साँगाचोककोघटना प्रअ गिरी द्धारा भ्रममा नपर्न आग्रह महीलाअधिकारकर्मीहरुद्धारा कार्बहीको माग
सिन्धुपाल्चोक । अनावश्यक, अतिरञ्जित र तथ्यहिन प्रचारका कारण आफूमाथि आक्रमण भएको जनाउँदै जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक धुर्वराज गिरीले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीप्रति गम्भीर आपत्ति जनाउँनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१२, साँगाचोकमा अवस्थित जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरीले फेसबुक लाइभमार्फत तथ्य पुष्टि नगरी आरोप लगाउँदा समुदाय उत्तेजित बनेको र त्यसकै परिणामस्वरूप आफू आक्रमणको सिकार हुन पुगेको बताउँनु भयो ।प्रधानाध्यापक गिरीका अनुसार सामान्य सामाजिक र पत्रकार आचारसंहिताको समेत ख्याल नगरी फेसबुक लाइभमार्फत आफूलाई दोषीझैँ प्रस्तुत गरेर भ्रम फैलाएको बताउँनु भयो । यसले विद्यालय प्रशासनमाथि अनावश्यक दबाब सिर्जना हुनुका साथै भिडलाई भड्काउने काम भएको उँहाले बताउँनु भएको छ उँहाले आफ्नै फेसबुक मार्फत । माघ १२ गते विद्यालय समय सकिएपछि बालिका पसलमा स...





