उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
काठमाडौँ, २२ चैतः धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ काठमाडौँ क्षेत्र नं ९ बाट निर्वाचित हुनुभएको थियो । निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिनुभएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी वहन गरिसक्नुभएको छ । नवनिर्वाचित सभामुखमा अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालन गर्नुभएको थियो । वर्षदेखि स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा उहाँ क्रियाशील हुनुहुन्छ । व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाउनुभएका अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थाप...









