केदार क्षेत्रीद्धारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
नेकपा एमालेको नेता तथा बलेफी गाउँपालिकाको अध्यक्ष केदार क्षेत्रीले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
क्षेत्रिले पार्टीको चितवनमा मँसिर १० मा हुने दशौं राष्ट्रीय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्नुभएको हो । मँगलबार नेपाल पत्रकार महासँघको भवन चौतारामा पत्रकार सम्मेलन गर्दै क्षेत्रिले खुल्लातर्फ सदस्य बन्न चाहेको बताउनुभयो । क्षेत्रिले २०३८ सालदेखी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको प्राकको सचिव हुँदै राजनितिक यात्रा सुरु गरेको बताउनुभयो । क्षेत्रि २०४४÷४५ मा काठमाडौंको पिपुल्स क्याम्पसको स्ववियु सचिव, २०४६ मा अनेरास्ववियु सिन्धुपाल्चोकको जिल्ला अध्यक्ष हुँदै तत्कालिन जिल्ला विकास समितिको सदस्य , राष्ट्रिय प्रतिनिधि परिषदमा समेत निर्वाचित भैसक्नु भएको छ । नवौं राष्ट्रिय महाधिवेशनमा सिन्धुपाल्चोक जिल्लाबाट महाधिवेशन प्रतिनिधी हुँदै अहिले नेकप...
