१ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो ।नेपाली कांग्रेस संसदीय दलका सदस्य सचिव कृष्णकुमार तामाङलाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अगुवाईमा मुख्यमन्त्री लामा विरुद्धको अविश्वास प्रस्ताव बुझाएको हो । कांग्रेस संसदीय दलको रेकर्डअनुसार सो प्रस्ताव आव २०८२÷८३ दर्ता नम्बर ०२ मा दर्ता गरिएको छ । मुख्यमन्त्री लामाको नेतृत्वका कारण सरकार तथा प्रतिपक्षमा रहँदा कांग्रेसको भूमिका कमजोर रहेको अविश्वासको प्रस्तावमा उल्लेख छ । पछिल्लो पटक फरक समीकरणमा दुईपटक सरकारमा रहेको कांग्रेसबाट लामाले अर्थमन्त्री र मुख्यमन्त्री बन्ने अवसर पाएपनि प्रभावकारी कार्...
पुर्ब राष्ट्रपती भण्डारी एक्सनमा आफुलाइ राजनीती गर्न कसैले रोक्न नसक्ने

पुर्ब राष्ट्रपती भण्डारी एक्सनमा आफुलाइ राजनीती गर्न कसैले रोक्न नसक्ने

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
पुर्ब राष्ट पती बिद्यादेबी भण्डारीले आफु लाइ राजनीतीमा प्रबेश गर्न कसैले रोक्न नसक्ने बताउँनु भएको छ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी पुर्ब राष्ट्र्पतीको सदस्यता नवीकरण नगर्ने निर्णय गरे पछी पूर्वराष्ट्रपति विद्या भण्डारीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्नु भएको हो । एमालेको पूर्वउपाध्यक्षको रुपमा पत्रकार सम्मेलन गर्दै भण्डारीले संविधान र कानुनले आफूलाई राजनीतिक दलमा आबद्ध हुन कतैबाट नरोकेको जिकिर स्पष्ट पार्नु भयो । आफ्नो सदस्यता नवीकरण नगर्ने एमाले नेतृत्वको निर्णयलाई चुनौति दिँदै उक्त निर्णय अपरिपक्व र अवैध रहेको बबताउँनु भयो । राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकाले कुनै पदप्रति आफूमा लालसा, महत्वाकाङ्क्षा र आशक्ति नरहेको बताउँनु हँुदै ‘नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको ...
विचारः युवा पुस्तामा सकारात्मक सोचको खाँचो

विचारः युवा पुस्तामा सकारात्मक सोचको खाँचो

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ८ साउन(रासस): आजको युग तीव्र गतिमा परिवर्तन भइरहेको छ । विज्ञान, प्रविधि, सूचना र सञ्चारको तीव्र विकासले मानव जीवनलाई सहज र गतिशील बनाएको छ । तर, यही परिवर्तनको आँधीभित्र युवा पुस्ता दिशाहीन, दिग्भ्रमित र चिन्तित भइरहेका छन् । उनीहरूलाई आत्मविश्वासभन्दा बढी डर छ, आशाभन्दा बढी शङ्का छ, उद्देश्यभन्दा बढी अन्योल छ । यस्तो अवस्थामा सकारात्मक सोच नै उनीहरूको जीवनलाई नयाँ दिशा दिनसक्ने एउटै शक्तिशाली उपाय हो । त्यसैले, युवालाई सकारात्मक सोचमा प्रशिक्षित गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता बनेको छ । आजको प्रतिस्पर्धात्मक युगमा युवा भविष्यप्रति अन्योल, मानसिक तनाव, र असन्तुष्टिको दबाबमा छन् । सामाजिक सञ्जाल, बेरोजगारी, पारिवारिक अपेक्षा, र असफलताले उनीहरूमा नकारात्मक सोच विकास गर्न सक्ने सम्भावना बढेको छ । यस्तो अवस्थामा युवामा सकारात्मक सोचको खाँचो गम्भीर र आवश्यक विषय हो । सकारात्मक सोच ...