दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो एमाले सिन्धुपाल्चोकको प्रतिनिधि परिषद्
विदुर आचार्य, चौतारा, भदौ ४ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाटी नेतृत्वको सशक्तता र गतिशीलता अरु दलहरुभन्दा अब्बल रहेको दाबी गर्नुभएको छ । एमाले सिन्धुपाल्चोकको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै महासचिव पोखरेलले पाटीको नेतृत्व विगतदेखि वर्तमानसम्म चलायमान, सबल र परिणाममुखी रहँदै आएको स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले बहुदलीय व्यवस्था स्थापनापछि कांग्रेस र माओवादी केन्द्रमा नेतृत्वको सीमितता रहेको उल्लेख गर्दै एमालेमा पाँच जना नेताले पार्टीको नेतृत्व गरिसकेको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेलाई नेतृत्वको गतिशीलताको पाठ अरु कसैले सिकाउन आवश्यक छैन । हामीकहाँ नेतृत्वको निरन्तरता र नवप्रवेश दुवै छ ।’ दसौं महाधिवेशनले ७० वर्षे उमेरहदलाई हटाएर नयाँ नेतृत्वयोग्य नेतालाई अग्रसर गराउने वातावरण तयार गरेको उल्लेख गर्दै पाटीको भविष्य अझ सशक्त ह...

