सम्पर्क

राजनिती

नवनिर्वाचित केन्द्रीय सदस्य बस्नेतलाई मेलम्चीमा बधाई तथा सम्मान

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई मेलम्चीमा बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । प्रतिनिधीसभा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) र मेलम्ची नगर कार्यसमितिको सँयुक्त कार्यालय समुद्घाटन कार्यक्रमको अबसर पारेर वस्नेतलाई बधाई तथा सम्मान गरिएको हो । सम्मानपछी मन्तब्य राख्दै वस्नेतले नेपाली काँग्रेसको स्थानिय , प्रदेश र केन्द्रीय सरकार बन्न आबश्यक रहेको बताउँदै काठमाडौं केन्द्रीत नेताहरुलाई लक्षित गर्दै बस्नेतले स्थानिय चुनाव नजिक आएकाले गाउँ केन्द्रित हुन आग्रह गर्नुभयो । काँग्रेस जनताको माझमा कार्ययोजना सहित केही गर्छु भन्ने कार्यक्रम लिएर जनता माझ जान आबश्यक रहेको समेत बस्नेतले बताउनुभयो । नेता बस्नेतले काँग्रेस एकलौटी चुनाव लड्न तयार रहेको बताउँदै सवै पार्टी एकजुट भएपनी काँग्रेस चुनाव जित्नेगरी अगाडी बढ्न सवै कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा मेलम्...

एमाले सिन्धुपाल्चोकको ९ औँ अधिवेशन ः कसले मार्ला बाजी

ब्रेकिङ न्युज १, राजनिती
सिन्धुपाल्चोकमा यही पुस २३ गते हुने नेकपा एमालेको ९ औँ जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । वडादेखि नगर, जिल्ला तथा केन्द्रसम्मको ध्यान जिल्ला अधिवेशनमा छ । तर आम कार्यकर्ता भने ‘पर्ख र हेर’को रणनीतिमा छन् । अधिवेसन सम्पन्न गराउन एमाले सिन्धुपाल्चोकले ५ सय ८५ जनाको आयोजक कमिटी बनाएको छ । अधिवेशनबाट १ सय ५ सदस्यीय जिल्ला कमिटी बन्नेछ । ५ सय ८५ बाट १ सय ५ सदस्यीय कमिटी बनाउन एमालेलाई सजिलो छैन । त्यसमाथि ३३ प्रतिशत महिलासँगै दलित तथा जनजातिलाई व्यवस्थापन गर्नुपर्ने चुनौती पनि एमालेलाई छ । सुभाष कर्माचार्यले पार्टी परित्याग गरेसँगै ठूलो संख्यामा नेता कार्यकर्ता खुल्न सकेका छैनन् । अब बन्ने कमिटीमा आबद्ध रहने संख्याको ५० प्रतिशत सदस्य र असन्तुष्ट रहेका सिङ्गै टिमलाई बोकेर समाजवादीमा प्रवेश गर्ने दाउमा कर्माचार्य रहेको उहाँ निकट एक नेताको दाबी छ । ती नेताका अनुसार पुरानो तथा युवापुस्ताको प्रतिन...

राप्रपाको पहीलो बैठकमै एमालेका नेता प्रबेस

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोराष्टिय प्रजातन्त्र पाटि सिन्धुपाल्चोकको पहिलो कार्य समितिको बैठक जिल्ला पाटि अध्यक्ष निलध्वज थापाको अध्यक्षतामा आईतबार पाटि कार्यलय चौतारामा बसेको छ। केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरि को प्रमुख अतिथयतामा र अर्का केन्द्रिय सदस्य एस्मिन ढुङ्गना को विशेष अतिथ्यतामा बैठक बसेको हो । उक्त बैठकमा नेकपा एमाले परित्याग गरि  ईन्द्रावति गाउपालिका ९ नम्बर को एमाले बाट५४ सालमा निर्बाचित वडा सदस्य सोम बहादुर श्रेष्ठ लगायत राप्रपामा प्रबेस गर्नु भएको थियो । नव प्रबेशि लाई केन्द्रीय सदस्य ठकुरिले झण्डा प्रदान गर्नु भयको थियो भने जिल्ला सभापति निलध्वज थापाले सदस्यता प्रदान गर्नु भयको थियो । अर्का केन्द्रीय सदस्य एस्मिन ढुङ्गना र क्षेत्र न १ प्रदेस सभा ख का अध्यक्ष जित बहादुर भारतिले अबिर लगायर स्वागत गर्नु भयको थियो। त्यसै गरि प्रमुख अतिथि केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरिले पौष २७ ग...

कांग्रेस जिल्ला सभापति बन्न प्रेमध्वजद्धारा त्रिविको उपप्राध्यापकबाट राजीनामा

ब्रेकिङ न्युज १, राजनिती
नेपाली कांग्रेसको जिल्ला सभापति उम्मेदवार बन्न सिन्धुपाल्चोकका नेता डा. प्रेमध्वज लामाले त्रिभुवन विश्वविद्यालयको जागिरबाट राजीनामा दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक रहनुभएका डा. लामाले विश्वविद्यालयमा राजीनामा बुझाउनुभएको हो । नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले राजीनामा बुझाएको मुख्य कार्यालय सहायक ईन्द्रकुमारी महर्जनले जानकारी दिनुभयो । कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन पुस २७ गते हुँदैछ । लामा शेरबहादुर देउवा पक्षबाट सभापतिका उम्मेदवार बन्ुभएको छ । उहाँलाई मोहन बस्नेतको साथ रहेको छ । लिसंखुपाखर गाउँपालिकाका लामाले महाधिवेशन प्रतिनिधिमा मोहन बस्नेतपछि दोस्रो लोकप्रिय मत पाउनुभएको थियो । उहाँले एक महिनाअघिमात्र त्रिविबाटै ह्योल्मो समुदायको संस्कृति र परिवतिृत आयाम विषयमा पीएचडी गर्नुभएको हो । हालै उच्च अदालत र निर्वाचन आय...

बंशलाल तामाङद्वारा सिन्धुपाल्चोक काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा

ब्रेकिङ न्युज १, राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापति पदमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासँघका महासचिव समेत रहनुभएका बंशलाल तामाङले उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा २, प्रदेश सभा (क) को प्रथम बैठकमा शुभकामना मन्तब्य राख्ने क्रममा तामाङले सभापति पदको उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । यसअघी ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ को वडा अधिवेशनबाँटै तामाङले जिल्ला सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । पार्टीको १४ औैं महाधिवेशनबाट महासमिती सदस्य पदमा अत्यधिक मत ल्याई निर्वाचित हुनुभएको थियो । जिल्ला अधिवेशनको मिती केन्द्रीय निर्वाचन समितीले यही २७ गतेको लागी तोकिसकेको छ । सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा २, प्रदेश सभा (क) को सभापती केशवराज गिरीको अध्यक्षतामा बसेकको पहिलो वैठकमा जिल्ला सभापती विकास लामा , जिल्ला सचिवद्धय विलवहादुर तामाङ...

काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने नेता बस्नेतको दाबी

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ८ खिपिङमा राप्रपा र नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्ने कार्यक्रममा बोल्दै नेता बस्नेतले कम्युनिष्टको सस्तो प्रचारबाजीबाट युवाहरु मुक्त हुनेपर्ने बताउनुभयो । कार्यक्रममो विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । यसरी पार्टी प्रवेश गर्नेहरुमा शम्भु भण्डारी, दीपक भण्डारी, सुवास भण्डारी, शेखर पौडेल, सागर भण्डारी, उमेश पौडेल, दीपक राउत, रामजी मगर, गोकुल पौडेल राजकुमार पौडेल, राजेन्द्र भण्डारी, ईश्वर भण्डारी लगायतका रहनुभएको छ । आफूहरु विगत २ दशकभन्दा धेरै समयदेखि संलग्न रहेको पार्टीले विकास निर्माणको काममा सिन्को समेत नभाचेको बताउँदै आफ्नो क्षेत्रमा कांग्रेसले विकास गर्ने आशा रहेको उनिहरुले बत...

राप्रपा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ द्धारा निर्वाचित केन्द्रीय सदस्यलाई सम्मान

ब्रेकिङ न्युज २, राजनिती
नेत्रबहादुर बस्नेत राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ द्धारा केन्द्रीय सदस्यमा विजयी हुनुभएको नेताहरुलाई सम्मान गरिएको छ । एक समारोहका बिच निर्बाचित केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरी, केन्द्रीय सदस्य यसिम्न ढुँगाना, लगाएतलाई सम्मान गरिएको हो । सम्मान पटी मन्तब्य राख्दै केन्द्रीय सदस्य ठकुरीले निर्वाचनमा राजा र हिन्दु राष्ट्रका नाममा भोट माग्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनमा पनि हिन्दु राष्ट्र र राजतन्त्रको बिषयलाइ प्राथमिकता दिएको बताउनुभयो । ‘राजा र हिन्दु राष्ट्रको बिषयमा हामी अलिकति पनि परिवर्तन नभएको बताउँदै ठकुरीले पार्टीभित्र राजतन्त्र चाहिन्छ भन्ने हाम्रो अजेन्डामा पार्टीभित्र कसैको विमति नरहेको समेत बताउनुभयो । नेपालमा धर्म निरपेक्षता र सँघीयता लागु भएपछी मुलुकलाई ठूलो भार परेको बताउँदै केन्द्रीय सदस्य ठकुरीले सबै मिलेर बस्न...

एमालेको सपथ ग्रहण तथा बधाई कार्यक्रम बलेफीमा

ब्रेकिङ न्युज २, राजनिती
नेपाल कम्युनिस्ट पार्टि (एमाले) बलेफि गाउँपालिका कमिटिले सपथ ग्रहण तथा बधाई कार्यक्रमको आयोजना गरेको छ । पुर्वमन्त्री तथा नेकपा एमालेका नव निर्वाचित स्थायी कमिटि सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बलेफि गाउँपालिका उपाध्यक्ष कमला कायस्थ, जिल्ला कमिटि सदस्यहरु डुप छिरिङ तामाङ, निर्मल बन्जारा, कृष्ण क्षेत्री, प्रेमध्वज लामा,प्रदेश कमिटि सदस्यहरु डम्बर थापा, बिनोद नेपाल, राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरु सपना थापा, टपिन्द्र तिमल्सिना, कार्केल लामा, कमल नेपाल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।गत कार्तिक ९ गते सम्पन्न सो पालिकाको अधिबेशनबाट अध्यक्ष, नारायण काजी श्रेष्ठ उपाध्यक्ष, अर्जुन चालिसे, सचिव खिका प्रसाद नेपाल र उपसचिव साम्देन तामाङ र सुर्य बहादुर खडका लगायत सदस्यहरु निर्वाचित हुनु भएको थियो ।बलेफि गाउँपालिका अध्यक्ष एंव अध्यक्ष मण...

राप्रपाको विभिन्न तहमा विजयी हुनेहरुलाई स्वागत तथा सम्मान कार्यक्रम

ब्रेकिङ न्युज १, राजनिती
राष्ट्रीय प्रजातन्त्र पार्टी चौतारा साँगाचोकगढी नगर समितिको आयोजनामा पार्टीको विभिन्न तहमा विजयी हुनुभएकाहरुलाई स्वागत तथा सम्मान गरिएको छ । केन्द्रीय सदस्य दईन्द्र ब ठकुरि , निर्मला श्रेष्ठ, यस्मिन ढुङगाना, जिल्ला अध्यक्ष निलध्वज थापा , क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष रामेश्वर खड्का , २ नम्बर क्षेत्रीय अध्यक्ष कुमारि तामाङ , क्षेत्र नम्बर १ को प्रदेश (ख) को अध्यक्ष जित बहादुर भारति ,क्षेत्र नम्बर २ को प्रदेश (क ) को अध्यक्ष बाबुराम खड्का , प्रदेश (ख)को अध्यक्ष गोबिन्द गरुङ लगायतलाई स्वागत गर्दै केन्द्रीय सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रीय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष निल ध्वज थापाले जिल्लाका सबै कार्यकर्ताको सँरक्षण जिल्लाको नागरिकको हितका लागि राप्रपा सधैं लागिपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी नगरका वडा प्रतिनिधिहरुलाई आगामी निर्बाचनमा राप्रपा ...

माओवादी केन्द्रको बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल

ब्रेकिङ न्युज २, राजनिती
नेकपा (माओवादी केन्द्र) बागमति प्रदेश कमिटिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ । सोमबार बेलुका भएकोे निर्वाचनमा पौडेलले अर्का प्रतिद्वन्द्वी दिननाथ गौतमलाई पराजित गर्नुभएको हो । बागमति प्रदेश निर्वाचन समितिको अन्तिम मत परिणाम अनुुसार ३ उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी (छिन्तु) निर्वाचित हुनुभएको छ । त्यसैगरी सचिवमा ईन्द्रबहादुर थिङ( छिनताङ) , सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेक्ष्ठ र कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित हुनुभयो । अध्यक्षमा निर्वाचित अध्यक्ष पौडेल सिन्धुपाल्चोकका नेता हुनुहुन्छ । अर्का प्रतिश्पर्धी दिननाथ गौतम भने काभ्रेका नेता हुनुहुन्छ । २ सय ७५ मतदाता रहेकोमा २ सय ५७ मत खसेको थियो । जसमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गर्नुभयमो । खसेको मध्ये ९ मत बदर भएको केन्द्रीय निर्वाचन आयोग बागमत...